गोपाल खड्काले कस्तो दिए बयान ? ‘भ्रष्टाचार’ गरेको कति रकम दिए विप्लव माओवादीलाई ‘दान’ ? किन पाले विप्लवलाई उनले ?

सबै दाम ‘चन्दा’मै भयो त दान ? भने, ‘अमिताको सम्पत्ति पनि मेरै हो’
निर्माण सञ्चार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार अभियोगमा मुद्दा खेपिरहेका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले ‘भ्रष्टाचार’ स्वीकार गरेका छन् ।

तर, उनले आफूले गरेको ‘भ्रष्टाचार’ रकम मध्ये धेरैजसो भूमिगत विप्लवदेखि पत्रकार ऋषि धमलासम्मलाई चन्दा दिएको ‘कन्फेस’ गरेका हुन् ।

उनले आफूले विभिन्न व्यक्तिका नाउँमा १ करोड भन्दा बढी चन्दा नै दिएको स्वीकार गरेका हुन् ।

अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गर्नुभन्दा अगाडि लिएको बयानमा खड्काले विभिन्न व्यक्तिहरूका नाउँमा एक करोडभन्दा बढी चन्दा दिएको दाबी गरेका हुन् ।

अख्तियारलाई दिएको बयानमा खड्काले भनेका छन्, भने आफूले जोडेको सम्पत्ति, लुकाएको सम्पत्ति र आयआर्जनको सम्पूर्ण फेहरिस्त नै पेस गरेका पनि थिए ।

बयानअनुसार सानिमा बैंकमा रहेको खाता नम्बर ००१०००९६३०५१२ बाट अम्बिका चन्दलाई १८ लाख ९९ हजार, हेमन्तप्रकाश ओली सुदर्शनलाई ९ लाख ९९ हजार, प्रकाशराज देवकोटालाई ८ लाख ५० हजार र दीपेन्द्र खड्कालाई ९ लाख चन्दा दिएको’ दाबी

अमिता लामाको नाउँमा रहेको सम्पत्तिबारे उनले स्वीकार गर्दै भने, ‘अमिता लामाको नाउँको सम्पत्ति जोडेको पनि मैले नै हो । त्यो मेरै सम्पत्ति हो ।’

कसलाई कति चन्दा ?

अख्तियारको बयानमा खड्काले आफूले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई सबैभन्दा धेरै सहयोग गरेको खुलासा गरेका हुन् ।

उनको बयानअनुसार सानिमा बैंकमा रहेको खाता नम्बर ००१०००९६३०५१२ बाट अम्बिका चन्दलाई १८ लाख ९९ हजार, हेमन्तप्रकाश ओली सुदर्शनलाई ९ लाख ९९ हजार, प्रकाशराज देवकोटालाई ८ लाख ५० हजार र दीपेन्द्र खड्कालाई ९ लाख चन्दा दिएको’ दाबी गरेका छन् ।

आफ्नो बयानमा पत्रकार ऋषि धमलालाई पनि आफूले चन्दा दिएको स्वीकार गरेका छन् ।

उनले अख्तियारमा दिएको बयान अनुसार पत्रकार धमलालाई विभिन्न कार्यक्रम र प्रचारप्रसारका लागि आफूले चन्दा सहयोग गरेको बताए ।

खड्काले नविल बैंकको १७१००१७५०४८६२ नम्बरको खाताबाट पत्रकार धमलालाई चन्दा दिएको स्पष्ट पारेका हुन् ।

खड्कालाई अख्तियारले गत सोमबार ‘अकूत सम्पत्ति आर्जन गरेको’ अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । खड्कालाई ‘१८ करोड ६६ लाख रुपियाँ बराबर’ अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।

 

 

 

...

शुक्रबार, २७ पुस, ०७५

 

प्रतिक्रिया

Related