पिनको ज्ञापन पत्रः पुनर्निर्माणमा खटेका इन्जिनियरहरुको माग पूरा गर्न प्राधिकरण प्रतिबद्ध

निर्माण सञ्चार, काठमाडौं । भूकम्प पछिको पुनर्निर्माणमा खटेका प्राविधिक तथा इन्जिनियरहरुको सेवा–सुविधाको माग गर्दै प्रोग्रेसिभ इन्जिनियर असोसिएन नेपाल (पिन) ले २ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

इन्जिनियरहरुको पेसागत अधिकार र हितलाई ध्यानमा राख्दै उनीहरुले ‘खाइपाई आएको सेवा सुविधाको पूर्वबत कायम हुनु पर्ने’, साथै प्राधिकरण अन्तर्गत हाल कार्यरत इन्जिनियरहरुको पेसागत भविष्य सुनिश्चित गर्न ‘सेवाको निरन्तरता’को माग पिन डेलिगेसनले गरेको प्रतिनिधिमण्डलले जानकारी दिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई बिहीबार बिहान प्राधिकरण कार्यालय सिंहदरबारमै भेटेर पिन टोलीले ज्ञापन पत्र बुझाएको अध्यक्ष शम्भुबहादुर श्रेष्ठले जानकारी गराए ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त विद्यालय, स्वास्थ्य चौकी, सरकारी तथा निजी भवनहरुको यतिबेला पुनर्निर्माण प्राधिकरण अन्तर्गत पुनर्निर्माण कार्य भइरहेको छ ।

सरकारी निकायद्वारा काममा लगाइसकेपछि विभिन्न बहानामा कार्यरत कर्मचारीहरुको पेसागत सेवा सुविधा खोसिएको भन्दै फिल्डमा रहेका विभिन्न जिल्लामा कार्यरत प्राविधिक तथा इन्जिनियरहरुले आवाज उठाउँदै आएका थिए ।

सरकारको अस्थिरताका कारण प्राधिकरणमा पनि सिइओ फेरिने क्रमले कार्यरत कर्मचारीहरु समेत मारमा थिए ।

एउटा सरकार र सिइओको समयमा लिइएको निर्णय रोक्दै अर्काे सरकार र सिइओ देखिने क्रम नरोकिए पछि गत वर्ष केही इन्जिनियरहरुले त सामूहिक राजिनामा समेत गरेका थिए ।

यसले गर्दा प्राधिकरणबाट तोकिएको न्यूनतम सुविधा तथा भत्ता कटौती भएको र आफूहरुले सरकारको काम गरेबापत पेसागत सेक्युरिटी नभएको उनीहरुको गुनासो थियो ।

प्राधिकरण समक्ष पटक पटक आफूहरुको समस्याबारे अवगत गराउँदा पनि सुनुवाइ नभएको भन्दै पुनर्निर्माणमा खटिएका प्राविधिक जनशक्तिको गुनासो बढिरहेकै बेला पिन टोलीले प्राधिकरण प्रमुख कार्यकारी समक्ष आफ्ना कुराहरु राखेर माग पत्र बुझाएको बतायो ।

प्राधिकरणले आफूहरुको माग पूरा गर्ने वचन दिएको पिन डेलिगेटिभ्सको भनाइ छ । प्राधिकरण सिइओ ज्ञवालीले आफूहरु प्राधिकरण अन्तर्गत कार्यरत प्राविधिक तथा इन्जिनियर जनशक्तिहरु प्रति सधैं सकारात्मक रहेको बताउँदै विगतलाई बिर्सिएर आगत तिर बढ्न मिलेरै जानुु पर्ने बताए ।

उनले मागहरुको प्रकृति अनुसार प्राधिकरण स्तरबाट हुने मागहरु तत्कालै र मन्त्रिपरिषद्बाट निर्णय लिनु पर्ने मागका हकमा केही दिनमै कार्यान्वयन हुने गरी आफूले काम गर्ने वचन दिएका छन् ।
 
नेपाल इन्जिनियर्स असोसिएसनको आसन्न ३२ औं कार्यकारिणी समितिको निर्वाचन नजिकिदै गर्दा प्रा. डा त्रिरत्न बज्राचार्यको टोलीले प्राधिकरण अन्तर्गत खटिएका इन्जिनियरहरुको माग सम्बोधन गर्ने पहल कदमी लिएको देखिन्छ ।

चुनावी प्रचारकै क्रममा बज्राचार्य समूहले आज सिंहदरबार, सडक विभाग, भवन विभाग लगायतका कार्मचारीहरुसँग समेत भेट गरेको छ ।

 

 

...

बिहीबार, २० मंसिर, ०७५

 

प्रतिक्रिया

Related