कुन–कुन आयोजनाले पाए विद्युत् उत्पादन अुनमतिपत्र ?

कूल १ हजार ११४ मेगावाट विद्युत् उत्पादन भइरहेको
निर्माण सञ्चार, काठमाडौँ | चालू आर्थिक वर्षको पाँच महिनामा ११ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेका छन् ।

सरकारले चालू आवको हालसम्म एक हजार ३८७ मेगावाट क्षमता भएका आयोजनालाई अनुमतिपत्र दिएको हो । त्यसैगरी, अहिलेसम्म ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले १९० आयोजनालाई त्यस्तै अनुमतिपत्र दिएको छ ।

हालसम्म सात हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएको विभागको भनाई छ ।

ठूला आयोजना कुन–कुन ?

चालू आवको अहिलेसम्म अनुमति पाएको आयोजनामा ४४० मेगावाट क्षमताको तिला एक, ४२० मेगावाट क्षमताको तिला दुई ठूला आयोजना हुन् ।

एससी पावर कम्पनीले यी दुवै आयोजनाको निर्माण थालेको छ । यसैगरी, २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाले पनि त्यस्तै अनुमतिपत्र प्राप्त गरेको छ ।

उक्त आयोजनाको प्रवर्द्धक मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनी हो । तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भने बुटवल पावर कम्पनी रहेको छ ।

कूल १४० मेगावाट क्षमताको यो आयोजनाले पनि विद्युत् उत्पादन अनुमतिपत्र पाइसकेको छ ।

हृयाबिट्याट पावर कम्पनीले निर्माण गर्ने पाँच मेगावाट क्षमताको हेवा ए, युनिटेक हाइड्रो पावर कम्पनीले निर्माण गर्ने पाँच दशमलव आठ मेगावाट क्षमताको माथिल्लो फावाले पनि हालै विद्युत् उत्पादन अनमुतिपत्र प्राप्त गरेको विभागका महानिर्देशक नवीनराज सिंहले बताए ।

महानिर्देशक सिंहका अनुसार सेञ्चुरी इनर्जी प्रालिले प्रवर्द्धन गर्ने शून्य दशमलब नौ सात मेगावाट क्षमताको हाडी खोला, गोरक्ष इनर्जी प्रवर्द्धक रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनालाई पनि विद्युत् उत्पादन अनमुतिपत्र दिइएको छ ।

त्यस्तै, नीलगिरि खोला हाइड्रो पावर कम्पनीको प्रवर्द्धनमा निर्माण हुने ६२ मेगावाटको नीलगिरि खोला र शक्ति ऊर्जा विकास कम्पनीले प्रवर्द्धन गर्ने शून्य दशमलब नौ पाँच मेगावाट क्षमताको तौथली खोलाले पनि विद्युत् उत्पादन अनुमतिपत्र पाएको उनको भनाई छ ।

अहिले सरकारको बास्केटमा रहेका आयोजनाको संख्या १०२ रहेको विभागको दाबी छ । सो आयोजनाको क्षमता भने दुई हजार ७७० मेगावाट रहेको छ ।

महानिर्देशक सिंहका अनुसार एक मेगावाटभन्दा माथि रहेका कूल ७४ आयोजनाबाट एक हजार तीन मेगावाट र एक मेगावाटभन्दा साना १५ आयोजनाबाट ११ मेगावाट गरी कूल एक हजार ११४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

...

आइतबार, २३ मंसिर, ०७५ 

प्रतिक्रिया

Related