नेपालकै जग्गामा सडक निर्माण गर्दा भारतीय पक्षको अवरोध !

‘भारतीयले अवरोध गरेपछि स्थानीयको सपना चकनाचुर’
निर्माण सञ्चार, कञ्चनपूर| पश्चिम नेपाल कञ्चनपुरको (नेपाल–भारत) सीमावर्ती नेपाली गाउँमा सडक बनाउँदा भारतीय पक्षबाट अवरोध भएको छ ।

भीमदत्त नगरपालिका(१० गड्डाचौकीदेखि जिमुवा–ब्रम्हदेव जोड्ने नेपाली भूमिमा सडक निर्माण गर्दा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले अवरोध गरेको हो ।

मंगलबार सडक निर्मणका लागि भीमदत्त नगरपालिकाको जेसिभी त्यहाँ पुग्दा भारतीय एसएसबीले दशजगा भन्दै फर्काइदिएको स्थानीयले बताएका छन् ।

स्थानीय पशुपती चन्दले गड्डाचौकी गाउँभएर जिमुवा हुँदै ब्रम्हदेब जोड्ने सीमावर्तीबस्तीको सीमा सडक निर्माणमा भारतीय पक्षबाट अवरोध भएको बताइन् ।

एसएसबीले दशगजा भन्दा ५० मिटर दूरीमा मात्रै सडक निर्माण गर्नुपर्छ भन्दै रोकेको उनले बताईन् ।

‘स्थानीय जनतालाई आवत जावतमा अप्ठेरो भएको भन्दै हामीले नगरपालिकासंग भनेर सडक खोल्न लगाएका थियौँ’, उनले भनिन्, ‘आफ्नै जमिनमा पनि सडक बनाउँदा भारतीय पक्षले अवरोध गरिदियो ।’

भारतीयले अवरोध गरेपछि स्थानीयको सपना चकनाचुर भएको उनको बुझाई छ ।

स्थानीय जनप्रतिनिधी प्रेमबहादुर चन्दले दशगजा पर्ने नपर्ने विषयमा यस अघि नगरपालिकाबाट अमिन ल्याएर नापनक्साङ्गकन गरको बताए ।

उनका अनुुसार गड्डाचौकीदेखि ब्रम्हदेवसम्म सडक विस्तारका क्रममा झण्डै ८० परिवारको जमिन भएर जाँदै छ ।

‘हामी नेपालीको लालपुर्जावाला जमिन हुँदै सडक विस्तार हुँदैथियो’ उनले भने, ‘एसएसबीले दशजगाको क्षेत्र भन्दै रोकिदिए ।’

भीमदत्त नगरका सुचना अधिकारी हरिसिह धामीले नगरपालिकाले सीमावर्ती जनताको माग अनुसार सडक स्तरोन्नती गरिरहेको बताउदै उनले भारतीय पक्षबाट रोक लगाईएको बताए ।

उनले विवादबारे प्रशासन स्थानीय सरकारले संयुक्त पहल गरिरहेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले नेपाली भूमिमा नियमसंगत भए निर्माण गर्न पाउने र त्यसलाई कसैले पनि रोक्न नहुने बताए ।

काम रोकावट हुन नहुने बताउँदै प्रजिअ अधिकारीले दशजगा क्षेत्रमा संरचना बनाउन नपाइने बताए ।

सीमा पिलर अद्यावधिक नहुँदा समस्या हुने गरेको बताउँदै उनले सीमा विवादलाई सम्बद्ध पक्षसंग बसेर टुङ्गो लगाइने जानकारी दिए ।

कहिलेकाही बुझाईमा समस्या हुँदा समेत विवाद आउने गरेको बताउँदै प्रजिअले अवरोध भएको विषयमा तत्काल सम्बन्धित दुवै देशका सुरक्षा अधिकारीसहित समन्वय गरेर समस्याको निकास निकाल्ने बताए ।

नयाँ पत्रिकाबाट

...

मंगलबार, १८ मंसिर २०७५ 

प्रतिक्रिया

Related