अब काठमाडौँ महानगरका भित्री सडकमा ढुङ्गा छापिने !

कालोपत्रेको सट्टा किन इँटा र ढुङ्गालाई प्राथमिकता ?
निर्माण संचार, काठमाडौँ । अब काठमाडौँ महानगरपालिकाले भित्री शहरका सडक इँटा वा ढुङ्गा छाप्ने भएको छ ।

सडक मर्मत र सुधारका क्रममा कालोपत्रेभन्दा इँटा र ढुङ्गा छाप्ने कार्यलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।

भित्री शहरमा सवारीको चाप अत्यधिक भएको स्थानबाहेक अन्यत्र कालोपत्रे नगरिने महानगरपालिकाका पुरातत्व महाशाखाका प्रमुख इञ्जिनियर राम थापाले दाबी गरे ।

उनका अनुसार विश्व सम्पदा क्षेत्र आसपासका सडकमा मौलिक स्वरुपमा जोड दिइएको थापाको भनाई छ । उनले भने, ‘असन, इन्द्रचोकका भित्री सडकमा ढुङ्गा र इँटा छापिएको हो ।’

पर्यटकको आगमन बढी भएका स्थानका सडकलाई मौलिक स्वरुपमा निर्माण गर्न लागिको महानगरपालिकाले जानकारी छ ।

सम्पदा क्षेत्रका भौतिक पूर्वाधारमा सकेसम्म मौलिकता कायम गर्ने काम भइरहेको छ ।

इञ्जिनियर थापाले भने, ‘सम्पदा क्षेत्रमा मौलिकता कायम गर्दा पर्यटकका लागि आकर्षित हुनेछ ।’

कामपाले चालू आव २०७५/७६ का लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो ।

जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा चार अर्ब छ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ ।

कामपाभित्र करिब एक हजार ४५० किमी पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मत सम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किमी छ ।

कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

...

आइतबार, २ मंसिर, २०७५

प्रतिक्रिया

Related