न्युखिम्ती–बारबिसे प्रसारण लाइनबाट ४३ करोड जमानत जफत, तोडियो चिनियाँ कम्पनीसँग ठेक्का

तामकोसी–काठमाडौं ४ सय केभी प्रसारण लाइन अन्तर्गत पहिलो खण्डमा रहेको उक्त आयोजना तोडिएको
निर्माण सञ्चार, काठमाडौं । चिनियाँ निर्माण कम्पनीले काम नगरेपछि नेपाल विद्युत् प्राधिकरणले न्युखिम्ती–बाह«बिसे प्रसारण लाइनबाट उक्त कम्पनीलाई हटाएको छ ।

४३ करोड जमानत समेत जफत गर्दै प्राधिकरणले चिनियाँ कम्पनीसँग सम्झौता तोडेको हो ।

तामकोसी-काठमाडौं ४ सय केभी प्रसारण लाइन आयोजना अन्तर्गतको पहिलो खण्ड अन्तर्गत रहेको उक्त प्रसारण लाइनको ठेक्का प्राधिकरणले तोडेको पुष्टि गरेको हो ।

रणनीतिक महत्त्वको उक्त प्रसारण लाइन निर्माणमा चिनियाँ कम्पनीले न्यूनतम काम पनि पूरा नगरेपछि उसको ठेक्का तोडिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार ठेक्का सम्झौता भएको मितिले ७४ प्रतिशत समय सकिदा पनि ८ प्रतिशत मात्रै काम भएको देखिएको छ ।

यस अघि सम्झौता अुनसार समयमै काम गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पटक पटक सचेत गराउँदै आएका थिए ।

ठेक्का तोडिनेमा चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँगको तामाकोसी(काठमाडौं प्रसारण लाइनअन्तर्गत पर्ने न्युखिम्ती(बाह्रबिसे खण्डको ठेक्का तोडिएको हो ।

जमानत जफत !

नेपालमा जमानत जफत हुने कम्पनीमा चिनियाँ कम्पनीहरु परेका छन् । सम्झौता अनुसार प्राधिकरणले निर्माण कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत जमानत रकम जफत गरेको छ ।

उक्त कम्पनीले अग्रिम भुक्तानीका लागि डिपोजिट गरेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपियाँ (कार्यसम्पादन बापतको जमानत) बैंक जमानत पनि जफत भएको आयोजना प्रमुख नवराज ओझाले बताएका हुन् ।

सम्झौता कहिले ?

यस अघि ११ असोज २०७३ मा प्राधिकरणले उक्त कम्पनीसँग १२ जेठ ०७६मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

जस अन्तर्गत १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर सहित ६१ करोड ६७ लाख ३६ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

आयोजनाले ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिंदा पनि ८ प्रतिशत मात्रै भौतिक प्रगति गरेको, काम गर्न पटक-पटक दिइएको निर्देशन अटेर गरेको भन्दै रणनीतिक महत्वको प्रसारण लाइन निर्माण अलपत्र पर्न सक्ने भएपछि ठेक्का टोडिएको बताइएको छ ।

आयोजना प्रमुख ओझाका अनुसार ‘काम गर्न पटक पटक गरिएको ताकेता र चेतावनी समेत चिनियाँ कम्पनीले सुनेन ।

त्यतिमात्र हैन, ठेक्का सम्झौतामा उल्लेख गरिएको समय तालिका परिवर्तन गर्न मात्रै सो कम्पनी लागि पर्ने मात्रै काम भयो । विभिन्न बहानाबाजीमा ठेक्का ओगटी राख्ने तर काम नगर्ने प्रवृत्ति देखिएपछि उसको नियत नै बाङ्गो देखियो । त्यसैले सम्झौता तोडिएको हो ।’

सम्झौता अनुसार चिनियाँ कम्पनीले सम्झौतामा उल्लेख भएको समय तालिकासहित निर्दिष्ट टावरको डिजाइन, ड्रोइङ, जग हाल्ने र जडान गर्ने, कन्स्ट्रक्टर, इन्सुलेटर जस्ता उपकरणको उत्पादन, आपूर्ति तथा जडान जस्ता काम गरिसक्नु पर्ने थियो । तर भएन ।

नयाँ टेन्डर नै आह्वान

प्राधिकरणले ठेक्का तोडेलगत्तै नयाँ निर्माण कम्पनी छनोटका लागि नयाँ टेन्डर नै आह्वान गरिसकेको छ ।

केही दिन अघि ठेक्का तोडेको प्राधिकरणले नयाँ ठेक्काको लागि टेन्डर प्रक्रिया नै अघि बढाएको आयोजनाको भनाइ छ ।

आयोजना प्रमुख ओझाले दिएको जानकारी अनुसार आगामी मे भित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको ८ सय २० दिनभित्रमा निर्माण सक्ने लक्ष्य राखेर नयाँ टेन्डर नै कल गरिएको हो ।

यस आयोजनाका लागि लाग्ने रकममा दुई पक्ष रहेका छन् । नेपाल सरकार र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा यो आयोजना निर्माण हुने छ ।

सबस्टेसनको काम पनि भएन राम्रो

उक्त चिनियाँ कम्पनीले सिन्धुपाल्चोको बाह्रबिसे स्थित निर्माणाधीन २२०र१३२ केभी सबस्टेसन निर्मााण्को ठेक्का पाएको थियो । यसको ठेक्का भने तोडिएको छैन ।

तर, काम पनि चितबुझ्दो नभएको आयोजनाले जनाएको छ ।

प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माण गर्न भनी २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार निर्माण कार्य २४ फेब्रुअरी २०२०मा सक्ने उल्लेख छ ।

 

 

...

आइतबार १५ पुस, ०७५

 

प्रतिक्रिया

Related