नेइए चुनाव: प्रा.डा. बज्रचार्य (पिन)को अग्रता कायमै

४ हजार मत गन्दा २२४ मतले अध्यक्ष सहित पदाधिकारीमा पिनकै वर्चश्व: यस्तो छ हालसम्मको आँकडा
निर्माण सञ्चार, काठमाडौँ | दुई दिनदेखि जारी नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) को मतगणना अन्तिम चरणतिर उन्मुख छ ।

आइतबार राति ८ बजेसम्मको परिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रगतिशील इन्जिनियरहरुको समूह ‘पिन’ को अग्रता अहिलेसम्म नै कायमै छ ।

पिनका तर्फबाट अध्यक्षका उम्मेदवार प्रा डा त्रिरत्न बज्राचार्यले २११९ मत पाउँदा लोकतान्त्रिकका तर्फबाट अध्यक्षका प्रत्यासी इ प्रा हीरेन्द्रमान प्रधानले १८९५ मत प्राप्त गरेका छन् ।
 
१८ सदस्यीय केन्द्रीय पदाधिकारीहरुमा पिन समूहकै उम्मेदवारहरुको वर्चश्व कायमै छ । महासचिव कोषाध्यक्षमा पनि पिन समूहकै उम्मेदवारहरु क्रमशः १ सयदेखि २ सय बढी मतले लिड लिइरहेका छन् ।  
 
यतिबेलासम्म केन्द्र बाहेक बाँकी ६ वटै प्रदेशको मतपरिणाम प्राप्त भइसकेको अवस्था छ । जसमा प्रदेश २, ४ र ६ मा पिनले नै जित हासिल गरेको छ भने प्रदेश ५, ७ र १ मा भने लोकतान्त्रिक समूले मुख्य पदमा विजय हासिल गरेका छन् ।
 
प्रदेश नम्बर ३ मा १२ हजार चानचुन मतदाता रहेकोमा शुक्रबार भएको चुनावमा जम्मा ६ हजार २९९ अर्थात् मात्रै ५२ प्रतिशत मत खसेको थियो । 

देशैभर १७ हजार इन्जिनियरहरु मतदाता रहेका थिए भने मतदानमा प्रदेश नम्बर ३ मा बाहेक अरु प्रदेशमा उत्साहजनक सहभागिता रहेको थियो । 
 
यस्तो छ प्राप्त पछिल्लो परिणामको आँकडा
 
 
 
त्यस्तै, यस अघि...
 

इन्जिनियरिङ क्षेत्रमा देशकै जेठो संगठन नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) को ३२ औं कार्यकारिणी समितिका लागि मंसिर २८ गते भएको चुनावको मतगणना प्रज्ञाप्रतिष्ठान (प्रदेश नम्बर–३ अन्तर्गत भएको) मा जारी छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट प्रगतिशील इन्जिनियरहरुको समूह ‘पिन’ तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूहबीच भएको प्रतिस्पर्धामा हालसम्म बामपन्थीतर्फका अध्यक्ष उम्मेद्वार प्रा.डा त्रिरत्न बज्राचार्य (पिन) समूहले प्रतिस्पर्धी लोकतान्त्रिक समूहलाई पछि पार्दै गएको छ ।

हालसम्मको मतगणनाअनुसार प्रा.डा. बज्राचार्य एघार सय ६३ मत सहित निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका हिरेन्द्रमान प्रधान भन्दा एकसय २९ मत अन्तरले अगाडि छन् ।

महासचिवतर्फबाट पिन समुहबाट इन्जीनियर छविराज पोखरेल एघार सय ८५ मत प्राप्त गरी दुई सय १० मतको अन्तरसहति प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका अभिमन्युलाल सिंहलाई पछि पारिरहेका छन् ।

तेस्तै, कोषाध्यक्षमा पनि पिनकै राम एकवाल यादव हालसम्म हजार ४४ मतले प्रतिद्वन्द्वीलाई पछि पारिरहेका छन् ।

हालसम्मको मतगणनामा पिनले आफ्नो अग्रता कायमै राख्न सकेको छ ।

अहिलेसम्म प्रदेश नं. ३ को मात्रै मतगणनाको अन्तिम परिणाम आउँन बाँकी छ । आज रातिसम्म सबै परिणाम आइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन समतिका अनुसार प्रदेश नं. ३ मा विगतको तुलनामा ५२ प्रतिशत मात्रै मत खसेको छ । सो प्रदेशमा १२ हजार मतदातामध्येमा कुल ६ हजार २ सय मात्रै मत खसेको छ ।

अन्य प्रदेशमा कुन–कुन प्यानलको जित ?

त्यसैगरी, प्रदेश ७ बाट लोकतान्त्रिक समूहले जित हात पारेको छ भने प्रदेश २ बाट पिनसमूहले जित हात पार्न सफल भएको छ ।

प्रदेश ६ र प्रदेश ४ बाट पनि बामपन्थि निकट पिनले नै लोकतान्त्रिक समूहलाई पछि पार्दै जित सुनिश्चि गरेको छ ।

प्रदेश १ बाट भने लोकतान्त्रिक प्यानल विजयी भएको छ ।

यस चुनावबाट नेइएको केन्द्रीय कार्यसमितिमा अध्यक्ष सहित १८ सदस्यीय समितिको निर्वाचन हुनेछ । यस अघि भने केन्द्रीय कार्यसमितिका लागि मात्र १५ जनाको चुनाव हुने गरेको थियो ।

प्रदेशहरुका लागि १५–१५ सदस्यीय समितिको निर्वाचन हुने व्यवस्था छ ।

यस्तो छ हालसम्मको आँकडाः

 

 

...

आइतबार, १ पुष २०७५

राति साँढे ८ बजे अपडेट गरिएको

 

 

 

प्रतिक्रिया

Related