शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एडीबीका दक्षिण एसिया हेर्ने उपमहानिर्देशक दिवेश शरणले यस्तो बताएका हुन् ।
तर, उपमहानिर्देशक शरणले नेपालको उडड्यन र सरसफाई सम्बन्धी आयोजना कार्यान्वयन क्षमतामाथि भने प्रश्न उठाएका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगति राम्रो भएता पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढ्न नसकेकोमा एडीबीको असन्तुष्टी रहेको छ ।
सो अवसरमा उपमहानिर्देशक शरणले नेपालले एडीबीको थप लगानीको सम्भावनालाई आफ्नो हितमा उपयोग गर्न सक्नुपर्ने तर्फ समेत गम्भीर ध्यानाकर्षण गराए ।
नेपालले परियोजनाहरुको पर्फमेन्स सुधारे मात्रै अझ बढी सहयोग बढाइने उनको भनाई थियो ।
एडीबीले नेपालमा संचालित आयोजनाहरुमध्ये १ खर्ब २५ अर्ब रुपियाँको ठेक्का लाग्न बाँकी रहेको र १ खर्ब ७० अर्ब खर्च हुन बाँकी रहेको पनि सो कार्यक्रममार्फत् जानकारी दियो ।
ती परियोजनामा बाहेक नेपालमा आफ्ना सहयोगमा बनिरहेका अन्य आयोजनामा भने सन्तोषजनक काम नभएको एडिबिको भनाई छ ।
एडीबीको सहयोगमा बनिरहेका आयोजनाको सन् २०१८ मा प्रगति सुस्त रहेको भन्दै उसले असन्तुष्टी जनाएको हो ।
सन् २०१४/२०१६ मा नेपालले एडीबीको आयोजनाहरुको सशक्त कार्यान्यवन गरेको स्मरण गर्दै उपमहानिर्देशक दिवशले २५४ मिलियन डलरबाट बढाएर सहयोग ५५१ मिलियन बनाइएको बताए ।
नेपालले आफ्नो परियोजनाहरुको पोर्टफोलियो पर्फमेन्स सुधारे अझ बढी अवसर पाउने उनको दाबी छ । ती आयोजनामा हुने प्रगति नै सहयोग बढाउने आधार रहेको उपमहानिर्देशक शरणको भनाई छ ।
२०१६ र २०१७ मा नेपालले अन्य मुलुकले भन्दा बढी ऋण तथा अनुदान सहयोग पाएको थियो । पछिल्लो समयमा नेपाललको परियोजनाहरुको प्रगति खस्किएको एडीबीको ठहर रहेको छ ।
एडीबीको रिपोर्टअनुसार २०१८ मा २.८ बिलियन डलरको परियोजनामध्ये ४४ प्रतिशतको ठेक्का नै लाग्न बाँकी रहेको देखिएको छ । साथै ६४ प्रतिशत रकम अझै खर्च हुन नसकेको रिपोर्टमा उल्लेख छ ।
नेपालमा चालू आर्थिक वर्षमा पनि ठेक्का सम्झौंता र रकम खर्चमा समस्या देखिएको पनि एडीबीको समीक्षा प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको छ ।
८ वटा आयोजनाका ठेक्का सम्झौता गर्ने लक्ष्य, कुन–कुन ?
चालू आर्थिक वर्षभित्र नेपालमा ८ वटा आयोजनाको ठेक्का सम्झौता गर्ने लक्ष्य लिइएको उपमहानिर्देशक शरणले जानकारी दिए । जसमध्ये सबैभन्दा धेरै बजेट पूर्व/पश्चिम सडक स्तरोन्नतिमा हुने एडिबिको भनाई छ ।
एडीबीले यो वर्ष १० वटा ठूला आयोजनामा धेरै बजेट खर्च हुने अनुमान गरेको छ ।
यससँगै पुनर्निर्माण, काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना, एयर ट्रान्सपोर्ट, क्षमता अभिवृद्धि कार्यक्रममा पनि धेरै लगानी हुने अनुमान गरिएको उपमहानिर्देशक शरणले जानकारी दिए ।
एडीबीको समिक्षा प्रतिवेदनअनुसार ती सबै आयोजनामा अहिलेसम्म लक्ष्यअनुसार खर्च हुन नसकेको उल्लेख छ ।
नेपालमा अहिलेसम्म एडीबीले २ अर्ब ८० अर्ब भन्दा धेरै बजेट लगानी गरेपनि आयोजनाको कार्यान्वयन र खर्चको अवस्था भने अत्यन्तै सुस्त रहेको बताउँदै त्यसमा सुधार गर्न अनुरोध गरेको छ ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले भने संघीयता कार्यान्यवनको चुनौती कारण आयोजनाहरुको प्रगतिले गति पाउन नसकेको स्वीकारे ।
उनले खर्च गर्ने क्षमता र परियोजनाहरुमा रहेका प्राविधिक समस्याका साथै अनुगमनको प्रभावकारी विधि नभएकाले पनि समस्या भएको बताए ।
‘ती समस्या समाधानका लागि एउटा प्रभावकारी कार्यायोजना आवश्यक छ,’ सहसचिव नेपालले भने, ‘यसमा एडिबिले पनि सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ ।’
यता एडीबीका कन्ट्री डाइरेक्टर मुख्तर खामुदखानोभले नेपाल सरकारसँग बलियो सहकार्य गरेर परियोजनामा रहेका समस्याहरु फुकाउन आफुहरु तयार रहेको दाबी गरे ।
उनले मुख्य परियोजनाको ठेक्का डिसेम्बरभित्र लगाइसक्ने गरी प्रयास गर्ने त्यसपछि आयोजनाको प्रगतिहरु विस्तारै सुध्रने विश्वास व्यक्त गरे ।
एडिबीले सन्तुष्टि व्यक्त गरिएका भूकम्प पछिको ‘अर्थक्वेक इमरजेन्सी एसिस्टेन्स प्रोजेक्ट’ अन्तर्गत निर्माणाधीन २० जिल्लाका विद्यालय पुनर्निर्माणको कामको इन्जिनियरिङ परामर्शदाता इआरएमसी रहेको छ ।
...
आइतबार, ९ मंसिर, २०७५
प्रतिक्रिया