विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो सम्पन्नः ‘झन्डै एक लाखले गरे अबलोकन’

‘घर बनाउन नसक्नेलाई प्रिफ्याबका घर गुणस्तरीय र सस्तोमा बनाइ दिने’
निर्माण सञ्चार, काठमाडौँ | राजधानीको भृकुटीमण्डपमा बिहीबार (मंसिर ६) देखि चलेको ‘बिल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो २०७५’ आइतबार (मंसर ९) सम्पन्न भएको छ ।

भुकम्पपछि भुकम्प प्रतिरोधी घर र सुरक्षित घर बनाउनकालागि सर्वसाधरणलाई जानकारी दिने उदेश्यले गत बर्षबाट एक्स्पो सुरु गरिएको हो ।

घर तथा भवन निर्माण गर्न चाहानेहरुका लागि यी पछिल्लो समय विकास नयाँ टेक्नोलोजीबारे जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको आयोजक समितिका सदस्य इन्जिनियर होमनाथ पोखरेलले बताए ।

उनका भने ‘विभिन्न कम्पनी विकास गरेका प्रविधि र सामाग्रीहरु देखाउने अवसर पनि हुने र आम मानिसहरुको जानकारीका लागि पनि आयोजना गरिएको हो ।’

नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले गरिएको यो ‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’ को दोस्रो दिन अबलोकनकर्ताको भिड निकै बढेको थियो ।

यस दिन ४० हजार जनाले मेला अबलोकन गरेको सहआयोजक ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले बताए ।

मेलाको पहिलो दिन भने र २५ हजार जनाले अबलोकन गरेका थिए । दुई दिनमा अवलोकनकर्ताको संख्या ६५ हजार नाघेको अधिकृत गजुरेलले जानकारी दिए ।

मेलामा निर्माण सामग्रीका नविनतम प्रविधि, उत्पादनहरु, पेन्ट, सिमेन्ट, फर्निचर, पाइप एन्ड फिटिंग्स्का स्टलहरुमा घर निर्माण गर्न चाहने अबलोकनकर्ताको भिड लागेको थियो ।

मेलामा क्षमादेवी विल्डिंग मटेरियल्सले प्रिफ्याबका घरहरु सस्तोमा बनाइ दिने योजना पनि ल्याइएको थियो । कम्पनीले एउटा कोठा ३ लाख रुपियाँमै निर्माण गरिदिने निर्देशक जयराम अर्यालले दावी गरे ।

‘हामीले वातावरणमैत्री सामग्रीबाट सस्तोमा घर बनाइदिने योजना ल्याएका छौं’, उनले भने, ‘घर बनाउन नसक्नेलाई प्रिफ्याबका घर गुणस्तरीय र सस्तोमा बनाइ दिने छौं ।’

एक्स्पोमा पाइप एण्ड फिटिंग्सबीच पनि निकै प्रतिस्पर्धा थिए ।

साथै नेपाटप, आइटिपिएफ, पञ्चकन्या, मंगलम र मार्भल फ्लोगार्डलगायतका कम्पनीका पाइप तथा फिटिंग्स सामग्रीहरु पनि राखिएका थिए । केही बैंकले सुलभ दरमा घरकर्जा उपलब्ध गराउने गरी मेलामा स्टल राखेका थिए ।

राष्ट्रिय वाणिज्य बैंकले महालक्ष्मी घरकर्जा, एभरेष्ट बैंकले इविएल होम लोन, मुक्तिनाथ विकास बैंकले आवाश कर्जा योजना उपभोक्ताबीच ल्याएका हुन् ।

मेलाकै अवसर पारेर बर्जर पेन्टस्ले आफ्नो मोवाइल एप पनि सार्वजनिक गरेको थियो । मेलामा निर्माण क्षेत्रमा भित्रिएका नविनतम प्रविधिहरु प्रदर्शनमा राखिएका थिए ।

ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्ट्स, इन्टेरियर डिजाइनर, सिमेन्ट उत्पादक, फर्निचर एण्ड फर्निसिङ, स्टिल, ईटा तथा मार्बल, विद्युतीय समग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायतको १ सयभन्दा बढी स्टल राखिएको थियो ।

एक्स्पोमा घर निर्माण गर्ने सामग्रीका साथै सुरक्षित आवास निर्माण गर्ने तरिकाबारे अबलोकनकर्तालाई सल्लाहसमेत उपलब्ध गराइएको गजुरेलले बताए ।

इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामाग्री उत्पादक तथा बिक्रेता लगायत सबै सरोकारवाला पक्षलाई एकै ठाउँमा ल्याएर सुरक्षित र दिगो आवास निर्माणबारे सूचना दिने उद्दश्यले मेला आयोजना गरिएको उनको भनाई छ ।

एक्स्पोमा दैनिक रुपमा सेमिनारसमेत आयोजना गरिएको थियो ।

शुक्रबार हरित निर्माणबारे छलफल भएको थियो । शनिबार निर्माणको गुणस्तर र उत्कृष्ट अभ्यासबारे प्राविधिक छलफल भएको थियो ।

युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर्स (वाइसिएनसी) को मुख्य आयोजनामा भएको मेलाको सहआयोजकमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, सोसाइटी अफ कन्सल्टिंङ आर्किटेक्चरल एन्ड इन्जिनियरिंग फर्म र ब्राण्डवर्थ प्राली रहेका थिए ।

एक्स्पोको मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट, पेन्ट्स् पार्टनर बर्जर पेन्ट्स् र प्रायोजक क्षमादेवी बिल्डिङ् मेटेरियल्स् रहेको थियो ।

एक्स्पोलाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले पनि सहयोग गरेको थियो ।

मंसिर ६ गतेदेखि ४ दिनसम्म दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चलेको एक्स्पोमा निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।

....

सोमबार, १० मंसिर २०७५ 

प्रतिक्रिया

Related