कर्णाली नदीमा रयाफ्टिङ्ग गर्ने क्रममा पर्यटकको मृत्यु

निर्माण सञ्चार, जुम्ला | कर्णाली नदीमा रयाफ्टिङ्ग गर्ने क्रममा एक पर्यटकको मुत्यु भएको छ । मुगुदेखि रयाफ्टिङ्ग गर्दै सुर्खेतका तिर जादै गर्दा एक विदेशी पर्यटकको कर्णाली नदीमा मुत्यु भएको हो ।

उनको बिहीबार बिहान सान्नी त्रिवेणी गाउँपालिका १ रकुको आम्तडा भन्ने ठाउँमा मृत्यु भएको प्रहरीको भनाई छ ।

पाँच जना सवार रयाफ्टिङ्ग नदीको वहाबले कडा चट्टानमा ठोकिदा अष्ट्रेलियन नागरिकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी विनोद शर्माले जानकारी दिए ।

सान्नी त्रिवेणी गाउँपालिका १ रकुको आम्तडा भन्ने नदीको किराना साघुँरो भएको वरिपरि पुरै चट्टान भएकोले ठोक्किएर मुत्यु भएको हुनसक्ने उनको अनुमान छ ।

पाँच जनाको टोलीमा चारजना सकुशल रहेको डीएसपी शर्माको भनाई छ । हावा चल्दा पानीको बहाफले बोटलाई
अनियन्त्रीत गर्ने भएकोले दुर्घटनाको जोखिम बढ्ने देखिएको छ ।

कालिकोटका स्थानीय स्थानीय कर्णाली नदीमा चल्ने बोर्टलाई सुरक्षित गर्न संचालनक लागि समय निर्धारण गर्न आवश्यक रहेको स्थानीय स्थानीय नरबहादुर बुढाले बताए ।

उनले भने, ‘सोही घटनास्थलमा गत वर्ष पनि रयाफ्टिङ्ग गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको थियो, यो पटक पनि त्यहि भयो ।’

हावा लाग्दा पानीको वहाफ  रयाफ्टिङ्ग  अनियन्त्रीत भई दुर्घटना हुने गरेको उनको भनाई छ ।

कर्णाली नदीमा सहज रयाफ्टिङ्ग यात्रा र पर्यटकहरुको सुरक्षाका लागि स्थानीय तहले विशेष सुरक्षाको योजना ल्याउन आवश्यक देखिन्छ ।

कर्णाली प्रदेश संवाददाता सागर परियार

...

बिहीबार, २९ कार्तिक २०७५ 

प्रतिक्रिया

Related