स्थानीय तहले निर्माण गरेको अव्यवस्थित सडकः जोखिममा जुम्लाबासी

सडकले दीर्घकालीन विकास भन्दा विनास अपनाएको
निर्माण सञ्चार, जम्ला |तातोपानी २ का रणविर बुढा रातमा चयनले सुत्दैनन् । मनमा डरै–डर लिएर उनीसहति उनका परिवार कति बेला के हुन्छ भन्दै जागरामझैं बस्छन् ।

पहिले खेतीपाती गर्दै आएको बुढाको घर माथिको खेतबाट स्थानीय सरकारले सडक निमार्ण गरिरहेको छ ।

सोही सडकका कारण रणविरको परिवार क्रासमा बस्न बाध्य छ ।‘

राति बेला–बेलामा ठुला ढुंगा खस्ने गर्छ’ उनले भने,‘घरको भित्तामा ढुंगा बजारिदा निद्रा नै हराउँछ ।’ साउने वर्षाको समयमा घर आगनबाटै बाढी आएको बताउँदै बुढाले बाढी नियन्त्रण गर्नै गाह्रो भएको दुःखेसो पोखे ।

हाल पनि सुक्खा पहिरोको डर उत्तिकै हुने बताउँछन्, उनी ।

हिउँदमा हिउँ पर्दा, झनै जोखिम बढ्ने डरले अरु कसैको घर मागेर बस्ने तयारीमा रहको बुढाले गुनासो गरे । रणविर बुढाको परिवार एक उदहारण मात्रै हुन् ।

स्थानीय तहले निमार्ण गरेको अव्यवस्थित सडकका कारण जर्मी गाउँको एक बस्ती नै जोखिममा छ ।

झण्डै १२ घर जोखिममा तातोपानी गाउँपालिका वडा नम्बर २ को जर्मी गाउँमा खनिएको सडक अव्यस्थित हुँदा झण्डै १२ घर जोखिममा छन् ।

बस्ती माथि सडक भएकोले जति बेला पनि ढुंगा माटो झर्नसक्ने डररक्रासमा स्थानीय छन् । डोजरले जथाभावी फालेको ढुंगारमाटो फालेकोले जतिबेला पनि खसेर आउने गरेका छन् ।

सुरक्षा चुनौती भएपछि तटबन्ध लगाउन बासिन्दाले स्थानीय सरकारलाई माग गरेका छन् ।

सडक खन्दा त्यसले पार्ने दिगो असरका विषयमा कुनै किसिमको अध्ययन नै नगरि हचुवाका भरमा सडक निमार्ण गरेपछि उक्त बस्ती सुक्खा पहिरो तथा ढुंगा माटोको उच्च जोखिममा रहेको हो ।

झण्डै एक दर्जन बढी घर अव्यवस्थित सडकको जोखिममा छन् । भिरालो पाखोमा रहेका घरमाथि खनिएको सडकले विकास भन्दा दिर्घकालिन विनास अपनाएको स्थानीय नर बहादुर बुढाले बताए ।

उनले भने, ‘सडक खन्दा एक पटक हामीलाई सोधिएन, जथाभावी सडक खनेर ढुंगारमाटो फालेपछि घरको पर्खाल भत्किने अवस्था थियो ।’ गएको साउनमा रातभरी नसुतेरै रात कटाएको दुखेसो पोख्छन्, नर बहादुर ।

‘आगन अगाडीबाटै पहिरो गयो’ उनले भने ‘ढुंगा माटो आउँदा घर नै बगाउने चिन्ताले सताएपछि रातभरी परिवारसहित विचल्लीमा पर्यौँ ।’

वर्षाको समयमा पटक–पटक घरहरु जोखिममा परे, तटबन्धको व्यवस्था गरिन गाउँपालिकामा आग्रह गर्दापनि सुनुवाई नभएको अर्का स्थानीय कृष्ण डाँगीले बताए ।

उनले भने, ‘सडक निर्माण पश्चात वर्षा हुँदा बगेर आएको माटोले घरै भरियो, आगन भरियो, न रातमा निद न दिनमा भोक घर बचाउन, वडादेखि गाउँपालिकामा धाउँदा कुनै सुनुवाई भएन ।

निमुखा देखेकै कारण नसोधी सडक निर्माण खनियो, हुँदा हुँदा जोखिम बढ्न थालेपछि तटबन्धको माग गर्दा, गाउँपालिकाले बेवास्ता गरेको भन्दै आक्रोस व्यक्त गरेका छन् । हिजोआज समेत बेला–बेला ठुला–ठुला ढुंगाहरु आएर घरको भित्तामा ठोक्किने गरेका छन् ।

जग्गाको मुआब्जाको त परको कुरा, भैपरि आउने विपदबाट बच्नका लागि राहात माग्दा नपाएको स्थानीयको गुनासो छ । उक्त बस्तिका स्थानीयलाई नसोधि झन्डै २० रोपनी सिमी कोदो लगाउने खेतलाई मासेर सडक निर्माण गरिएको हो ।

सडक निमार्ण समितिका अध्यक्ष नरेन्द्र बुढाका अनुसार ४० लाख को लागतमा सडक निर्माण गरिएका छ । उनले भने, ‘सामाजिक विकासका लागि जोसुकैले जग्गा दिने निर्णयअनुसार सडक निर्माण गरिएको हो ।’ तर, जग्गावालालाई नसोध्नु कमजोरी भएको अध्यक्ष बुढाले स्वीकार गरे ।

कर्णाली राजमार्गबाट जोडेर २ नम्बर वडाको वनमा पुराउने लक्ष्य लिइएको सडक अहिले अधुरै छ ।

४० लाखमा ६र७ किलोमिटर मात्रै निर्माण भएको छ भने कुनै अध्ययन विना सडक निर्माण गरिएको भन्दै आलोचना पनि भैरहेको छ ।

अहिले निर्माण अलपत्र सडक कहिले निश्चित विन्दुमा पुगेर गाडी चल्ने, स्याऊ सिमि सहजै ल्याउने कुनै आशा नभएको जर्मि गाउँबासीको भनाई छ ।

झण्डै १ सय ५० घरधुरी संख्या रहेको गाउँमा विना आवश्यकता सडक खनिएको छ । बस्तिलाई नै जोखिममा पारेर सडक निमार्ण गर्नु, तटबन्ध बनाउन नमान्नुमा स्थानीय सरकारले सर्वसाधारणमाथि दमन गर्न खोजेको लगायतका टिप्पणी भइरहेका छन् ।

तर, गाउँपालिका उपाध्याय गंगादेवी उपाध्यायले भनिन्, ‘सडकका करण बस्ती जोखिममा भए, तटबन्ध हुन्छ ।’ अनुगमन गरी आवश्यकताका आधारमा तट लगाउने र सडकलाई निश्चित विन्दुमा पुराउने दाबी गरिन् । क्रमागत रुपमा बजेट छुट्टाएर सडक संजालमा गाउँलाई जोड्ने अभियान सफल पार्ने उनको भनाई छ ।

जोखिममा रहेका एक दर्जन बढी घरहरुको सुरक्षाका लागि पुर्वाधार निमार्ण गर्न स्थानीय सरकार तयार रहेको बताइन् । यता, स्थानीयहरु छिटो तटबन्ध लगाउन अनुरोध गरेका छन् ।

अब हिउँदमा हिउ परेपछि झनै जेखिम बढ्ने बताउँदै तटबन्ध निमार्णमा ढिलाई नगर्न उनिहरुको जोडदार माग रहेको छ ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

बिहीबार, २९ कार्तिक २०७५

प्रतिक्रिया

Related