नेइए इलेक्सनः प्रा.डा बज्राचार्य समूह (पिन) को शानदार जित ! (तस्वीर सहित)

६ वटै प्रदेशको मतपरिणाम प्राप्त, यस्तो छ परिणाम
निर्माण सञ्चार, काठमाडौं | इन्जिनियरिङ क्षेत्रमा देशकै जेठो संगठन नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) को ३२ औं कार्यकारिणी समितिका लागि मंसिर २८ गते भएको चुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट प्रगतिशील इन्जिनियरहरुको समूह ‘पिन’ले शानदार जित हासिल गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूहबीच भएको प्रतिस्पर्धामा बामपन्थीतर्फका अध्यक्ष उम्मेद्वार प्रा.डा त्रिरत्न बज्राचार्य नेतृत्वको (पिन) ले बहुमत सिटमा जित हासिल गरेको हो ।

मतपरिणामको अन्तिम आँकडाअनुसार लोकतान्त्रिक समूहका प्रा हिरेन्द्रमान प्रधानलाई ४१३ मत अन्तरले पराजित गर्दै पिन समूहबाट अध्यक्षमा प्राडा बज्राचार्य निर्वाचित हुन सफल भएका हुन् ।

त्यसैगरी, महासचिवतर्फ पिन समुहबाट इन्जीनियर छविराज पोखरेल चार सय बढी मत हात पारेर विजयी बनेका छन् । 

कोषाध्यक्षमा पनि पिनकै राम एकवाल यादव १४०० बढी मतले विजयी बनेका छन् । यादव नेइए चुनावको इतिहासमै सार्वधिक मत पाउने (म्यान अब दि इलेक्सन) उम्मेदवार बन्न सफल पनि भएका छन् ।  

शुक्रवार प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कार्यकारिणी समितिका १८ पदका लागि भएको निर्वाचनको मतपरिणाम सोमबार साँझ साँढे ५ बजे सार्वजनिक भएको थियो ।

यो सहित प्रदेश नम्बर–३ मा सभापतिमा नन्दलाल बन्जाडे सहित विजयी बनेका छन् । बन्जाडेले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुवाश चन्द्र बराललाई १७८ मतान्तरले पारजित गरेका छन् ।

पदाधिकारी सहित बहुमत सदस्यहरुमा प्रगतिशील प्यानल विजयी भएको पिन तर्फबाट निर्वाचन परिचालन समिति सदस्य इन्जिनियर सञ्जिव रोकाहाले निर्माण संचारलाई जानकारी दिए ।

इन्जिनियर रोकाहाका अनुसार उपाध्यक्षमा आषिश घिमिरे, उपमहासचिवमा कपिल आचार्य, सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठ निर्वाचित भएका छन्।

नेइएको विधान अनुसार केन्द्रीय कार्यकारिणी समितिमा प्रदेशबाट निर्वाचित प्रदेश सभापति सहित २५ सदस्यीय हुने व्यवस्था छ ।
 
चुनावी परिणाम हेर्दा (१८ केन्द्रमा निर्वाचित, ७ प्रदेशबाट) २५ सदस्य रहेको केन्द्रीय कार्यकारिणी समितिमा  प्रगतिशील समूहले पदाधिकारीमा शानदार जित हाता पार्दै १५ सदस्य सिट जितेको छ ।
 
नेपाल इन्जिनियर्स एसोसिएनको ५७ वर्षीय इतिहासमा ३२ औं कार्यकारी समितिसम्म आइपुग्दा लोकतान्त्रिक समूहले २९ पटक जित हासिल गरिसकेको छ । २ वटा कार्यसमितिमा मात्र अध्यक्ष सहित थोरै मात्र पदमा बामपन्थी समूहले जित हासिल गरेका थिए । 

यो जित नेइएको इतिहासमै शानदार र ऐतिहासिक जित भएको अध्यक्ष प्रा डा बज्राचार्यले बताए । 

निर्वाचनमा लोकतान्त्रिक समूहबाट इञ्जिनियर प्रा प्रधानसहित उपाध्यक्षमा डा चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्युलाल सिंह, उपमहासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी र सह कोषाध्यक्षमा इ जानुका थापा चुनावी मैदानमा उत्रिएका थिए ।

यतिबेलासम्म बाँकी ६ वटै प्रदेशको मतपरिणाम प्राप्त भइसकेको छ । जसमा प्रदेश २, ४ र ६ मा पिनले नै जित हासिल गरेको छ भने प्रदेश ५, ७ र १ मा भने लोकतान्त्रिक समूले मुख्य पदमा विजय हासिल गरेका छन् ।

प्रदेश नम्बर ३ मा १२ हजार चानचुन मतदाता रहेकोमा जम्मा ६ हजार २९९ अर्थात् मात्रै ५२ प्रतिशत मत खसेको थियो ।

देशैभर १७ हजार इन्जिनियरहरु मतदाता रहेका थिए भने मतदानमा प्रदेश नम्बर ३ मा बाहेक अरु प्रदेशमा उत्साहजनक सहभागिता रहेको थियो ।

यस्तो छ नेइए चुनावको अन्तिम नतिजा 


 

 

विजयीका तस्वीरहरु

 

...

सोमबार,  २ पुष २०७५ 

प्रतिक्रिया

Related