‘अधिकार कामले नै स्थापित हुन्छ’ भन्ने उषाकला आफ्नी आमाको काजक्रिया आफै गर्दै

पूर्वीय दर्शन र संस्कार पद्दतिहरुमाथि पनि अनुसन्धान गरिरहेकी नेतृ संस्कारमा विभेद नरहेको बताउँछिन्
निर्माण सञ्चार, काठमाडौं । महिलाा अधिकारलाई लिएर वर्तमान संविधान निर्माणमा अन्तिम समयसम्म लडेको ‘छवि’ बनाएकी प्रदेशसभा सांसद उषाकला राईले कपाल मुण्डन गरेर आफ्नी आमाको काजकिरियामा सरिक भएकी छन् ।

पूर्व कानुन मन्त्री तथा सांसद शेरबहादुर तमाङले आफ्नो जीवन सँगिनी समेत रहेकी नेतृ राईले कपाल मुण्डन गरेर आमाको काजक्रिया बसेप्रति गर्व गर्दै भावुक प्रतिक्रिया समेत दिएको कुरा यतिबेला चर्चाको विषय बनेको छ ।

नेतृ राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा निधन भएको थियो । निमोनियाको उपचारका क्रममा ग्रान्डी अस्पतालमा लक्ष्मीको निधन भएको हो ।

आमाको निधनपछि राईले आफैं किरिया बस्ने निर्णय गरेकी हुन् । उषाकला आफ्नो केस मुण्डन गरेर किरियापुत्री बसेकी छन् । उनका दाजुभाइ छैनन् ।

आफन्तले अरुलाई बसाउने वा कोही बसिदिने भने पनि आफ्नी आमाको काजक्रिया आफैं बस्ने उनले निर्णय लिएकी हुन् । 

परिवार स्रोत अनुसार ५ दिनसम्म काठमाडौंमै बस्ने र त्यसपछि जन्मघर खोटाङ जाने योजना छ ।

यसबारे पूर्वकानुनमन्त्री समेत रहेका उषाका श्रीमान् शेरबहादुर तामाङले आमाको किरियापुत्री बस्ने श्रीमतीको निर्णयको उच्च सम्मान गर्दै आफ्नो सामाजिक सञ्जालबाट पत्नी उषाप्रति गर्व व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्-

‘उषजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारका लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिवद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री बसेर समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।’

आधा अंग शिव र आधा पार्वती हरेक पुरुष हरेक नारीनारीमै छ

यतिबेला पूर्वीय संस्कार पद्धतिको समेत शोध लेखनमा लागेकी उषाकला संस्कारहरुले छोरा र छोरीमा विभेद नगरेको तर अभ्यास गराउने विगतका शासकहरुले विभेदको बीज रोपेको बताउँछिन् ।

नेतृ राई गर्भमा सन्तान जन्मने प्रक्रिया सुरु हुँदादेखि नै पुरुष र महिलाका आधा आधा हिस्सा समेटिने वेद उपनिषद्हरुले पनि बताउको वैज्ञानिक विषय रहेका बताउने गर्छिन् ।

शिव र पार्वतीको आधा आधा अंगबारे पनि हरेक पुरुषमा स्त्रीत्व र हरेक स्त्रीमा पुरुषत्वको संयोजन नै जीवन रहेको बताउँछिन् ।

जीवन नै अधिकारी कर्मीका रुपमा बिताइरहेकी उषाकला आफैंमा हरेक विषयमा गम्भीर अध्ययन, अनुसन्धान र व्यवहारमा त्यसको प्रयोग गर्न रुचाउने आफ्नो स्वभावबारे पनि यदाकदा चर्चा गर्ने गर्छिन् ।

संस्कारहरुमा वैज्ञानिकता र जीवनोपयोगिता उनको चासो रहेको देखिन्छ ।

उनको यो कदम यतिबेला धेरैले आफ्नो समुदायभित्र पनि पाठ हुन सक्ने अधिकारकर्मी महिला बताउँछन् । मृतक राईको पार्थिव शरीरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कम्युनिस्ट पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । 

स्वर्गीय राईको अन्त्येष्टि पशुपति आर्यघाटस्थित इलेक्ट्रोनिक शवदाहा गृहअन्तर्गत बुधबार राति भएको थियो ।

अन्त्येष्टि अघिका केही तस्वीर

 

 

 

...

बिहीबार, २६ पुस, ०७५

 

प्रतिक्रिया

Related