चर्को विरोधपछि हट्यो जोर विजोर प्रणाली !

मंसर १४ गते (आज) बाटै जोरविजोर प्रणली हटाउन निर्देशन
निर्माण सञ्चार, काठमाडौँ । चौतर्फी रुपमा  चर्को विरोध भएपछि सरकारले जोर विजोर प्रणाली हटाएको छ ।

शुक्रबार (आज) विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो ।

विवादास्पद एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिट – २०१८ का लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरेको थियो ।

जसमा विभिन्न १५ भन्दा बढी देशका राष्ट्र तथा सरकार प्रमुख र उच्च पदस्थ अधिकारी काठमाडौँमा आउने भन्दै सडक खाली गर्न सरकारले बिहीबारदेखि जोर–बिजोर नियम लागू गरेको थियो ।

पहिलो दिनमै सवारीसाधन अभावमा सास्ती भोग्नुपरेपछि सरकारको यो नियमको सर्वसाधरणले चर्को आलोचना गरेका थिए ।

यससँगै सो नियम लागू भएकै दिनमा यसको चौतर्फी रुपमा पनि चर्को विरोध भयो । जोरविजोर प्रणाली अवज्ञा गर्न आहृवान समेत भएको थियो ।

सरकारकै आलोचना भएपछि गृह मन्त्रालयले शुक्रबार विहानबाट जोरविजोर प्रणाली हटाउन निर्देशन दिएको हो ।

यो नियम हटेसँगै बिहान साढे ११ बजेदेखि उपत्यका सबै नम्बरका गाडी गुड्न पाउने भएका छन् ।

...


शुक्रबार, १४ मंसिर २०७५

 

प्रतिक्रिया

Related