देशकै ‘लिडिङ’ कम्पनी ‘कालिका कन्स्ट्रक्सन’ सम्मानितः इनरुवा बसपार्क तोकेभन्दा ७ महिना अघि नै सम्पन्न

समय अगावै सम्पन्न गरौं र बनौं यसरी नै सम्मानित !
निर्माण सञ्चार, काठमाडौं । सम्झौतामा तोकिएभन्दा ७ महिना अगावै निमार्ण सम्पन्न गरेर कालिका कन्स्ट्रक्सन प्रालि सम्मानित भएको छ ।

सुनसरीको इनरुवामा तोकिएको समय भन्दा ७ महिना अगावै बासपार्कको निर्माण कार्य सम्पन्न गरेर कालिका कन्स्ट्रक्सन प्रालि सम्मानित भएको हो ।

नेपालको कन्स्ट्रक्सन इन्डस्ट्रिजकै ‘लिडिङ’ कम्पनीका रुपमा चिनिएको कालिका कन्स्ट्रक्सन प्रालिले पाएको यो सम्मान सायद उसको निर्माण करिअरकै सर्वाधिक महत्त्वपूर्ण र ऐतिहासिक रहेको छ ।

तराईका सदरमुकाम क्षेत्रमा विभिन्न विकास निर्माणका काम गर्ने सरकारको नीति अनुसार स्मार्ट सिटी कार्यक्रममा बसपार्क निमार्ण भएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी बताए ।

इनरुवा बसपार्क र सडक लगायत कालिका कन्ट्रक्सनले बनाएका संरचनाको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए ।

एक विगहा क्षेत्रफलमा एउटा टर्मिनल भवन, प्रतिक्षालय, सवारी मर्मत केन्द्र, रेस्टुरेन्टहरु निर्माण गरिएको छ ।

नेपालको कन्स्ट्रक्सन इन्डस्ट्रिजकै ‘लिडिङ’ कम्पनीका रुपमा चिनिएको कालिका कन्स्ट्रक्सन प्रालिले पाएको यो सम्मान सायद उसको निर्माण करिअरकै सर्वाधिक महत्त्वपूर्ण र ऐतिहासिक रहेको छ

एक विशेष समारोहबीच कालिका कन्ट्रक्सन कम्पनीद्वारा निर्माण गरिएको उक्त बसपार्क र सडक इनरुवा नगरपालिका सुनसरीलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा कालिका कन्ट्रक्सनले तोकिएको समय अगावै संरचना बनाएको भन्दै उच्च सम्मान गरिएको नगरपालिकाले बताएको छ ।

इनरुवा नगरपालिकास्थित विभिन्न सडक, सौर्यबत्ती, नवनिर्मित बसपार्क निर्माण सम्पन्न गरी प्रतिवेदन सहित संघीय आयोजना कार्यान्वयन इकाइ मोरङले इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेको इकाइ आयोजनाका प्रमुख उज्जवल प्रसाईंले पुष्टि गरेका छन् ।

अहिले समयमा काम नसक्ने प्रचलन बढिरहेका बेला कालिकाले समय अगावै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाएपछि सरकारद्वारा कालिका कन्स्ट्रक्सन सम्मानित भएको उनले बताए ।

उक्त निर्माण कम्पनीले बसपार्कको दुई तले टर्मिनल भवन, २ सय ३० ओटा सडक सौर्यबत्ती लगायतका संरचना बनाएर नगरपालिकालाई हस्तान्तरण गरेको प्रसाईंको भनाइ छ ।

उक्त पूर्वाधार निर्माण बसपार्कसहित एक अर्ब २ करोड २५ लाख ३४ हजारको लागतमा निर्माण भाएको स्थानीय अधिकारीहरुको भनाइ छ ।

सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई लगायत जनप्रतिनिधिको उपस्थितिमा बसपार्कको उद्घाटन गरिएको थियो ।

बसपार्क भवन समयानुकुल र प्रविधिमैत्री रुपमा निर्माण भएको कालिकाले जनाएको छ ।

 

सम्मान पछि भवन परिसरमा निर्माण कम्पनीका सदस्यहरु 

___

तस्वीर स्रोतः निकोलस पाण्डे
वरिष्ठ उपाध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ

 

...

शुक्रबार, २७ पुस, ०७५

 

प्रतिक्रिया

Related