विमानस्थलको निर्माण पुरा नहुँदै हवाई संचालन !

जुम्ला विमानस्थलमा घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या
निर्माण सञ्चार, जुम्ला |  खतरामुक्त बनाउने जुम्ला बिमानस्थलमा झन् खतरा बढ्दै गएको छ । धावनमार्गको स्तोरोन्नती भईरहेका अवस्थामा काम पुरा नहुँदै हवाई सेवा संचालन भएको छ ।

रनवेमा सेतो संकेत गर्ने रेखा पनि हालिएको छैन भने कालोपत्रे गर्ने काम पनि अधुरै छ । तर जुम्ला बिमानस्थलले काम रोकेर बीचमै हवाई सेवा शुरु गरेको छ ।

अन्तिम चरणमा पुगेको बिमानस्थल निर्माण कार्य रोकेर जोखिम मोल्दै, हवाई सेवा संचालन गर्न नहुनेमा स्थानीयले जोड दिएका छन् ।

प्रमुख जोखिम अवतरणका बेला हुने विमानस्थलमा अवतरणका लागि संकेत गर्ने रेखनै रनवेमा हालिएको छैन । हतारमा संचालनमा नल्याई पुर्ण काम सकाएर गर्नुपर्ने नागरिक अगुवा राज बहादुर महतको तर्क छ ।

चिसो समयमा गरिएको कालोपत्रे पनि गुणस्तरी नहुने आशंका गरिएको छ । तर, यता जुम्ला विमानस्थलका प्रमुख कैलाश शर्माका अनुसार बिमानस्थलको मर्मत कार्य अन्तिम चरणमा छ ।

आम नागरिकको समस्यालाई मध्यनजर गर्दै काम रोकेर हवाई सेवा संचालन गरिएको शर्माको भनाई छ । विमानस्थल जीर्ण हुँदै जाँदा निकै खतरा बढेको थियो, मर्मतपछि खतरामुक्त विमानस्थलको दाबी छ ।

थोरै रहेको बाँकी काम छिटै सकाएर नियमित उडानलाई सहज बनाउने योजना रहेको विमानस्थलका प्रमुख कैलाश शर्माले उल्लेख गरे ।

उनले  भने विमानस्थलको स्तरउन्ती प्राविधि स्टमेटमा भएको छ । चिसोमा कालोपत्रे गरिएको छैन ।

उनले थपे ‘दिउँसो घाम लागेको बेलामा मात्रै कालोपत्रे गरिएको हुँदा दिगो नै हुनेछ ।’ कार्तिक ८ देखि मंसिर ८ सम्म मर्मतको कामसक्ने गरी नेपाल नागरिक उड्ययन प्राधिकरणको कार्यालयले सुचना सार्वजनिक गरेको थियो । तर, पनि काम समयमै भएको छैन ।

विमानस्थल मर्मत सकिन लागेको र जोखिम घटेको खबरले स्थानीय उत्साहीत छन् । हवाई सेवा महिना दिन ठप्प हुँदा धुलाम्मे र हिलाम्मे कर्णाली सडकमा जोखिमपुर्ण यात्रा गर्न जुम्लाबासी बाध्य थिए ।

जटिल खालका विरामीलाई निकै समस्या भएको थियो ।

तर, काम रोकेरै भएपनि हवाई संचालन भएपछि सुविधा भएको छ । २०४० सालदेखि अहिले मर्मत हुन नसकेको जुम्ला विमानस्थल बल्ल भएको छ ।

घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो ।

जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाईन्सको जहाजले उडान भर्ने गरेका छन् । स्तरोन्नती लागि भन्दै गत कार्तिक ८ गते देखि विमानस्थल बन्द गरिएको थियो ।

....

जुम्लाबाट सागर परियार

प्रतिक्रिया

Related