नेइए इलेक्सनः पिन समूह विजयोन्मुख

मतगणना सकिएलगत्तै (१ः३०) विजयी जुलुस निकालिने
निर्माण सञ्चार, काठमाडौं | तीन दिनदेखि जारी नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) को मतगणना अन्तिम चरणतिर उन्मुख छ ।

सोमबार मध्यान्ह १२ बजेसम्मको परिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रगतिशील इन्जिनियरहरुको समूह ‘पिन’ को अग्रता अहिलेसम्म नै कायमै छ

हालसम्मको मतगणनाअनुसार पिनका तर्फबाट अध्यक्षका उम्मेदवार प्रा डा त्रिरत्न बज्राचार्य साढे तीनसय मत अन्तरले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका हिरेन्द्रमान प्रधानलाई पछि पारिरहेका छन् ।

महासचिवतर्फ पिन समुहबाट इन्जीनियर छविराज पोखरेल पनि साढे तीन सयकै मत अन्तरसहति प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका अभिमन्युलाल सिंहलाई पछि पारिरहेका छन् ।

तेस्तै, कोषाध्यक्षमा पनि पिनकै राम एकवाल यादव ले भारी मत अन्तरले प्रतिद्वन्द्वीलाई पछि पारिरहेका छन् । १८ सदस्यीय केन्द्रीय पदाधिकारीहरुमा पिन समूहकै उम्मेदवारहरुको वर्चश्व कायमै छ ।

मतगणना लगभग अन्तिम चरणमा पुगिसकेको निर्वाचन समितिले जनाएको छ ।

एक हजार मात्रै मत गणना बाँकी रहेको बताउँदै निर्वाचन समितिले दिउँसो १ बजेसम्म मत ‘काउन्टिङ’ भइसक्ने बतायो ।

मतगणना सम्पन्न भएलगत्तै (१ः३०बजे) विजयी जुलुस निकालिने बताइएको छ । यतिबेलासम्म केन्द्र बाहेक बाँकी ६ वटै प्रदेशको मतपरिणाम प्राप्त भइसकेको अवस्था छ ।

जसमा प्रदेश २, ४ र ६ मा पिनले नै जित हासिल गरेको छ भने प्रदेश ५, ७ र १ मा भने लोकतान्त्रिक समूले मुख्य पदमा विजय हासिल गरेका छन् ।

प्रदेश नम्बर ३ मा १२ हजार चानचुन मतदाता रहेकोमा शुक्रबार भएको चुनावमा जम्मा ६ हजार २९९ अर्थात् मात्रै ५२ प्रतिशत मत खसेको थियो ।

देशैभर १७ हजार इन्जिनियरहरु मतदाता रहेका थिए भने मतदानमा प्रदेश नम्बर ३ मा बाहेक अरु प्रदेशमा उत्साहजनक सहभागिता रहेको थियो ।

...

सोमबार २ पष, ०७५  

प्रतिक्रिया

Related