बढी नियन्त्रणले कसरी ल्याउँछ समृद्धि ? ‘इन्जिन बन्द गरेर जर्किनमा इन्धन बोकाएर सम्भव छ समृद्धि ?’

बहसमा सरकारी समृद्धि र नेपाली अर्थतन्त्र
निर्माण सञ्चार, काठमाडौं । यतिबेला मुलुकको अर्थतन्त्रबारे बहस व्यापक छ । नेपालको अर्थतन्त्रको एउटा धार सरकार प्लस सहकारी अर्काे धार निजी क्षेत्र बनाउने कि नबनाउने भन्ने नै बहसको चुरो बनेको देखिन्छ ।

नेपालमा काँग्रेस नेता डा रामशरण महत नेतृत्वको बहुदलकालीन अर्थतन्त्र मोडेल अझै पनि एकधार (अतिवादी धार) का रुपमा मौजुदा छ भने अर्काेतर्फ नेकपा नेतृत्वको अर्थतन्त्रीय धार, अर्थशास्त्री समेत रहेका डा युवराज खतिवडा नेतृत्वको शास्त्रीय ‘मोडेल’, नेपाली अर्थतन्त्रको बहस हुने बित्तिकै अघि सर्ने ‘टुल्स’ बनेका छन् ।

साम्राज्य चलाएर लुटेर धनी बनेका बेलायती भन्दा एउटा सामान्य कोठा भाडा लिई एउटा ल्यापटप भएको युनिभर्सिटी ड्रपआउट बिलगेटस् कसरी संसरको धनी भए ? भनेर बुझ्न जरुरी छ

अर्थशास्त्रका पिता भनिएका एडमस्मिथदेखि रिकार्डाे र पछिल्ला पुस्तासम्मको शास्त्रीय अर्थशास्त्रवादी चिन्तन चिनियाँ विकास मोडेलमा कहाँ हो कहाँ हराउँछन् भने नेपालले कस्तो बाटो लिनु पर्ला ? आजको चिन्तनको केन्द्र यस्तो बनेको देखिन्छ ।

तर, एउटा दुर्भाग्य के हो भने, समृद्धिको नारा दिने व्यक्ति केपी ओली नै यो सरकारका प्रधानमन्त्री छन्, तर उनको समृद्धिको आयामिक व्याख्या अझै हुन सकेको छैन । भाषणबाजका अतिरिक्त ओली समृद्धिका अर्थतान्त्रिक आयाम के हुने, राजनीतिक आयाम के हुने, सामाजिक, साँस्कृति आदि क्षेत्रगत विश्लेषण गर्ने ब्रेनहरु आजसम्म पनि देख्न सकिएन ।

नेपाल चीन र भारतका बीचमा छ । यसको भौगोलिक अवस्थितिले पनि इकोनोमीको ‘साइज’ निर्धारण गर्ने गरेको यथार्थ छ ।

विगतका सबै इकोनोमिक अभ्यासहरु असफल हुन भन्ने ज्यँुदो उदाहरण भारतसँगको व्यापार घाटा नै हो । नेपालको उत्पादकत्व लगभग ‘जिरो’ अवस्थामा हुनु झनै दुर्भाग्यको कडी हो ।

महत अर्थतन्त्रको मोडेल फेल खाएपछि पनि त्यस्तै शास्त्रीय मोडेल, भन्ने अहिलेको चिन्ताको विषय देखिन्छ । नयाँ नेपालको समृद्धिको नारा दिने नेताले ‘ओलीनोमिक्स’ जन्माउलान् कि भन्ने अपेक्षा तुषारापात भएको निजी क्षेत्रको बुझाइ छ

चीनले एकै पटक ‘इक्विटी’ र ‘इक्वालिटी’ एप्लाइ गरेर गाउँ र सहर जोड्न सक्यो जसले अर्थतन्त्रलाई यसरी उठायो कि विश्व नै निल्ला जसरी ‘ड्रागन इकोनोमी’का रुपमा यतिबेला जबरजस्त खडा छ ।

त्यस्तै, ‘बिग डेमोक्रेसी’ ठान्ने भारतको इकोनोमीले कतै फुलेको आकार देखाए पनि चिनियाँ जस्तो ‘फिट’ साइज नलिएको अर्थशास्त्रीहरु तर्क गर्छन् ।

उसको गाउँ के खाउँ के लाउँमा रुँदै छ अझै । सहरमा पनि समान वितरण छैन अवसर र रोजीरोटीको ।

नेपालको टाक्सिएको अर्थतन्त्रले भने सम्भावना बोकेको निजी क्षेत्रलाई बुख्याँचा जस्तै तर्साउने र घाँटी अचेट्न पो थालेको हो कि भन्ने बुझाइ यो सरकारको वर्षदिन नबित्दै जबरजस्त उठ्तै छ ।

अब अमेरिकी ‘इको–नोमी’ मोडेल लगभग बहसबाट रिङ–आउट हुन थालेको छ ।

महत अर्थतन्त्रको मोडेल फेल खाएपछि पनि त्यस्तै शास्त्रीय मोडेल, भन्ने अहिलेको चिन्ताको विषय देखिन्छ । नयाँ नेपालको समृद्धिको नारा दिने नेताले ‘ओलीनोमिक्स’ जन्माउलान् कि भन्ने अपेक्षा तुषारापात भएको निजी क्षेत्रको बुझाइ छ ।

नेपालमा राज्यनियन्त्रित अर्थतन्त्र पञ्चायतकालमै घुँडा टेकिसकेको थियो ।

यी दुवै ‘अतिवादी’ भन्दा समृद्धिका लागि फरक मोडेलबारे चिन्तन गर्ने एक अर्थशास्त्री हुन् उद्यमी तेजबहादुर ढकाल । उनले न ‘ट्रिकल डाउन’ मोडेलको ‘जिडिपी’ मा देखाउने अंकको कुरा गर्छन्, न राजश्व थुपारेर ढुकुटी जमाउने ।

पुँजीको ‘ग्रोथ’ को सूत्र के हो उनको दिमागले फुत्त फुत्त फाल्ने गरेको छ । तर ती फुत्केका थेउरीहरु, पौराणिक पात्र कुबेरले जसरी तोरीका दाना जस्तै टिपेर समृद्धि गर्ने कसरी हो भन्नेबारे अझै गहिरो ‘इन्टिग्रेटेड अप्रोच’ (पुस्तकाकार थिम) भने अझै आउन सकेको छैन । तैपनि, उनको दिमागी चलायमानता नेपालको इमोनोमी ग्रोथको कडी बन्न सक्ने देखिन्छ ।

अर्थतन्त्रका ३ पक्ष (सरकारी, निजी र सहकारी) मा जम्मा हुने श्रम, शक्ति र पुँजीको गतिशीलताबारे आउने दिनमा उनले थप ‘थिम’ लेराउलान् नै, तर सरकारकै नजिक रहेर सरकार चलिरहेको अहिलेको अर्थतन्त्रबारे उनको टिप्पणी यहाँ प्रस्तुत गरिएको छ ।

हेरौं ‘इन्जिन बन्द गरेर जर्किनमा इन्धन बोकेर समृद्धि कसरी सम्भव छ ? सरकार भन्ने उनको तर्क जस्ताको तस्तैः

ढकाल भन्छन्— मैले सुरुदेखि नै उठाउँदै आएको सरोकार वा मुद्दा भनेको अधिक नियमनले हम्रो अर्थतन्त्र वृद्धिमा नै नगई संकुचनमा जाने खतरा हुन्छ भन्ने नै हो ।

हामी अहिले समृद्धिको अभियानमा छौं ।

एकातिर पहिले नै प्रतिबद्धता भइसकेको लगानी आइरहेको छैन । तर, सरकार भने अर्काे लगानी सम्मेलनको तयारी गरिरहेको देखिन्छ । यो खबरले देशमा वैदेशिक लगानीको वातावरण छैन भन्ने नै देखाएको छ

देशभित्रै रोजगारीको सृजना गरी अर्थतन्तरमा दोहोरो अंकको वृद्धि गर्न व्यापक लगानीको जरूरत छ । आन्तरिक स्रोतले मात्र पुग्दैन । प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नु जरूरी छ ।

एकातिर पहिले नै प्रतिबद्धता भइसकेको लगानी आइरहेको छैन । तर, सरकार भने अर्काे लगानी सम्मेलनको तयारी गरिरहेको देखिन्छ ।

यो खबरले देशमा वैदेशिक लगानीको वातावरण छैन भन्ने नै देखाएको छ ।

लगानी सुरक्षित हुने प्रत्याभूति नभई पैसा भएको मान्छे बैंकमा राखी बरु ब्याज खाने छ न कि जोखिम मोलेर लागनी गर्न तम्सन्छ ।

पहिला को के थियो कसरी कमायो भनी निदहराम हुनु भन्दा पनि संसारमा कुनै बेला विश्व विजेता बनेको वर्तमान बेलायत, साम्राज्य चलाएर लुटेर धनी बनेका बेलायती भन्दा एउटा सामान्य कोठा भाडा लिई एउटा ल्यापटप भएको युनिभर्सिटी ड्रपआउट बिलगेटस् कसरी संसरको धनी भए ? भनेर बुझ्न जरुरी छ ।

यसतर्फ सकारात्मक सोच लिएर अघि बढौं । निजी क्षेत्रलाई नियन्त्रण गर्ने सरकारी सोच सच्चिएन भने अर्थतन्त्र खुम्चिने खतरा कसैले टार्न सक्तैन ।

यदि बिलगेटस् नेपालमा थिए भने हतोत्साही भई बीचैमा काम छाडेर निराश हुने थिए होलान्, यहाँ बिलगेटस् जन्माउने वातावरण छ ?

तर, सरकारी शैली हेर्दा टिप्पणी नगरी सुखै छैन कि, ‘इन्जिन बन्द गरेर जर्किनमा इन्धन भर्न तिर लागेझै लाग्छ । यसरी जर्किनमा इन्धन बोकेर समृद्धिको यात्रा पुरा हुन्छ त ? सम्बन्धित सबैलाई चेतना भया 

सरकारले निजी क्षेत्रलाई हेर्ने भित्री सोचमा परिवर्तन गर्नु जरूरी छ । हामी अहिले राष्ट्रिय पुँजी निर्माणको चरणमा छौं ।

निजी क्षेत्र भनेको अर्थतन्त्रको इन्जिन हो भन्ने कुरा सामान्य अर्थशास्त्रको विद्यार्थीलाई राम्रै ज्ञान छ ।

तर, सरकारी शैली हेर्दा टिप्पणी नगरी सुखै छैन कि, ‘इन्जिन बन्द गरेर जर्किनमा इन्धन भर्न तिर लागेझै लाग्छ । यसरी जर्किनमा इन्धन बोकेर समृद्धिको यात्रा पुरा हुन्छ त ?

सम्बन्धित सबैलाई चेतना भया !

 

 

(उनले आफ्नो सामाजिक सञ्जालमा यसरी व्यक्त गरेका छन्)

 

 

...

शनिबार, २८ पुस, ०७५

 

प्रतिक्रिया

Related