जुम्लाका ८ वटै स्थानीय तहका सडक मापदण्ड विपरित

‘वडा अध्यक्ष नै लिन्छन् सडक निर्माणको ठेक्का, डोजर चालक नै प्राविधिक !’
निर्माण सञ्चार, जुम्ला | जुम्लाका आठै स्थानीय तहद्वारा निर्माण भएका कुनै पनि ग्रामिण सडकहरु मापदण्ड अनुसार निर्माण भएका छैनन् ।

बिना प्राविधिक नै डोजर चालकलाई सडक निर्माणको जिम्मेवारी सुम्पिएपछि मापदण्ड अनुसार सडक निर्माण नभएको पाइएको छ । डोजर चालकलाई प्राविधिक बनाउँदा मनपरी तरिकाले सडक निर्माण भएका छन् ।

तर, कसैले पनि यस विषयमा नबोल्दा आयोजनाका भुक्तानी पनि गरिसकेका छन् ।

निर्माण आयोजनाको नत सार्वजानिक सुनुवाई गरिएको छ, न त सडक निर्माणको कुनै स्टमेट नै गरिएको छ ।

सम्भाव्यता अध्ययन समेत नगरी मनपरी तरिकाले गाउँबस्तीको सौन्दर्य बिग्राने गरी सडक निर्माण भएकोप्रति नागरिकले गुनासो गरिरहेका छन् ।

हीमा गाउँपालिकाको आदी सडक, तातोेपानी गाउँपालिकालको जर्मी गाउँको सडक, पातारासीका गाउँपालिकाको माथी लोर्पा जोड्ने सडक, तीला गाउँपालिकामा निर्माण गरिएको कुनै सडक ईआईए तथा आईए नगरिएको अधिकारकर्मी, मेघराज न्यौपानेले बताए ।

‘वडा अध्यक्ष नै, सडक निर्माणको ठेक्का लिन्छन्, उनले भने, ‘बिना प्राविधिक स्टमेन्टको चालकलाई प्राविधिक बनाएर सडक खन्न लगाउँछौँ ।’ अधिकारकर्मी न्यौपानेले भने ‘विना सार्वजानिक सुनुवाई नागरिकहरुको गुनासोलाई बेवासता गर्दै आयोेजना भुक्तानी समेत दिइसकेको छन् ।’

पातारासी गाउँपालिका ३ नम्बर वडाका तल्फी जोड्ने सडक बिना अनुगमन नै भुक्तानी गरिएको पाइएको छ । कर्णाली रोजगार अन्तर्गत सबै सडकहरु नागरिकले श्रम गरेर निर्माण गर्नुपर्ने हो । तर, डोजर प्रयोग गरिएको छ ।

स्थानीय महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाले भनिन्, ‘जताततै विना गुणस्तर, मापदण्ड विपरितका सडक निर्माण गरेर विकास भएको भन्न नसकिने उनको भनाई छ ।

मापदण्ड अनुसार सडक निर्माण गरिनुपर्छ भन्दै उनले सडक निर्माण गर्दा भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर नगरी निर्माण गरेको गुनासो गरिन् । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकाले गाउँ–गाउँमा सडक त पुराएका छन् ।

तर, बिना प्राविधिक स्टमेन्टका सडकहरुले बस्ती जोखिममा परेका छन् ।

सबै सडक निर्माण समितिले डोजर चालकलाई नै प्राविधिकको जिम्मेवारी दिएपनि, मापदण्ड विपरितका सडक निर्माण भएको नागरिक अगुवा राज बहादुर महतले बताए । उनले भने, ‘न कुनै सडकको ईआईए र आईए भएको छ, नत, कुनै विद्युुत् आयोजना डिपिआर नै तयार गरिएको छ ।’

केही व्यक्तिको मिलोमत्तोमा हचुवाको भरमा गरिएको विकास निर्माणले समृद्धि हासिल नहुने भन्दै जनप्रतिनिधिको ध्यानाकर्षण गराइएको छ ।

संघियताको डेढ वर्षमै, विकास निर्माण प्रक्रिया, कानुनको पालना, शुसानको अबस्था सबै बुझ्दा नागरिकले गाउँमा सिंहदरबार आएको अनुभुति गरेको उनको भनाई छ ।

मापदण्ड अनुसार निर्माण गरिएका जुुम्लाका अव्यवस्थित सडकले ग्रामिण बस्तीनै जोखिममा पारेको उनले दाबी गरे ।

नगरपालिकाले निर्माण गरेका हरी बहादुर रोकमार्ग पनि स्तरी नभएको आरोप लगाए ।

यता, जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले मापदण्ड विपरित सडक पास गर्ने प्राविधिकलाई कार्बाहीको दायरामा ल्याउन निर्देशन दिए ।

उनले भने, ‘डिपिआर बिनै आयोजनाको निर्माण गर्ने, कुुनै सरोकारवालालाई अनुगमन नगराई पास गर्ने प्रविधिले दिगो विकास हुँदैन ।’

‘सडकको स्तरबृद्धि तथा गुणस्तरमा हामी गम्भीर छौँ’, पातारासी गाउँपालिकान अध्यक्ष लक्षिमन बोहाराले भने, ‘सडक निर्माण भएको अनियमितताका बारेमा बुझेर छानविन अघि बढाइन्छ ।’

मापदण्डअनुसार सडक निर्माण नभएको भन्दै हीमा गाउँपालिकाको ओदी सडक निर्माण आयोजनाको मुद्धा अख्तियारमा समेत परेको छ ।

तर, यस विषयमा कुनै स्थानीय तहका जनप्रतिनिधि गम्भीर छैनन् ।

जुम्लाका मानव अधिकारकर्मी तथा नागरिक अगुवाहरुले सडक निर्माणदेखि स्थानीय तहमा भएको बेथितीका विषयमा खुलेरै विरोध गरिरहेका छन् ।

तर, जनप्रतिनिधिमा भएको भ्रष्ट विचार आचरण अन्त्य नभएसम्म समृद्धि हासिल गर्न नसकिने नगरपालिका उपमेयर अप्सरादेवी न्यौपाने महतले बताइन् ।

जुम्लाका सबै तहले सडक निर्माणलाई मात्र प्रथामिकता दिएर गाउँघरको सौन्दर्य बिगार्नु भन्दा थोरै भएपनि उपलब्धीमुलक काम गर्नतर्फ जनप्रतिनिधिको ध्यान जानुपर्नेमा उनले जोड दिईन् ।

जुम्ला संवाददाता सागर परियार

...

मंगलबार, १८ मंसिर २०७५  

प्रतिक्रिया

Related