मोनोरेलको डीपीआर तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता

निर्माण लागत एक खर्ब १६ अर्ब लाग्ने अनुमान, कहिले आउला संचालनमा ?
निर्माण संचार, काठमाडौं | काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् ।

डीपीआर तयार पार्ने जिम्मा चीन सरकारको स्वामित्व रहेको चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी)लाइ दिइएको हो ।

राष्ट्रिय सभागृहमा बुधबार महानगरपालिका र कम्पनी बीचसम्झौता पत्रमा हस्ताक्षर भयो ।

अबको एक वर्षभित्र कम्पनीले डीपीआर तयार गरिसक्नेछ ।

प्रारम्भिक अध्ययनअनुसार चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने देखाएको थियो । तर, यसको लागत केही घट्न सक्ने चिनियाँ अधिकारीले बताएका छन् ।

सीआरसीसीले मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण पनि सबै प्रकारले उपयुक्त हुने दावी गरेको छ ।

आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने भनिएता पनि एक वर्षको अवधि राखेर सम्झौता भएको प्ररम्भिक प्रतिवेदनमा उल्लेख छ ।

सम्झौतामा एक वर्ष उल्लेख गरिएपनि ६ महिनामा अनौपचारिक डीपीआर प्रतिवेदन दिन चिनियाँ कम्पनी तयार रहेको महानगरका अधिकारीहरु दावी गर्छन् ।

प्रारम्भिक प्रतिवेदन अनुसार डीपीआर तयार भएको ३ वर्षपछि मोनोरेल बनाउन सकिने उल्लेख छ । चिनियाँ रेल्वे अधिकारीले भने मनोरेलको डीपीआर सहित निर्माण सम्पन्न गर्न ५ वर्ष समय लाग्ने बताएका छन् ।

प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ‘चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गरिनेछ ।’

सोहीअनुसार मोनोरेलको स्टेशन कोटेश्वर–कलंकी, कलंकी–महाराजगञ्ज, महाराजगञ्ज–कोटेश्वर गरी तीन खण्डमा हुनेछ ।

चक्रपथमा ईपीसीएफ मोडलबाट सञ्चालन हुने भनिएको मोनोरेल २ वा ५ वर्ष सबै प्राविधिक सेवासहित सञ्चालन निर्माण कम्पनीले नै गर्ने प्रस्ताव गरिएको छ ।

सो अवधिमा सीआरसीसीलाई काठमाडौं र ललितपुर महानगरपालिकाले वाषिर्क रुपमा सम्झौता अनुसारको रकम बुझाउनेछन् ।

काठमाडौं महानगरका प्रमुख विद्याशुन्दर शाक्यले स्थानीय तहको चुनावको जित लगत्तै चक्रपथमा मोनोरेल निर्माण गर्ने महत्वकांक्षी योजना अगाडि सारेका थिए ।

उनी निर्वाचित भएको डेढ वर्षपछि मात्रै बल्ल डीपीआर निर्माणको सम्झौता भएको छ ।

...

बुधबार, ४ मसिंर २०७५ 

प्रतिक्रिया

Related