आयुर्वैदिक अस्पताल र शिक्षामा हात बढाउँदै हमदर्द विश्वविद्यालय

एसिएन रिजनमा आयुर्वेदीय शैक्षिक ‘हब’ बनाउने सोच
निर्माण सञ्चार, काठमाडौं । छिमेकी मुलुक बंगलादेशमा रहेको हमदर्द विश्वविद्यालयले नेपालमा पनि आफ्ना शैक्षिक र स्वास्थ्य सम्बन्धी कार्यक्रम लागू गर्ने भएको छ । प्राकृतिक चिकित्सामा आधारित शैक्षिक कार्यक्रम रहेको हमदर्द विश्वविद्यालयले आफूसँग विभिन्न शैक्षिक कार्यक्रम रहेको बतायो ।

ती मध्ये आयुर्वैदिक चिकित्सा तथा शैक्षिक कार्यक्रमका लागि आफू नेपालमा पनि काम गर्न तयार रहेको उसले जनाएको हो । आफ्ना शैक्षिक कार्यक्रम सहित प्रचारका लागि काठमाडौं आएको हमदर्द टोलीले आफ्नो उद्देश्यबारे ११ गते राजधानीस्थित एअरपोर्ट होटेलमा विशेष कार्यक्रम नै राखेको थियो ।

कार्यक्रम पछि जारी विज्ञप्तिमा आयोजकले भनेको छ, ‘प्रो.डा. एके आजाद खानको नेतृत्वमा ५ सदस्यीय टोलीले नेपालको राजधानी काठमाडौं भिजिट गरेको छ, मानवीय संशाधन विकासका लागि नेपाल र बंगलादेशले स्वास्थ्य विज्ञान सहित विभिन्न क्षेत्रमा सहकार्य गर्न सक्नेछन् ।’

सो विश्वविद्यालयका उपकूलपतिको सभापतित्वमा सम्पन्न उक्त प्रस्तुति कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत मस्हेफी बिन्टे शमामको समेत उपस्थिति थियो ।

कार्यक्रम अघि टोलीले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित शिक्षा मन्त्रालयका उच्च अधिकारीहरुसँग भेट गरेको थियो ।

आफ्नो भेट फलदायी रहेको दाबी गरेको हमदर्द टोलीले नेपालका तर्फबाट प्राकृतिक पद्धतिमा आधारित स्वास्थ्य विज्ञान तथा हमदर्दको शैक्षिक कार्यक्रम सम्बन्धी प्रस्तावको अनुरोध भएको बताएको छ ।

हमदर्द विश्वविद्यालयले नेपालको विकासमा टेवा समेत पुग्ने लक्ष्य अनुरुप आफूहरु नेपालमा काम गर्न तयार रहेको बताएको थियो ।

हमदर्द विश्वविद्यालयको उक्त टोलीले हमदर्द विश्वविद्यालयलाई एसियन रिजनमा शैक्षिक हब बनाउने सोच रहेको समेत दाबी गरेको छ । 

 

 

...

शुक्रबार, १४ मंसिर, ०७५

 

प्रतिक्रिया

Related