शृंखलाबद्ध पाइला– समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’को टप–२० मा श्रृंखला

विश्वबाटै नेपालीहरुको शुभेच्छा बढ्दो, सामाजिक सञ्जालभर श्रृंखला
निर्माण सञ्चार, काठमाडौं । मिस नेपाल शृंखला खतिवडा विश्व सुन्दरी (मिस वल्र्ड) प्रतियोगिताको समूह विजेता बन्दै हेड टु हेड च्यालेन्जको टप २० मा छनोट भएकी छन् ।

अफू यस चरणमा छनोट भएको कुरा शृंखला आफैंले आफ्नो सामाजिक सञ्जाल मार्फत् पनि दिएकी छन् ।

उनले आफू यो चरणसम्म आउनुमा नेपालीहरुकै माया र योगदान रहेको भन्दै भावी प्रतिस्पर्धाका लागि समेत उनले भोट मागेकी छन् ।

चीनमा जारी विश्व सुन्दरी प्रतियोगिता अन्तर्गत आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई पछि पार्दै शृंखला दोस्रो चरणमा पुगेकी हुन् ।

समूह चरण विजेता बनेलगत्तै एक भिडियो पोस्ट गर्दै उनले आफूलाई समूह विजेता बनाउन भोट गर्नुहुने सबैलाई धन्यवाद दिएकी छन् ।

सो भिडियोमा शृंखलाले आफू दोस्रो चरणको प्रिजिन्टेसनका लागि तयार रहेको पनि उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु, अरु चरणमा पनि यहाँहरुको साथ र भोटका लागि अपेक्षा राखेकी छु ।’

सहभागी २० समूहमा रहेका प्रतिस्पर्धीलाई उनले यस चरणमा पछि पारेकी हुन् ।

जारी प्रतियोगितामा सहभागीहरु २० समूहमा बाँडिएका थिए । हरेक समूहबाट एक–एक जनाबाट छानिएका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो चरणमा छनोटमा परेका उनीहरुले अब एउटा प्रस्तुति दिनुपर्ने छ । त्यसकै आधारमा हेड टु हेडको टप १० मा पुगिने छ ।

शृंखला बलियो दाबेदार

यस अघिका प्रस्तुतिले शृंखलालाई विश्व सुन्दरी प्रतियोगिताका लागि सबैभन्दा बलियो दाबेदार रहेको भन्ने आधारहरु दिएका छन् ।

अब हुने प्रस्तुतिमा पनि उनको मल्टिमिडिया अवार्डको पनि बलियो दाबेदारका रुपमा देखिएकी छन् । यो अवार्डका लागि आउने डिसेम्बर ८ सम्म भोटिङ जारी रहने छ ।

शृंखलालाई भोट दिन चाहनेले यसमा पनि भोट दिनु पर्ने छ । यो अवार्ड हाता पारेमा पनि उनी फाइनलमा प्रवेश गर्छिन् । यो मात्रै हैन, शृंखला हेड टु हेड च्यालेन्जसँगै ब्युटी विथ प्रपोज मा पनि बलियो दाबेदारका रुपमा छिन् ।

कसरी गर्ने भोट ?

विश्व सुन्दरी बन्न लालयित श्रृंखलाले नेपालको शान माथि उठाउन आफू आतुर रहेको बताएकी छन् । उनलाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ ।

त्यस बाहेक पनि फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्ने छ । उनको फेसबुक पेजमा पनि लाइक तथा कमेन्ट गर्न सकिने छ ।

उनलाई भोट गर्न मिस वर्ल्डको आधिकारिक पेजबाट पनि सकिने छ ।

 

 

...

शनिबार, मंसिर १५, २०७५

 

प्रतिक्रिया

Related