अख्तियारले छाडेन पूर्वमन्त्री पाण्डेलाई, ‘भ्रष्टाचार’को मुद्दा दायर

निर्माण सञ्चार, काठमाडौं । पछिल्ला दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नजर निर्माण व्यवसायीहरुमाथि पर्न थालेको छ ।

पप्पु कन्स्ट्रक्सनका मालिक तथा सांसद हरिनारायण रौनियार पछि कन्स्ट्रक्सन इन्डस्ट्रिजमै सर्वाधिक शक्तिशाली मानिएका विक्रम पाण्डेलाई अख्तियारले ‘भ्रष्टाचार’ विरुद्ध मुद्दा दायर गरेको छ ।

पूर्ववनमन्त्री समेत रहेका राप्रपा नेता पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सिक्टा सिँचाइ आयोजनाको जिम्मेवारी लिएको कालिका कन्स्ट्रक्सनका मालिक पाण्डेले उक्त गौरवको आयोजनामा ‘गुणस्तरहीन काम गरेको’ ठहर गरेको छ ।

सिक्टा सिँचाइ आयोजनामा कालिका कन्स्ट्रक्सन र सिटिसिई जेभी रहेको छ । अख्तियारले कालिका प्रमुख पाण्डे र सिटिसिईका प्रतिनिधि युवराज क्षेत्री सहितलाई भ्रष्टाचारको मुद्दा दायर गरेको जनाएको छ ।

को को मुछिए ?

यो मुद्दामा आयोजनाका तत्कालीन प्रमुखहरु पनि अख्तियारद्वारा मुद्दा दायरमा परेका छन् । आयोजना प्रमुखहरुमा सरोजचन्द्र पाण्डित, दीलिपबहादुर कार्की र रमेश बस्नेत रहेका छन् ।

त्यस्तै, अख्तियारले सिडिईका मीनराज ढकाल, सूर्यदेव थापा, सुशीलचन्द्र देवकोटा, यागेन्द्र मिश्र, वीरसिंह धामी श्यामबहादुर कार्की, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, र प्रकाशबहादुर कार्कीलाई पनि विपक्षी बनार्इ मुद्दा दायर गरेको छ ।

साथै, सिंचाई विभागका इन्जिनियर कमलप्रसाद रेग्मी, सिडिई रविनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनाल पनि अख्तियारको मुद्दामा परेका छन् ।

अख्तियारले उनीहरुमाथि भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ र ऐनको दफा २३ बमोजिमको कसुरमा दफा ८ को उपदफा ४ बमोजिम सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।

 

 

 

 

...

शुक्रबार, २१ मंसिर, ०७५

 

प्रतिक्रिया

Related