सौहार्द्रता यस्तो होस्ः नेइएको कार्यभार हस्तान्तरण, अध्यक्ष सहितले गरे पदभार ग्रहण

सिक्टा सिँचाइ आयोजनाबारे अध्ययन गर्ने भनेको हैन नेइए, कहिले गर्ने अध्ययन ?
निर्माण सञ्चार, काठमाडौं । नेपाल इन्जिनियर्स असोसिएसनमा प्रा डा त्रिरत्न बज्राचार्य सहितको निर्वाचित नयाँ कार्यकारिणी समितिले पदभार ग्रहण गरेको छ ।

नेइए भवनमा शनिबार दिउँसो आयोजित विशेष समारोहमा निवर्तमान अध्यक्ष हरेराम श्रेष्ठ तथा महासचिव उमेश थानीले निर्वाचित अध्यक्ष प्रा डा बज्राचार्य र महासचिव इन्जिनियर छविराज पोखरेल सहितको टोलीलाई अँगालो हालेर कार्यभार सुम्पिएको हो ।

नेइए भवनमा देखिएको दृष्य हेर्दा पेसागत इन्जिनियरहरु एकअर्काेमा हार्दिक र फराकिलो छन् भन्ने सन्देश छाड्न यो शैली सफल भएको छ ।

आफ्नो समुदायमाथि आइपरेको समस्याबारे उसले लिने कदमले नै उसको पेसागत भविष्यमाथि आइपर्न सक्ने नयाँ समस्याबारे जुद्धने कानुनी बाटो नै खुल्ने हुनाले यो घटना यो क्षेत्रका लागि दूरगामी महत्त्वको विषय बनेर खडा भएको छ

नेइएको नयाँ कार्यसमितिका लागि गत मंसिर २८ गते निर्वाचन भएको थियो ।

निर्वाचनले लोकतान्त्रिक समूहबाट प्रा.इ. हीरेन्द्रमान प्रधानको नेतृत्वको समूहलाई पराजित गर्दै प्रगतिशील समूह प्रा डा बज्राचार्य नेतृत्वको समूहले जित हासिल गरेको थियो ।

नेइएको इतिहासमा प्रगतिशील समूहको प्यानलै विजयी भएको यो नयाँ इतिहास हो ।

सिक्टा सिँचाइ आयोजनाबारे कहिले गर्ने हो अध्ययन ?

चुनाव पछि पदभार ग्रहणमा ढिलाइ गरेको (लगभग १ महिना) नेइएका सामू रहेको नयाँ युगका नयाँ चुनौतीबारे नयाँ नेतृत्वले गरिहाल्नु पर्ने निर्णयहरु भने महिनौंदेखि पर्खिबसेका छन् ।

आजदेखि प्रा डा बज्राचार्यले पदभार ग्रहण गरेका छन् । अब के कसरी अघि बढ्छन् भन्ने चासो आम इन्जिनियर समुदायको रहेको इन्जिनियरहरुको प्रतिक्रिया छ

यस अघि सिक्टा सिँचाइ आयोजनालाई लिएर अख्तियारले २१ बढी इन्जिनियरहरुलाई इतिहासमै पहिलो पटक ‘दाग’ दर्ज गर्दै ‘भ्रष्टाचार’ आरोपमा मुद्दा चलाएको अवस्था छ ।

यस अघिको नेइए नेतृत्वले यसमाथि विज्ञहरुको समूह बनाई तुरुन्तै अध्ययन गरी वस्तुतथ्य सार्वजनिक गर्ने भनेको थियो ।

स्केफ तथा नेइए अध्यक्षहरु क्रमशः राजेश थापा र हरेराम श्रेष्ठद्वारा जारी विज्ञप्तिले इन्जिनियरहरुको मान मर्दन गरेको महसुस गर्दै अख्तियारको यस कदमले इन्जिनियरिङ क्षेत्रको मनोवल गिराएको र आउने दिनमा पनि पेसागत इन्जिनियरहरुको सात्तो लिने काम गरेको प्रतिक्रिया दिएका थिए ।

सो मुद्दालाई ‘प्राविधिक पक्षमाथि अख्तियारले समेत ‘हचुवाका भरको कदम’ चाल्न नमिल्ने भन्दै समृद्धिको सपना बोकेको सरकारले प्राविधिक पक्षबारे पनि गम्भीर चरित्र प्रस्तुत गर्न अपिल गरेका थिए ।

नेपाल निर्माण व्यवसायी महासंघले पनि सोही अनुरुप विज्ञप्ति जारी गरेको थियो । तर, यसबारे नेइए नवनिर्वाचित पदाधिकारी भने लगभग बेखबर जस्तै देखिएका छन् ।

आजदेखि प्रा डा बज्राचार्यले पदभार ग्रहण गरेका छन् । अब के कसरी अघि बढ्छन् भन्ने चासो आम इन्जिनियर समुदायको रहेको इन्जिनियरहरुको प्रतिक्रिया छ ।

सत्तारुढ दल निकट पिन समूहबाट नेइएमा प्रतिनिधित्व गरेका हिसाबले सरकारपरस्त हुने कि पेसागत इन्जिनियरहरुको गिरेको शाख पनि माथि उठाउने भन्ने प्रश्न यतिबेला नवनिर्वाचित नेइए पदाधिकारी सामू छ ।

अख्तियारको सो कदमबारे विज्ञहरु, अन्तर्राष्ट्रिय अध्ययन टोली र नेपालको संसदीय समितिले समेत ‘नितान्त प्राविधिक तथा माटोजन्य समस्या’ भएको बताइसकेको अवस्था छ ।

सत्तारुढ दल निकट पिन समूहबाट नेइएमा प्रतिनिधित्व गरेका हिसाबले सरकार परस्त हुने कि पेसागत इन्जिनियरहरुको गिरेको शाख पनि माथि उठाउने भन्ने प्रश्न यतिबेला नवनिर्वाचित नेइए पदाधिकारी सामू छ 

तर, यस मुद्दामा स्केफ र नेइए जस्तो इन्जिनियरिङ क्षेत्रको छाता–साझा संस्थाहरुले चितबुझ्दो कदम चाल्न नसकेको भन्दै सामाजिक सञ्जालहरुबाटै पनि पेसागत इन्जिनियरहरुले आक्रोश पोखिरहेको देखिन्छ ।

यता, अख्तियारले दर्ज गरेको ‘भ्रष्टाचार’ मुद्दाले भने सार्वजनिक खरिद ऐन तथा मौजुदा नेपालको कुनै पनि कानुनी परिभाषा भित्र आफूलाई टेकाउन नसकेको अन्तर्राष्ट्रिय आर्बिट्रेसन विद्हरुको भनाइ छ ।

यस मुद्दामा सरकार भने मौनता साँध्दै ‘देखाइदिने’ मानसिकताबाट अघि बढ्न चाहेको आलोचकहरुको आरोप छ ।

यस मुद्दालाई लिएर पेसागत निजी क्षेत्रहरुले ‘क्याबिनेट निकटस्थहरुको मनोगत सूचना र व्यक्तिगत ‘वायस्ड’का आधारमा प्रेरित’ भई अख्तियार जस्तो निकायले आफूलाई सस्तो रुपमा परिचालित गरेको’ आरोप लगाएका छन् ।

यसले मुलुुक बनाउने इन्जिनियरहरुको मनोदशामै नकारात्मक प्रभाव पारेको सुरुदेखि नै आलोचना हुँदै आएको छ । यस प्रति स्केफ र नेइएले चाल्ने कदमको प्रतिक्षामा इन्जिनियरिङ क्षेत्र बसिरहेको उनीहरुको बुझाइ छ ।

इन्जिनियरिङ क्षेत्रका लागि यो मुद्दा ऐतिहासिक अवसर र चुनौती दुइटै हो ।

आफ्नो समुदायमाथि आइपरेको समस्याबारे उसले लिने कदमले नै उसको पेसागत भविष्यमाथि आइपर्न सक्ने नयाँ समस्याबारे जुद्धने कानुनी बाटो नै खुल्ने हुनाले यो घटना यो क्षेत्रका लागि दूरगामी महत्त्वको विषय बनेर खडा भएको छ ।

पढ़ौ यो पनि 


 

टिप्पणी

सरकारको वा पेसागत मर्यादाको बचाउ भन्ने कुरामा यतिबेला स्केफ र नेइए जस्ता पेसागत संस्थाहरु दोसाँधमा उभिएका छन् ।

यहाँ पेसागत त्रुटी गर्नेलाई उन्मुक्तिको कुरा गर्न खोजिएको हैन, दोषभागी सजायको भागिदार पनि रहन्छ, तर, कुरा के हैन भने, आफ्नो समुदायको टाउको माथि मडारिरहेको कालो बादलबारे यी पेसागत भनिने संस्थाहरुले सोही अनुसारको आवाज र न्यायको नेतृत्व गर्छन् कि गर्दैनन् भन्ने मात्र आमचासोको विषय हो ।
...
यस मुद्दामा नेइए र स्केफ जस्ता पेसागत पुराना–पाका उच्च छवि भएका संस्थाले आफ्नो नेतृत्व कौशलता कस्तो देखाउँछन् भन्ने परीक्षा सुरु भएको स्पष्टै देखिन्छ । 

यस्ता मुद्दामा आफ्नो पेसागत समूहको न्याय वा अन्यायको छिनोफानोमा यिनले देखाउने लिडरसिपले मात्रै यस्ता संस्थाहरुको समूहगत हित र अस्तित्व रक्षा हुन सक्नेमा कुनै दुई मत छैन । 

नत्र भने यस्ता संस्थाले पनि आफ्नो औचित्य र शाख आफ्नै समुदायबाटै गुमाउँदै जाने सम्भावनाको  शिकार नबन्ला भन्न  पनि  सकिन्न ।  
 
वर्तमान चुनौतीपूर्ण हुनु समस्या होइन अवसर पनि हो भन्ने पाठ इन्जिनियरिङ जस्तो चुनौतीसँग नै जुध्न सिकेको क्षेत्रले पक्कै पनि सिकेकै हुन्छ । नेतृत्वले कस्तो कदम चाल्छ भन्ने सवालको जवाफको प्रतीक्षा गर्नुबाहेक अहिलेलाई विकल्प छैन !

 

 

___

निर्माण सञ्चारका लागि फोटोग्राफर मनराज सिंखडाद्वारा खिचिएका तस्वीर तथा निर्माण सञ्चार डेस्कको समाचार टिप्पणी 

आइतबार, २२ पुस, ०७५ मध्याह्न २ बजे पुनः अपडेट गरिएको 

 

...

शनिबार, २१ पुस, ०७५

 

प्रतिक्रिया

Related