सन्राइजको रफ्तारः एकैसाथ ६ वटा प्रादेशिक अफिस, ग्राहकलाई बिमा सेवा पनि

निर्माण सञ्चार, काठमाडौं । सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका ६ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय इटहरी, प्रदेश नं २ को लाहान, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को बुटवल, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को अत्तरियामा आफ्ना प्रादेशिक कार्यालयहरु स्थापना गरेको हो ।

प्रादेशिक कार्यालयहरुले आफ्नो मातहतमा रहेका शाखाहरुको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा, संस्थागत सुशासन, साथै व्यापार विस्तारका कार्यहरु छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्नेछ ।

उक्त प्रादेशिक कार्यालयहरुको सामुहिक समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष श्री मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक श्री ज्योति कुमार बेगानी, संचालक श्री ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका थिए ।

बैंकले १०२ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १०२ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सन्राइजका सदस्यलाई अब बिमा पनि, सन्राइज र गुराँस लाइफ इन्स्योरेन्सबाट बीच यस्तो भयो सम्झौता

यसैबीच गत पुस २३ गते सन्राइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।

सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्रचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री नारायण कुमार भट्टराईले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेर यसको सुरुवात गरेका थिए ।

ग्राहकहरुले सन्राइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंक विश्वस्त छ ।

 

 

...

शुक्रबार, २७ पुस, ०७५

 

प्रतिक्रिया

Related