निर्माणधीन विराटनगर भन्सार जाँचचौकीः २ वर्षमा मात्रै ६२ प्रतिशत काम

आईसीपी निर्माण के–का लागि ?
निर्माण सञ्चार, विराटनगर | मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) को निर्माण कार्यले गति लिन सकेको छैन ।

निर्माणमा गरिएको सुस्तताले भन्सार बिन्दुको निर्माण कार्य २२ महिनामा ६२ प्रतिशत मात्र सम्पन्न भएको छ ।

दुई वर्षमै निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएता पनि भारततर्फ जोगवनीमा भने दुई वर्षअघि नै आईसीपी निर्माण भएर सञ्चालन आइसकेको छ ।

सो नेपालतर्फको आईसीपी निर्माणको जिम्मा भने दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादले पाएको छ । निर्माण कम्पनीका इन्जिनियर अवधेशकुमार साहका अनुसार हाल आईसीपीको काम भइरहेको छ ।

‘पहिलो चरणको काम भइरहेको छ’, इन्जिनियर साहले भने ‘लिंक रोड र आईसीपी हाताभित्र भौतिक संरचना निर्माणको काम भइरहेको छ ।’

आईसीपी निर्माणमा प्रयोग हुने सम्पूर्ण सामग्री र उपकरणमा भन्सार महसुल र राजश्व छुटको सुविधा समेत छ ।

उक्त आईसीपी ८५० मिटर लम्बाइ र ५०० मिटर चौडाइको हुनेछ । त्यसैरी सो निर्माणका लागि १२९ बिघा र चार लेनको लिंक रोडका लागि ४० बिघा जमिन छुट्याइएको छ ।

लिंक रोडलाई रानी–विराटनगर राजमार्गसँग जोडिने बताइएको छ ।

नेपाल र भारतबीच सन् २००५ मै सुविधासम्पन्न संयुक्त भन्सार जाँचचौकी निर्माणका लागि सम्झौता भएको थियो । भारतले जोगबनीमा आईसीपी निर्माण सके पनि नेपालमा जग्गा हस्तान्तरण ढिलो हुँदा विराटनगरको कटहरीसम्म आउने रेलमार्गको काम पनि अघि बढ्न नसकेको हो ।

पूर्वका उद्योगी–व्यापारीले नेपाल र भारत सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको जाँचचौकी सञ्चालनमा आएपछि भन्सार जाँचपास र अवागमनमा सहज हुने अपेक्षा राखेका छन् ।

आईसीपी सञ्चालनमा आएपछि तेस्रो मुलक र भारतबाट ल्याइने औद्योगिक कच्चा पदार्थलगायतका सामग्रीको भन्सार जाँचपास सहज नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । निर्यात र आयात दुवैलाई सहज हुने उपाध्यक्ष राउतको भनाई छ ।

...

मंगलबार, १८ मंसिर २०७५

प्रतिक्रिया

Related