कर्णाली प्रदेशमा शैक्षिक प्रगतिः दुर्गमका १५ विद्यालय ‘नमूना’ घोषणाको अभियान

निर्माण सञ्चार, कर्णाली प्रदेश । प्रदेश सरकारले तीन वर्षमा कर्णाली लाई साक्षर घोषणा गर्ने नीति लिएको छ । जस अनुसार पहिलो चरणमा २४ विद्यालय लाई डिजिटल घोषणा समेत गरेको छ ।

जसमा जुम्लाका चन्दननाथ तथा जनता मावि विद्यालय परेका थिए । भने, भर्खर प्रदेश सरकारले सार्वजानिक गरेको एक तथ्यांकमा पनि जनता मावि र चन्दननाथ मावि नमुना विद्यालयमा परेका छन् ।

प्रदेश सरकारले लिएको शिक्षा नीति कर्णालीका दुर्गम विद्यालय लाई छुन सकेको छैन् । सदरमुकाम भन्दा गाउँका विद्यालय, आर्थिक भौतिक तथा शैक्षिक हिसाबले कम छैनन् ।

तर पनि नमुना छनौट, डिजिटल घोषणा सबै सदरमुकाका विद्यालय हुँदा शिक्षा क्षेत्रमा विकेन्दीकृत प्रणाली कायम भएको स्थानीय गुनासो छ ।

ग्रामिण क्षेत्रका विद्यालयहरु पनि नमुना घोषणा गर्न, तथा आबश्यक सहयोग गर्न, स्थानीय माग गरिरहेका थिए ।

यस्तै माग तथा आबश्यकता लाई मध्यनजर गर्दै, किर्डाक नेपालले जुम्लाका १५ जिद्यालय लाई नमुना बनाउने अभियान चलाएको छ ।

कर्णालीमा विगत डेढ दशक देखि सामाजिक क्षेत्रमा काम गर्दै आएको किर्डाक नेपालले सरकारको नजर पुग्न नसेका, दुर्गमका विद्यालय लाई नमुना बनाउन शिक्षा परियोजना लागु गरेको छ ।

जुम्लाका १५ वटा विद्यालयमा शिक्षा परियोजना मार्फत, नमुना विद्यालयका सुचक, अबधारण, अनुगमन गर्ने विधि गुणस्तर शिक्षा, लगायतका विषयमा सिकाउने गरिएको शिक्षा परियोजना की, पुष्पा खत्रीले बताईन ।

उनले भनिन, शिक्षा परियोजानले १५ विद्यालय नमुना बनाउन अभिभावक, शिक्षक तथा विभिन्न सरोकारवाला संग छलफल र बहस गर्छ ।

नागरिक कर्तव्य तथा अधिकार, नमुना विद्यालयका सुचक पुरा गर्ने विषयमा परियोजना केन्द्रित भएर अघि बढिरहेको उनले बताईन ।

तातोपानी गाउँपालिकाका, भवानी, आधारभुत, सुन्दरमणि प्रावि, कालिका प्रा.वी र हिमाली, तिला गाउँपालिकाको, नाभिडाँडा लगायत १५ विद्यालय लाई नमुना बनाउने अभियान चलाएका छौ ।

अभिभावक तथा सरोकारवालाको सहयोगम अभियान सफल हुने उनको विश्वास छ ।

स्वयम अभिभावक बाटै विद्यालय नमुना बनाउने तयारी अनुसार, अनुगमनका मापदण्ड, सामुदायिक बेलाको मापदण्ड, शिक्षा नीतिको जानकारी, स्कोर बैठक लगायत विभिन्न विषयमा छलफल तथा पैवरी निरन्तर गरिरहेको सुनाईन ।

स्थानीयको प्रतिबद्धता

भवानी आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर बुढाले आफ्नो विद्यालय लाई नमुना बनाउन डटेर लाग्ने प्रतिबद्धता गरे ।

उनले भने, विद्यालय स्थापना काल देखि अहिले सम्म अभावका बीच पनि नमुना बनाउने प्रयास गरेका हौ । तर सम्भव भएर अहिले शिक्षा परियोजनाले निकै राहात भएको छ ।

नमुना विद्यालय घोषणाका लागि आर्थिक, भौतिक, नैतिक तथा शैक्षिक सहयोग पाइएको छ । अब केहि समयमा विद्यालय नमुना घोषणा गर्छौ ।

स्थानीय रण बुढाले, विद्यालय प्रति अभिभावकको नजर सकरात्मक हुनु पर्ने बताए ।

विद्यालयमा दैनिक अनुगमन देखि, हरेक पक्षका विषयमा रचनात्मक सुझाब दिएर विद्यालय नमुना बनाउन सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

विद्यार्थी शिक्षक र अभिभावको त्रिकोणत्मक सम्बन्ध बिना विद्यालय नमुना सम्भव छैन । भवानी आधारभुत विद्यालयका प्रअ अर्जुन बहादुर बुढाले भने, अब विद्यालय नमुनाको अभियान लाई सफल पार्न दिनरात नभनी आफु लाग्ने र सबैलाई साथ दिन आग्रह गरे ।

शिक्षा परियोजनाले, आफ्नो विद्यालय आफै अनुगमन गर्न अभिभावक लाई सिकाएको छ । स्थानीय चन्द्रमान बुढाले थपे, हामी विद्यालय नमुना बनाउने सबालमा निकै सचेत भएका छौ ।

सुचकहरु पुरा गर्दै नीतिगत कुराको अभ्यासमा अघि बढ्दै नमुना विद्यालयको सपना साकार बनाएरै छोड्ने उनको भनाई छ ।

जर्मी गाउँका १ सय ५० घरधुरी नै, शिक्षा परियोजनाका विभिन्न कार्यक्रमबाट प्रभावित भएर, विद्यालय बनाउन बनाउन लाग्ने प्रतिबद्धता जनाएका छन् ।

शिक्षा नीति सिकाउदै परियोजना

वल्र्डभिजनको आर्थिक सहयोगबाट किर्डाक नेपालले जुम्लाका १५ विद्यालय लाई नमुना बनाउने अभियान थालेको छ ।

जसका लागि शिक्षाका नीतिगत कुरा देखि व्यवहारिक विषयमा दैनिक रुपमा छलफल चलाउने गरेको पुष्पा खत्रीले बताईन ।

उनका अनुसार, साविक तातोपानी, जर्मीका स्थानीयहरु भने, निकै जागरका साथ, अभियानमा जुटेका छन् ।

बालमैत्री राष्ट्यि विद्यालय प्रारुप २०६७ मा व्यवस्था भएका सुचक हरु पुरा गरेका विद्यालय नमुना बन्छ । किर्डाका कार्यक्रम संयोजक दिपराज रावतले भने, ती सुचक सिकाउदै र पुरा गर्न अभिप्रेरित गर्दै, अघि बढेका छौ ।

संघिय सरकारले लिएको शिक्षा नीति लाई गाउँ गाउँमा पुराउदै, दुर्गका विद्यलायमा परिवर्तन ल्याउने सोच रहेको उनको भनाई छ ।

संघिय सरकारले प्रारम्भीक शिक्षा नेपालका २० जिल्लामा सचालन गरेको छ । जो कर्णालीका सुर्खेत र डोल्पा बाहेक अन्य जिल्लामा लागु छैन् ।

शिक्षा परियोजनाले सरकारको प्रारम्भीक शिक्षा लागु नहुन्जेल दुर्गमका विद्यालय नमुना बनाउने अभियान चलाउने बताए ।

वर्षमा २ सय २० विद्यालय खुल्नै पर्ने, शिक्षक विद्यालय खुल्ला भएको दिन मध्य ९२ प्रतिशत उपस्थित भएको, खानेपानीको व्यवस्था भएको, शैक्षिक शत्रको शुरुमै विद्यार्थीको हातमा पुस्तक पुगेको, मैत्रीपुर्ण शौचालय भएको, कक्षा कोठामा बुक कर्नर भएको लगायतका विभिन्न सुचक पुरा गर्ने विद्यालय नमुना घोषणा हुने छन् ।

त्यसको तयारीका लागि परियोजना लागु भएका १५ वटै विद्यालयका अभिभावहरु अभियानकै रुपमा लागेका छन् ।

स्थानीय सरकारले पनि शिक्षा क्षेत्र लाई प्रथामिकता दिएर प्रयाप्त बजेट लगानी गरेमा छोटो समयमा नै नमुना विद्यालय बनाउन सकिने देखिन्छ ।

 

फोटो क्याप्सन– नमुना विद्यालय बनाउने बारे, छलफल गर्दै, शिक्षा परियोजनाका कर्मचारी र स्थानीय

तस्बिरसहित सागर परियारको रिपोर्ट

 

...
सोमबार, ३० पुस, ०७५ 

 

 

प्रतिक्रिया

Related