प्रविधिसँग जोडियो पर्यटकीय गन्तव्य सिंजा

‘अग्ला डाँडाँपाखामा टावर खोज्दै धाउनुपर्ने दिन गए’
निर्माण सञ्चार, जुम्ला | नेपालको पर्यटकीय गन्तव्यको सुचिमा रहेको एैतिहासिक महत्व बोकेको सिंजा क्षेत्रमा बल्ल ईन्टरनेट तथा टेलिफोन सेवा शुचारु भएको छ ।

स्थानीय सरकार आएको डेढ वर्षमा पुग्न लागिसक्दा बल्ल पर्यटकीय क्षेत्र सिंजामा टुजी सहित ईन्टरनेट तथा टेलिफोन सेवा सुरु भएपछि स्थानीय खुसी भएका छन् ।

वर्षौपछि सिंजा क्षेत्र एक्काईसौ सताब्दीको युग प्रविधिसंग जोडिएको छ ।

पाँच सयलाई प्रथामिकता दिने जनप्रतिनिधिको बाचा अनुसार बल्ल, सिंजा क्षेत्रका नागरिक संचारको पहुँचमा पुगेको स्थानीय शिक्षक जंग बहादुर बुढाले बताए ।

उनले भने, ‘यहाँका सम्भवानाहरुलाई प्रचार प्रशार गर्न निकै कठिन थियो, सिंजा गाउँपालिकाले गएको साताबाट ईन्टरनेट सेवा संचालन गरेपछि निकै सहज भएको छ ।’

विराट राजाको दरबार, पाँच भाई पाण्डव, कनकासुन्दरी लगायत सिंजा सव्यता झल्काउने सम्पदाहरुको प्रचार प्रचारमा राहात भएको शिक्षक बुढाले उल्लेख गरे ।

पहिले फोन गर्दा, अग्ला डाँडाँपाखामा टावर खोज्दै धाउनुपर्ने दिन गएपछि स्थानीय सिहंदरबार घरमा आएको अनुभुति भएको स्थानीय महिलाजडेनी शाहीले बताईन ।

उनका श्रीमान भारतमा काम गर्छन, जहिले फोन गर्दा,कुरै बुझिदै थियो । उनले टेलिफोन सेवा विस्तार भएपछि घरभित्रै बसेर कुराकानी गर्न पाएको उल्लेख गरिन् ।

५ करोड लगानी

भौगोलिक विकटताका हिसाबले सिंजा क्षेत्र विकट मानिन्छ ।

जसका कारण पहिले टेलिकमको सेवा सुचारु हुनसकेको थिए । तर, स्थानीय सरकार आएपछि जनताको समस्या र मागलाई मध्यनजर गर्दै, गाउँपालिकाले पाँच करोड रकम लगानी गरि ईन्टरनेट तथा टेलिफोन सेवा विस्तार गरेको सिंजा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले बताए ।

उनकाअनुसार सिंजा क्षेत्र, पर्यटन गन्तव्यको सुचिमा परेपछि हामी सबैको ध्यान केन्द्रित भएको छ ।

पर्यटन गन्तव्य जस्तो क्षेत्रमा राम्रो टेलिफोन र ईन्टरनेट संचालन गर्नु स्थानीय सरकारको दायित्व भएको अध्यक्ष रावलको भनाई छ ।

एकातर्फ चुनावी बाचा पुरा, अर्कोतर्फ, जनतालाई राहात र प्रविधिसंग चलायमान हुन गाउँपालिकाले पाँच करोड संचारमा लगानी गरी पुर्णता पाएको उनले दाबी गरे ।

लामो समयदेखि सूचना र सञ्चार प्राप्तिका लागि तीव्र प्रतिक्षामा रहेका सिजांवासीको प्रतिक्षा पुरा भएको अध्यक्ष रावलले बताए ।

झण्डै ३० हजार जनसंख्या रहेको सिंजा क्षेत्रमा टुजि सहितको ईन्टरनेट तथा टेलफोन संचालन भएपछि सबै प्रविधिसंग नजिक भएका छन् ।

संचारमा अन्य तहको प्रगती

चुनावी बाचा पुरा गर्ने क्रममा जुम्लाका आठै स्थानीय तहका जनप्रतिनिधिले संचारलाई विशेष प्रथामिकता दिएका छन् ।

प्रतिबद्धताअनुसार गाउँमै टुजी इन्टरनेट सहितको टेलिफोन सेवा पहिलो पटक तिला गाउँपालिकाले गरेको छ । भौगोलिक हिसाबले संचारविहिन भएका नागरिकलाई स्थानीय सरकार आएको एक वर्षमा संचारको पहुँचमा पुराएको गाउँपालिका अध्यक्ष रतननाथ योगीको दाबी छ ।

उनकाअनुसार नेपाल टेलिकमको सहयोग तथा गाउँपालिकाको पहलमा ६ लाख ३० हजारमा सबै काम सम्पन्न भएर टुजी सहित टेलिफोन सेवा सुरु भएको उनले बताए । त्यसैगरी, तातोपानी गाउँपालिकाले लगत्तै, टुजि सहितको नेट र फोन सेवा संचालन गरेको छ ।

साथै, चन्दननाथ नगरपालिकाले पनि बजार क्षेत्रमा फाष्ट निशुल्क ईन्टरनेट जडान प्रक्रियालाई प्रथामिकता दिएको मेयर कान्तिका सेजुवालले बताईन् ।

तर, जुम्लाका पातारासी र गुठिचौर गाउँपालिकामा भने संचारको समस्या विद्यमान नै छ ।

योजना बनाए पनि अझैसम्म, संचार पहुँचबाट विहीन नागरिक छन् । यस विषयमा गाउँपालिकाको ध्यान केन्द्रित भएको पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए ।

उनले यसै वर्ष भित्र गाउँपालिकालाई प्रविधिसंग जोड्न सफल भईने दाबी गरे । गुठिचौरका अध्यक्षले पनि ईन्टरनेट तथा टेलिफोन सेवा विस्तारको तयारी भईरहेको उल्लेख गरे ।

जनप्रतिनिधिले सकिनसकि, विकासका लागि गरेको प्रतिष्प्रधा सरहानीय रहेको नागरिकको भनाई छ ।

स्थानीय सरकारको संचार र सडक विकास विशेष प्रथामिकतामा छन् । 

जुम्लाबाट सागर परियारको रिपोर्ट

....

शुक्रबार, २९ मसिंर २०७५ 

प्रतिक्रिया

Related