डडेल्धुरा बस दुर्घटनाः मृत्यु हुनेको संख्या पुग्यो १८

मृत्युमध्ये १४ जनाको सनाखत, (नामावलीसहित)
निर्माण सञ्चार, डडेलधुरा | डडेल्धुरा बस दुर्घटना हुँदा मुत्यु भएकाकोे संख्या १८ पुगेको छ । जसमध्ये १४ जनाको सनाखत भएको छ ।

बिहीबार डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा १८ को ज्यान गएको हो ।

दुर्घटनामा परेर ज्यान गुमाउनेमा शिखर नपा– ४ कि ३५ वर्षीया शशी विक, सोही नगरपालिका ११ कि २५ वर्षीया गोपा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जानकारी दियो ।

त्यस्तै, नवदुर्गा गाँउपालिका–३ का चक्र धामी, तीलक खाती, टेक धामी, नवदुर्गा गाउँपालिका–४ की माया रावल, डोटी दुर्घटनामा ज्यान गुमाउनेम शिखर नगरपालिका–१० का रोहित बलायर, सोही नगरपालिका–७ कि २२ वर्षीय योगेन्द्र बोहराको पनि रहेका छन् ।

डोटीको शिखर नगरपालिका–७ का शंकर जोरा, कैलालीको गोदावरी नगरपालिका–१० का २३ पुरन कठायत, सोही स्थानकी २० वर्षीया शारदा कठायत, गोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय केशव कठायतको पनि सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले बताए ।

बाँकी ४ जनाको भने सनाखत हुन नसकेको ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनाका घाइते २७ मध्ये १० जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेकोे छ भने ७ जना कोहलपुर पठाइएको छ ।

बाँकी १० घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रिसइनस्थित पीसजोन एकेडेमीको पहेँलो रंगको स्कुल बस बिहीबार बेलुकी दुर्घटनामा परेको यिो ।

४३ यात्रु सवार उक्त बस अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न जाने क्रममा दुर्घटनामा परेको थियो ।

सडकबाट करिब २०० मिटर तल खोलामा खसेर भएको त्यस बस दुर्घटनाको कारण भने खुलिनसकेको जिल्ला प्रहरी कार्यलयले जानकारी दियो ।

...

शुक्रबार ७ मंसिर २०७५

प्रतिक्रिया

Related