गाँउ कुर्दै महिला, कमाउनकै लागि पुरुष ‘कालापहाड’

महिलाहरुको अगुवाईमा छाउपढि, बालबिवाह र लागूऔषधमुक्त समाज घोषणा
निर्माण सञ्चार, जुम्ला | जुम्लाको कोईरेली गाँउका युवादेखि बृद्धसम्म सबै पुरुषहरु धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाहरुले मात्र गाउँ कुरिरहेका छन् ।

गाँउमा पुरुष नहुँदा कुनै अप्रिय घटना नघटोस् भनेर महिलाहरुले पुरै गाँउको रातदिन रेखदेख गर्न थालेका हुन् । मर्दा मलामि जाने पुरुष हरु पनि छैनन् ।

भत्ता खाने केही बृद्ध समेत भारत गएका छन् ।

अलि शसक्त बुढापाका तथा महिलाकै भरमा मात्रै सिंजा क्षेत्रका गाउँबस्ती छन् ।

गाँउका सबै महिलाहरु दिनमा स्याउला, सोत्तर तथा दाउरा, मेलापात संकलन गर्न वा अन्य कुनै काममा निस्किएको बेला घरमा भएका महिलाहरुले सिंगो गाँउ नै रेखदेख गर्ने गरेको स्थानिय महिला राजी रोकायाले बताईन् ।

‘पुरुषजति कालापहाड गएपछि गाँउ शुन्य छ, कोही मर्दा मलामी र पर्दा पछाडी हिड्ने लोग्नेमान्छे छैन’ उनले भनिन्, ‘जिल्लामा हिंसाका घटना बढिरहेका छन्, यो बेला हाम्रो गाँउमा कुनै अप्रिय घटना नघटोहोस् भनेर हामी गाँउ कुर्न थालेका हौैं ।’

महिलाहरुको अगुवाईमा कोईरेली गाँउ मानव अधिकारमैत्री, छाउपढि, बालबिवाह र मद्यपान, धुम्रपान मुक्त समाज घोषणा भैसकेको छ ।

तर पुरुष लाई भने, कालापहाडकै बाटो तय गर्ने गर्दछन् ।

स्थानीय सरकार आएपछि रोजगार मुलक कार्यक्रम होलान, आफ्नै ठाउँमा कमाउला सोचेका स्थानीयका दुख भने, फेरिएका छैनन् ।

गाउँ नै पुरुषबिहिन

सिंजा गाँउपालिका २ मा पर्ने ५० घरधुरी रहेको यो गाँउ जिल्ला सदरमुकाम भन्दा ४० कोष घण्टा टाढा पर्छ । गरीबी र अशिक्षाका कारण धन कमाउन कालापहाड नै जानुपर्छ, भन्ने यस गाँउका पुरुषहरुमा सोचाई छ ।

झण्डै, ५० घर धुरधुरी रहेको उक्त गाउँबाट साना देखि बृद्धसम्म कालपहाड गएका छन् । गाउ नै पूरष विहिन बनेका छन् ।

गाँउका पुरुषहरुमध्ये एक युवक नेपाल आर्मी छन्, भने अन्य सबै युवा बेरोजगार छन् । मंसिर लागेसँगै उनिहरु फुर्सदको समय धन कमाउन भन्दै कालापहाड निस्किएका हुन् ।

यसरी पुरुषहरु एकमुष्ट कालापहाड निस्केने कोईरेली जिल्लाको प्रतिनिधि गाँउ मात्रै हो, तर सिंजा क्षेत्रका अधिकांश गाँउमा यतिखेर पुरुषको शुन्यता छ ।

सिंजा क्षेत्रसँगै जुम्लाका अधिकांश बेरोजगार पुरुषहरु मंसिरदेखि चैत्र महिनासम्म धन कमाउन कालापहाड जाने गर्दछन् ।

यो समय जुम्लामा घरायासी कामसँगै विकासे गतिविधि पनि खासै नहुने भएकाले यँहाका युवादेखि बृद्धसम्म कालापहाड जान बाध्य छन् ।

हालसम्म जुम्लाबाट के कति पुरुष कालापहाड छिरे भन्ने कसैसँग एकिन तथ्यांक नभएपनि यो समयमा कम्तिमा पनि २० हजार पुरुष कालापहाड छिर्ने गरेको अनुमान छ ।

‘गाँउमा पैसा कमाउने कुनै विकल्प छैन, पैसा नभएर भोको पेट भरीदैन’ कोईरेलीका पदम रोकायाले भने, ‘पुर्खादेखि कालापहाडका दुःख हटेका छैनन्, त्यसैले धन कमाउनकै लागि कालापहाडीन बाध्य छौ ।’

गाँउ गाँउमा आएको सिंहदरबारमा बस्ने सिंहहरु नअघाउन्जेल गरीब दुखिलाई रोजगारी नमिल्ने भन्दै उनले दुखेसो पोखे । स्थानिय पदमकला रोकायाले घरायासी समस्याका कारण बाध्य भएर श्रिमानलाई कालापहाड पठाउनुपरेको बताईन् ।

‘श्रिमानलाई परदेशमा अर्काको भारी बोक्न पठाउने कुनैरहर थिएन, तर गाँउमा पैसा कमाउनलाई सानोतिनो कामपनि पाँइदैन’ उनले भनिन्, ‘गाँउमा खालि बसेर कसरी पाँच जनाको परिवार पाल्नु, त्यसैले श्रिमानलाई कालापहाड पठाएर घर समाल्नुपर्ने पिडा छ ।’

यतिखेर कालापहाड गएका पुरुषहरु फागुन महिना लागेसँगै कृषि खेतिका लागि जिल्ला फर्किन थाल्छन् । जुम्लामा सुख्खा र चिसो मौषमका कारण कार्तिकदेखि फागुन महिनासम्म कृषि खेति हुँदैन ।

व्यवसायीक ऋण खोई ?

जुम्लाका आठै स्थानीय तहले आफ्नै गाउँ ठाउँमा व्यवसायी कृषि गर्नेलाई १० लाख सम्मको निरब्याजी ऋण दिने व्यवस्था गरेका छन् । नीति तथा कार्यक्रम बाट पनि पास गरि सकेका छन् ।

बजेट बिनियोजी गरेर, फ्रिज जाने अर्को तर्फ, वर्षेनि युवाहरु कालापहाड गहिराख्ने, कसरी समृद्धी हुन्छ ।

नागरिक समाजका अध्यक्ष राज बहादुर महतले भने, ‘नाम मात्रको व्यवसायी ऋणले रोजगारी दिएन, कुनै पनि स्थानीय तहले रोजगार सृजनाका विषयमा चासो समेत दिएन ।’

न सिपमुलक कार्यक्रम नत, कुनै रोजगारी सृजना मात्रै जनतालाई आश्वासनका भोका बनाएको युवा लोक बहादुर दमाईले बताए । उनले भने, ‘इच्छा भएकाले ऋण पाएनन्, र प्रक्रिया पनि नबुझ्दा कालापहाड जानुपर्ने बाध्यता टरेको छैन ।’

जुम्लाका आठै स्थानीय तहले व्यवसायीक ऋणको कार्यान्वयनमा जोड दिन सुझाब दिए ।

यता तातोपानी गाउँपालिका अध्यक्षले आफ्नो गाउँपालिकाबाट १० निब्र्याजी ऋणको व्यवस्था गर्दा कोही नआएको बताए ।

आफ्नै ठाउमा इलम गर्ने जोश जागर ल्याउन चेतनामुलक सिपकमुलक कार्यक्रम जोड दिईने उनको भनाई छ ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

मंगलबार, २५ मंसिर २०७५ 

प्रतिक्रिया

Related