जुम्लामा पर्यटकको घुँइचो: फस्टाउँदै होटल व्यवसाय

होटल व्यवस्थापनमा यस्ता छन् समस्या, कस्ता विषयमा दिनुपर्छ ध्यान ?
निर्माण सञ्चार, जुम्ला |  जुम्लाको तातोपानी धारामा पर्यटकहरुको घुँईचो लाग्न थालेपछि आसपासमा होटल व्यवसाय फष्टाउदै गएका छन् ।

तातोपानी धारामा नुहाउन तथा अवलोकन गर्न आउने आन्तरिक बाह्य पर्यटकहरुको भीड लाग्न थालेपछि होटल व्यवसायबाट मनग्य कमाई हुन थालेको व्यापारिहरु बताउँछन् ।

चिसो बढेसँगै दैनिक ५ सय बढी आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछ । तीमध्ये प्राय पर्यटक तातोपानी मै बस्ने तथा खाने मनसाय बोकेर आउने गर्छन् ।

सबै होटलमा टिकक सिस्टमबाट नुहाउने व्यवस्था गरिएको तातोपानी पर्यटन क्षेत्रका कर्मचारी हस्त बुढाले बताए । शनिवार झनै अरु बेला भन्दा निकै भीड लाग्ने उनको भनाई छ ।

हाल खान बस्नका लागि होटलको व्यवस्था भएपछि निकै राहात महशुस भएको पर्यटकहरु बताउँछन् ।

अझै धारादेखि होटलको व्यवस्थापनमा जोड दिन पर्यटकहरु सुझाब दिने गरेका छन् । कर्णाली राजमार्ग हुँदै तातोपानी धारा जाने बाटोमा र धारा आसपास गरि झण्डै, २ दर्जन बढी होटलहरु संचालनमा छन् ।

चिसो सिजनमा तातोपानीमा पर्यटकहरु बढी आउने भएकोले प्रति होटलले ५ देखि १० लाखसम्म कमाई गर्ने अनुमान छ ।

सामान्य होटल व्यवसायीले समेत प्रत्येक हिउँद सिजनमा १ लाख बढी कमाउने गरेका छन् । तर, प्रभावकारी व्यवस्थापनको अभावले अझै अपेक्षा अनुसार पर्यटकहरु आउन नसकेको देखिन्छ ।

यसैबीच, भर्खरै तातोपानी धारा नजिक स्थानीय होटल व्यवसायी तेजेन्द्र रावलले झण्डै १ करोड ५० लाख बढीको लागतमा सुविधा सम्पन्न होटल निर्माण गरेका छन् ।

विगत ७ वर्ष देखि तातोपानीमा होटल गरेर पर्यटकहरुको सेवा गर्दै आएका उनले सबैको माग र आबश्यकता अनुसार होटलको संरचना बढाएको बताए ।

उनले भने, ‘प्रत्येक कोठामा एटेच बाथरुमको व्यवस्था छ, साथै निकै सस्तोसुलभमा खाने बस्ने पार्किक लगायत सबैको व्यवस्था गरिएको उल्लेख गरे ।

होटल व्यवसायबाट गाउँमै लाखौको आम्दानी गरिरहेका तेजेन्द्र रावल विदेशी युवाहरुका लागि उत्प्रेणाको स्रोत बनेका छन् ।

स्वदेशमै आफ्नो सीप अनुसारको रोजगारी गरे स्वदेशकै माटोमा सुन फलाउन सकिने उनको भनाई छ । तातोपानीमा अहिले तत्तकाल सुरक्षाको चुनौती छ ।

यस विषयमा गाउँपालिकाले सोच्नुपर्ने बेला आएको जुम्लीबासी बताउँछन् ।

साथै, शिक्षक पेशामा निकै लामो अनुभव गरेका तथा लामो समयसम्म शिक्षा क्षेत्रमा आबद्ध राजु केसीले पनि सुविधा सम्पन्न होटल निर्माण गरि संचालन गरेका छन् ।

तातोपानीमा पहिलो चोटी फ्री वाईफाईको देखि एटेच बाथरुमको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार झण्डै १ करोड बढी लागतमा सुविधा सम्पन्न होटल निर्माण गरिएको हो ।

रिभर साईट नामक होटल तातोपानी धाराको पश्चिम पट्टी संचालन गरिएको छ ।

तातोपानीमा आउने सयौँ पर्यटकहरु खान, बस्नको समस्यालाई मध्यनजर गर्दै होटल संचालनको तयारी थालेको केसीले बताए ।

अर्गानिक खाना, कोसेलीको व्यवस्था समेत होटलमै गरिएको उनको भनाई छ ।

तातोपानी क्षेत्रमा बजार व्यवस्थापन समिति नहुँदा पनि फोहोर व्यवस्थापनदेखि होटल व्यवसयीहरुलाई नियमनमा ल्याउन सकस भएको छ । तर करोडौको लगानीमा होटलहरु धमाधम निर्माण भईरहेका छन् ।

व्यवस्थापनमा फितलो भएर होटलको भव्यताले मात्रै, आम्दानी र पर्यटकहरुको आर्कषण नबढ्ने विज्ञहरु बताउँछन् ।

तातोपानी क्षेत्र पर्यटकीय हिसाबले आकर्षणको केन्द्र विन्दु भएपनि त्यसतर्फ गाउँपालिकाको कुनै दिर्घकालिन योजना नदेखिएको नागरिक समाज अध्यक्ष राज बहादुर महतले बताए ।

उनकाअनुसार, त्यहाँको सुरक्षा व्यवस्था, धाराको व्यवस्थापनदेखि लिएर रहेक पक्षमा गाउँपालिका जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।

तातोपानी धाराको सरसफाईदेखि सामानको सुरक्षाका विषयमा पनि धारा व्यवस्थापन समितिले अझै प्रभावकारी निगरानी गर्न नसेकेको गुनासा आईरहेका छन् ।

कर्णाली प्रदेश निर्माण संवाददाता सागर परियार

...

सोमबार, १० मंसिर २०७५ 

प्रतिक्रिया

Related