लम्बियो मेलम्ची आयोजनाः कमजोर चट्टान भेटिएपछि ढलान सुस्त

प्रति दिन एक मिटरमात्र ढलान, कहिले सकिन्छ काम ?
निर्माण सञ्चार, काठमाडौँ | लामो समयदेखि निर्माणधीन अवस्थामा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरूङ ढलानको काम फेरि सुस्त भएको सुस्त भएको छ ।

हाल मेलम्चीको अन्तिम दुई किलोमिटर सुरूङको ढलानको काम भइरहेको छ ।

सोमध्ये ३८ मिटर सुरुङमा कमजोर चट्टान भेटिएपछि ढलानको कामले तीव्रता पाउन नसकेको आयोजनाले जानकारी दियो ।

‘हामी युद्धस्तरमा काम गर्दै थियौं, सुरूङको बीचमा कमजोर चट्टान भेटियो,’ खानेपानी सचिव गजेन्द्र ठाकुरले भने ‘उक्त चट्टानमा प्लास्टर राम्ररी अडिन नसकेको अवस्था छ ।’

प्रति दिन एक मिटरमात्र ढलान भइरहेको सचिव ठाकुरले बताए ।

सोही आधारमा प्लास्टर गर्न मात्रै ३८ दिन लाग्ने देखिन्छ ।

सो ३८ मिटर बाहेक सुरुङको अन्य भागमा प्लास्टर भइरहेको आयोजना बताएँछ । उक्त भागको प्लास्टर भने प्रतिदिन २०० मिटरका दरले भइरहेको सचिव ठाकुरले जानकारी दिए ।

उनका अनुसार ढलान सम्पन्न भएपछि पनि सुक्न एक महिना लाग्ने भएकाले बहुप्रतिक्षित मेलम्ची खानेपानी राजधानी झर्ने समय झनै लम्बिने देखिएको हो ।

ढलानमा समय लाग्ने देखिएपछि सचिव ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मेलम्चीको पानीमा समय थप गर्न माग राखेका छन् ।

यसअघि दिएको ४५ दिनको समय नसकिँदै ठाकुरले प्रधानमन्त्रीसँग १५ दिन समय थप गर्न माग राखेका हुन् ।

यसअघि (तिहारअघि) मुख्यसचिवले तागेता गरेपछि ठाकुरले ४५ दिनको थप समय माग राखेका थिए ।

...

बिहीबार, १३ मंसिर २०७५ 

प्रतिक्रिया

Related