बिहीबारबाट काठमाडौँमा ४ दिन जोर–बिजोर गाडी चल्ने !

कुनको पालो कहिले ?अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधन अन्य दिनमा जस्तै संचालन
 निर्माण सञ्चार, काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा संचालन हुने सवारी साधनमा आज (बिहीबार) बाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरेको छ ।

मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गरिएको हो ।

युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सीमा हुन लागेको एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुने भएका छन् ।

आजदेखि १६ गतेसम्म चार दिन उपत्यकामा संचालन हुने सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो ।

महाशाखाका अनुसार मंसिर १३ आज र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्न पाउनेछन् ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनको हकमा भने सो नियम लागू हुने छैन ।

त्यस्ता सवारीसाधनहरु भने अन्य दिनहरुमा जस्तै निर्वाध संचालन हुन पाउनेछन् ।

बिहीबार अर्थात् आज म्यान्मारकी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दियो ।

...

बिहीबार, १३ मंसिर २०७५ 

प्रतिक्रिया

Related