कर्णाली प्रतिष्ठानमा रक्तसञ्चार केन्द्र स्थापना

महंगो खर्चेर जिल्ला बाहिर गएर उपचान नगर्न प्रतिष्ठानको आग्रह
निर्माण सञ्चार, कर्णाली | कर्णालीका सुत्केरी महिलाले रगत नपाएर, बेला–बेला आर्मी प्रहरी गुहार्नुपर्ने यथार्थता छ । रक्तअल्पता पर्दा समेत समयमै रगत नपाएका कारण कतिपयको ज्यान समेत गएको छ ।

कर्णालीमा रक्तसञ्चार केन्द्र नहुँदा सबै भन्दा सुत्केरी महिला प्रभावित भएका छन् ।

आपत विपतमा आर्मी गुहार्नु पर्ने अबस्थामा पनि कति विरामीले भनेजतिको रगत नपाएर पिडा खेप्नु परेको अबस्था थियो ।

तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बर्षौपछि बल्ल्ल रक्तसञ्चार केन्द्र स्थापना भएपछि नागरिकले राहात महशुस गरेका छन् ।

पटक–पटक यहाँका बिरामीले रगत नपाउँदा भोगिरहेको समस्यालाई मध्यनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले गएको शुक्रबारदेखि आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।

एकैपटक ९० जनाले दिएको रगत स्टोर गर्नसक्ने क्षमता भएको रक्तसञ्चार केन्द्र स्थापना गरिएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लले बताए ।

उनका अनुसार अब कुनै पनि बिरामीले रगत नपाएर छटपटिनु पर्ने छैन भने अकालमा मृत्यु हुनेछैन ।

जटिल प्रकारको रोगको निधान जुम्लामै हुने भएपछि सुविधा सम्पन्न महंगो उपचार गराउने परम्पराको अन्त्य भएको उनको भनाई छ ।

यहाँ शल्याक्रिया गर्दा रगत अभाव हुने, सेना र प्रहरीले रक्तसञ्चार केन्द्रको भुमिका निभाइरहँदा निकै समस्या हुने गरेको थियो ।

उनले अब आर्मी प्रहरी गुहार्ने दिन नआउने दाबी गरे । जस्तासुकै जटिल अप्रेशन पनि गरिन्छ, र रगतको अभाव कुनै पनि हालतमा हुन नदिने रजिष्टार काफ्लेले बताए ।

अब अस्पतालमै आएर रगतदान गर्नसक्ने र बिरामीले रगत अस्पतालको हाताभित्रै पाउने वातावरण सिर्जना भएको छ ।

रजिष्टार काफ्लेले भने‘ रक्तसञ्चार केन्द्रको स्थापनाको दिनमा २० जना अस्पतालका पदाधिकारी, कर्मचारी, चिकित्सक, विद्यार्थीले तथा अन्य गरी झण्डै ३० जना बढीले रगतदान गरेका छन् ।

पहिले तत्कालिन अञ्चल अस्पता भित्र रेडक्रसले रक्तसञ्चार केन्द्र स्थापना गरेपनि विजुलीको अभाव र मेसिनको अभावले चल्न सकेको थिएन ।

अहिले अत्याधुनिक मेसिन 

२४ सैं घण्टा विजुलीबत्तीको व्यवस्था भएकोले समस्या नहुने प्रतिष्ठानले जनाएको छ । रक्तसञ्चार केन्द्र संचालन निकै प्रभावकारी तरिकाले गरिने पदाधिकारीले बताएका छन् ।

अहिले रगत स्टोर गरेर बिरामीलाई जस्तोसुकै अवस्थामा रगत दिन सकिने भएको छ ।

३/३ महिनामा रक्तदान कार्यक्रम हरेक ३/३ महिनामा रेडक्रस र सामाजिक संघ संस्था संग समन्वय गरेर रक्तदान कार्यक्रम गरिने छ ।

अहिले जुम्ला अस्पतालमा मुगु, कालिकोट, डोल्पा, जुम्ला, जाजरकोटसम्मका बिरामी उपचार गराउन जुम्ला अस्पताल आउने गरेका छन् ।

विगतको भन्दा अहिले जुम्लाका अस्पतालमा बढ्दै गएको विरामीको चापलाई मध्य नजर गर्दै हरेक ३÷३ महिनाकोे अन्तर सबै सरोकारवालासंग समन्वय गरी रक्तदान कार्यक्रम गरिने भएको छ ।

 

यो वर्षमा मात्रै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० हजार विरामीको उपचार गरिएको छ ।

साविकको कर्णाली लगायत जाजरकोट सम्मका विरामीलाई जुम्ला आाउन सहज पहुँचका लागि प्रतिष्ठानका पदाधिकारीले गम्भीर तरिकाले छलफल गरिरहेको बताए ।

जुम्ला अस्पतालमा हुने विभिन्न जटिल खाले उपचारहरु महंगो खर्च गरी जिल्ला बाहिर नजान समेत प्रतिष्ठानले सबैलाई अनुरोध गरेको छ ।

कर्णाली निर्माण संवाददाता सागर परियार

....

आइतबार १६ मंसिर २०७५ 

प्रतिक्रिया

Related