आगामी वैशाखदेखि तातोपानी नाका खुल्ने !

हाल कस्तो हुँदैछ काम ?
निर्माण सञ्चार, काठमाडौं | ०७२ को भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख देखि सञ्चालनमा आउने भएको छ ।

हाल तातोपानी नाका सञ्चालनका लागि सीमा क्षेत्रमा तीव्र गतिमा काम अगाडि बढिरहेको छ । चिनियाँ उच्च स्रोतका अनुसार आउँदो वैशाख १८ बाट नाका सञ्चालन हुन लागेकोे हो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भने ‘ उक्त नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सम्पन्न हुने चिनियाँ ठेकेदारले बताएको छ ।’

अहिले मितेरी पुलको पुनःनिर्माण पनि थालिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि चर्को मारमा परेका छन् ।

चीनले आफ्नोतर्फको सडकलगायत भन्सार पूर्वाधारको निर्माण तीव्र गतिमा काम गरिरहेको । सडक विभागका अधिकारीको दाबी छ ।

चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न सुरु गरेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले जागरुक बनाएको हो ।

...

विहीबार ५ मंसिर, ०७५ 

प्रतिक्रिया

Related