सुरु भयो सिद्धार्थ राजमार्गको मर्मत कार्य

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म ३ दिन सिद्धार्थ राजमाग बन्द
निर्माण सञ्चार, बुटबल | सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन–बुटवल सडकखण्डको आजदेखि (सोमबार) मर्मत थालिएको छ । सोहीकारण आजबाट ३ दिन सो सडकमार्ग बन्द हुने भएको छ ।

सोमबार (मंसिर १७) देखि बुधबार (मंसिर १९)सम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडक मर्मत हुने भएकाले उक्त सडक खण्डको आवागमन प्रभावित हुने भएको छ ।

सडक डिभिजन कार्यालय, पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यका अनुसार तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढंगा फुटाएर हटाउनुपर्ने भएकाले तीन दिन बाटो बन्द रहने भएको हो ।

उनले अत्यावश्यकीय एम्बुलेन्सलगायतका सवारी साधनलाई भने यो नियम लागू नहुने जानकारी दिए ।

आवागमनमा असुविधा हुने भएकाले सडक डिभिजन कार्यालयले वैकल्पिक उपाय सोच्न सबैमा अनुरोध गरेको छ । उक्त सडकखण्डको अवस्था दयनीय भए पनि लामो समयदेखि स्तरोन्नति हुन सकेको थिएन ।

यो सडकको दूरावस्थाकै कारण वर्षेनी १५–२० जना यात्रुहरुको सवारी दुर्घटनामा परेर मृत्यु हुने गरेको छ ।

...

सोमबार १७ मंसिर २०७५ 

प्रतिक्रिया

Related