मीठो स्वरका धनी हेम सुवेदीको आउँदै छ एफ.एम– ‘आहा’ !

चैतको पहिलो हप्ताबाट परीक्षण प्रसारणको तयारी
निर्माण सञ्चार, काठमाडौं । रेडियो प्रसारण जगत्मा हेम सुवेदी एउटा ‘ब्रान्ड’ नेम हो । जोकोही उनको ‘मीठो’ स्वरबारे अपरिचित छैनन् ।

कान्तिपुर एफएमबाटै ‘ब्रान्ड’ बनेका हेम यतिबेला के गर्दैछन्, सबैको चासो हुन सक्छ । विशेष गरी उनका फ्यानहरुको ।

विशेष गरी, हेम सुवेदीको कार्यक्रम कहिले आउला भनेर औला भाँच्नेदेखि उनको कार्यक्रम सुन्न ‘मिस’ गरेकोमा दुखित हुनेहरुका लागि अब खुसीको खबर छ, उनी आफैंले एफएम सञ्चालन गर्दै छन् ।

स्वर कलाका उत्कृष्ट पारखीहरुका लागि हेम ‘हेममय’ अर्थात् स्वर्णमय नै छन् । एउटा सिंगो अजेय अध्यायकै रुपमा यो क्षेत्रमा उनी जमेका व्यक्ति पनि हुन् ।

मेगाहर्ज ९३.८ भएको एफएमको अन्तिम तयारी भइरहेको पत्नी आकृतीले निर्माण सञ्चारलाई बताइन् । उनका अनुसार बुम मिडिया प्रा.लि.ले आउने चैतको पहिलो हप्ताबाटै ‘हा’ एफएमको परीक्षण प्रसारणको तयारी गरिरहेको हो ।

काठमाडौंस्थित डिल्लीबजारबाट सञ्चालन हुने उक्त एफएम कमर्सियल नै रहने छ भने एफएम उपत्यका बाहिर पनि २१ भन्दा बढी जिल्लामा सहजै सुन्न सकिने छ ।

‘सञ्चार जगत् भएकाले समाचार दिने त भइ नै हाल्छ,’ आकृतिले भनिन्, ‘हेम सुवेदीले सञ्चालन गर्ने भनेपछि त्यसले इन्टरटेन्मेन्टलाई छुटाउने त कुरै भएन ।’

आजको आइटीको युग, हेम सुवेदी जतिको व्यक्तित्व, उनले आफ्नो एफएमलाई सामाजिक सञ्जालदेखि अनलाइन माध्यममा पनि लैजाने गरी तयारी गरिरहेको स्रोत बताउँछ ।

 

तस्वीर स्रोतः हेम सुवेदीको सामाजिक सञ्जालबाट

 

...

शनिबार, २१ पुस, ०७५

 

प्रतिक्रिया

Related