एनएमबिले ल्यायो ७ प्रतिशत व्याजदरमा ८ सहुलियत कर्जा योजना

बिनाधितो १५ लाखसम्मको ऋण उपलब्ध, कुन–कुन व्यवसायलाई लक्षित ?
निर्माण सञ्चार, काठमाडौं | एनएमबि बैंकले ७ प्रतिशत व्याजदरमा सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने भएको छ। बैंकले विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत “एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको हो ।

देशको आन्तरिक उत्पादन बढाउन बैंकले ८ वटा व्यासायलाई लक्षित गर्दै बिना धितो व्यावसायिक योजनाका आधारमा अधिकतम १५ लाख रुपियाँसम्म ऋण उपलब्ध गराउने भएको छ।

बैंकले देशको आर्थिक विकास तथा व्यापार घाटा कम गर्नका लागि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने योजना लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

कार्यकारी अधिकृत केसीले १५ सय अर्ब रुपियाँको आयात हुँदा एक सय अर्ब रुपियाँ पनि निर्यात नहुँदा देशमा व्यापार घाटा चुलिएको भन्दै आफ्नोतर्फबाट योगदान पुर्याउन कृषि क्षेत्रमा लगानी बिस्तार गर्न खोजिएको दाबी गरे ।

‘बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या आयात कम नहुन्जेल समाधान हुँदैन’ उनले भने ‘ रेमिट्यान्सको पैसा जबसम्म विलासिताका क्षेत्रमा खर्च हुन्छ तबसम्म बचत हुँदैन र यसको प्रभाव बैंकिङ क्षेत्रमा पर्दछ ।’

सरकारी कार्यक्रमलाई बैंकले आफ्नो ऋणको स्किम डिजाइन गरेको हो ।

यस बैंकले महिलाहरुको लागि कृषिका लागि आवस्यक पर्ने जति खर्चलाई कर्जाको रुपमा उपलब्ध गराउने हिसावले ‘अग्रणी महिला कृषि कर्जा’ संचालनमा ल्याएको छ। जसका लागि धितो आवश्यक पर्ने बैंकले बतयो ।

कार्याकारी अधिकृत केसीका अनुसार ऋणका लागि सामान्य व्यावसायिक योजना सहित सामुहिक जमानी आवश्यक पर्छ ।

बैंकका जुनसुकै शाखा कार्यालयमा गएर ऋणको प्रस्ताव गर्न सकिने उनको भनाई छ ।

नेपाल सरकारले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधी २०७५ अनुसार बैंकले विपन्न वर्गका जनतालाई लक्षित गरि यस्तो कार्यक्रम ल्याएको हो।

यसै कार्यविधिलाई टेकेर बैंकले लघु तथा विपन्न वर्ग कर्जा उपलब्ध गराउने भएको छ ।

यसैगरी बैंकले निक्षेपकर्ताहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले एनएमबी सहारा बचत खाता अन्तर्गत विभिन्न १८ वटा गम्भिर रोग र दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाख रुपियाँसम्म बीमा सुविधा उपलब्ध गराउने कार्यकारी अधिकृत केसीले जानकारी दिए ।

उनकाअनुसार बैंकले उक्त निक्षेप योजनामा ७ प्रतिशत व्याज उपलब्ध गराउने छ । यस्ता योजना मार्फत बैंकले बैंकिङ च्यानलमा निक्षेप भित्र्याउन सहयोग गर्ने केसी बताउँछन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले एनएमबि बैंकलाई फाइनान्सियल टाइम्स बेलायतबाट दोश्रो पटक समेत ‘बैंक अफ द इयर’ को सम्मान प्राप्त भएको समेत जानकारी दिएका थिए ।

कुन व्यवसायलाई कति कर्जा ?

एनएमबि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा– १० लाख रुपियाँ सम्म
एनएमबि शिक्षित युवा स्वरोजगार कर्जा– ७ लाख रुपियाँ सम्म
एनएमबि वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा –१० लाख रुपियाँ सम्म
एनएमबि दलित समुदाय व्यवसाय विकास कर्जा–१० लाख सम्म रुपियाँसम्म
एनएमबि उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा –५ लाख रुपियाँ सम्म
एनएमबि भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा –३ लाख रुपियाँसम्म
एनएमबि महिला उद्यमशीलता कर्जा – १५ लाख सम्म रुपियाँसम्म

 

...

मंगलबार, ३ पुष २०७५

प्रतिक्रिया

Related