श्रृंखला खतिवडाले जितिन् मल्टिमिडिया अवार्ड, मिस वल्र्डको फाइनलमा प्रवेश

निर्माण सञ्चार, काठमाडौं । चीनमा जारी विश्व सुन्दरी प्रतियोगिता (मिस वल्र्ड) मा मल्टिमिडिया प्रेजेन्टेसन तर्फ नेपाल विजयी भएको छ ।

यो जित हातापारेसँगै मिस वल्र्ड प्रतिस्पर्धा गरिरहेकी शृंखला खतिवडाले टप–३० भित्र आफूलाई सुरक्षित गर्न सफल भएकी छन् ।

१ सय १९ देशका प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदैै खतिवडाले सो महत्त्वपूर्ण अवार्ड मार्फत् आफूलाई फाइनलमा प्रवेश गराएकी हुन् ।

विश्व सुन्दरी प्रतियोगिताको इतिहासमै नेपालले यो अवार्ड पहिलो पटक पाएको हो । नतिजा सोमबार सार्वजनिक भएको थियो ।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।

तिनमा ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान लिएका थिए ।

मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।

आफूले जित हाता पारेको विषयलाई खतिवडाले लेखेकी छन्


Shrinkhala Khatiwada, 48 mins · 
And Nepal 
We won Beauty With A Purpose too
Two achievements at once✌

#MultimediaAward
#BeautyWithAPurpose 
#MissWorldNepal
#MissWorld
 
 
 
 

प्रतिक्रिया

Related