पोखरा विमानस्थलको निर्माण कार्यले पायो तिव्रताः तोकिएको म्यादअघि नै सक्ने लक्ष्य

कस्तो बन्नेछ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ?
निर्माण सञ्चार, पोखरा | पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले तीव्रता पाएको छ ।

राष्ट्रिय गौरवको यो आयोजना २०२१ को जुलाई १० मा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएता पनि तोकिएको समयसीमाभन्दा ६ महिनाअघि नै सक्ने गरी तीव्र रुपमा काम भइरहेको छ ।

चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईका साइड म्यानेजर मिस्टर झुका अनुसार विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम तीव्र गतिमा अगाडि बढिरहेको छ ।

विमानस्थलको सबैभन्दा धेरै समय लाग्ने महत्वपूर्ण २० प्रतिशतभन्दा धेरै काम एक वर्षमै पूरा भइसकेकाले तोकिएको म्याद भन्दा चाडै निर्माण कार्य सम्पन्न हुने केदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकारी कृष्ण चापागाईंले जानकारी दिए ।

कहिले सुरु भएको थियो काम ?

यो अन्तर्राष्ट्रिय विमानस्थलको सन् २०१७ को नोभेम्बर महिनादेखि विमानस्थलको निर्माण कार्य थालिएको थियो । सन् २०१९ भित्र ६० प्रतिशतभन्दा बढी काम पूरा हुने र सन् २०२० भित्र सम्पूण काम सकिने गरी काम अगाडि बढिरहेको साइड म्यानेजर झुले जानकारी दिए ।

उनकाअनुसार विमानस्थल निर्माण छिटो सम्पन्न गर्ने नाममा गुणस्तरमा सम्झौता भने नहुने झुको भनाई छ । हाल रनवेको थर्ड लेबलको काम अन्तिम चरणमा पुगेको छ ।

साइड म्यानेजर झुका अनुसार एक महिनाभित्र थर्ड लेबलको काम सबै सम्पन्न हुनेछ । साथै सन् २०१९ को ६ महिनाभित्र रनवेको सम्पूर्ण काम सम्पन्न गर्ने गरी काम भइरहेको उनले जानकारी दिए ।

कस्ता बन्नेछ विमानस्थल ?

उक्त अन्तर्राष्ट्रिय विमानस्थलको रनवे सिमेन्ट, बालुवा प्रयोग गरी विभिन्न चरणमा ढलान गरी निर्माण भइरहेको छ । विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्नेछ ।

आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको साइड म्यानेजर झुले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार टर्मिनल भवनमा वार्षिक पाँच लाख क्षमताको हुनेछ भने अर्को छुट्टै टर्मिनल भवन पनि निर्माण गरिनेछ ।

सन् २०२१ को जुलाईसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सकेर सञ्चालनमा ल्याउने गरी निर्माण तालिका बनाएर काम अघि बढेको हो।

पोखरा महानगरपालिका १० र १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम थालेको हो।

सरकारले विमानस्थल निर्माण गर्न सीएएमसीईलाई सन् २०१४ मे १२ मा ठेक्का दिएको थियो ।

निर्माण करिब २२ अब रुपियाँ चिनियाँ ऋण सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ।

कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ।

स्मरणरहोस्, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल, जसको निर्माण कार्यले तीव्रता पाइरहेको छ । यी दुई परियोजनाकै परामर्शदाता कम्पनी इआरएमसी रहेको छ ।

...

 मंगलबार, ३ पुष २०७५

प्रतिक्रिया

Related