राष्ट्र बैंक गभर्नरद्वारा सन्राइज बैंकका अध्यक्ष दुगडलाई सपथ

पौने ९४ करोड रुपियाँ लाभांश वितरण गर्ने निर्णय सहित ११औं साधारण सभा सम्पन्न
निर्माण सञ्चार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले सन्राइज बैंक संचालक समितिका नवनिर्वाचित अध्यक्ष मोतीलाल दुगडलाई आफ्नो कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

पुस २९ गते काठमाडौंमा भएको बैंकको ११औं साधारण सभाबाट दुगड सञ्चालक समितिको अध्यक्षमा पुनः निर्वाचित भएका थिए ।

त्यस्तै, यस अघि बैंकको ११औं साधारण सभा सम्पन्न भएको थियो ।

सन्राइज बैंक सञ्चालक अध्यक्षमा दुगड, पौने ९४ करोड लाभांश वितरणको स्वीकृति

सन्राइज बैंक लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारण सभाले अध्यक्षमा सर्वसम्मत रुपमा फेरि पनि मोतीलाल दुगडलाई नै निर्वाचित गरेको छ ।

साधारण सभाले बैंकको हालको चुक्तापूँजीको ११.५० प्रतिशतको दरले नगद लाभांश करिब पौने ९४ करोड रुपियाँ लाभांश वितरण गर्ने निधो गरेको छ ।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंकको हालको चुक्तापूँजीको ११.५० प्रतिशतको दरले नगद लाभांश रु. ९३,७५,४३,९२२/८७ (अक्षरेपी त्रियानब्बे करोड पचहत्तर लाख त्रिचालीस हजार नौ सय बाईस रुपिपयाँ सतासी पैसा) लाभांश कर लाग्ने भएमा सो सहित, वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।’

संस्थापकबाट को को ३ ?

साधारण सभाले संस्थापक समूह ‘क’ तर्फबाट ३ जना सञ्चालक निर्वाचित गरेको छ ।

जसमा अध्यक्ष समेत रहेका मोतीलाल दुगड, मालचन्द दुगड र ई. बच्छराज तातेड निर्विरोध निर्वाचित भएका हुन् । यही साधारण सभाले दुगडलाई सवर्सम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

ऊर्जा विकास उद्यमी गुरागाईं पनि निर्वाचित

स्वतन्त्र ऊर्जा उत्पादकहरुका पूर्व अध्यक्ष समेत रहेका शैलेन्द्र गुरागाईं सनराइज बैंक सञ्चालकमा निर्वाचित भएका छन् ।

बैंकको उक्त साधारण सभाले समूह ‘ख’ तर्फबाट उनलाई पनि निर्वाचित गरेको हो । उक्त समूहबाट उनी सहित ३ जना सञ्चालक निर्वाचित गरेको हो ।

तिनमा श्रीमती शारदा शर्मा पुडासैनी र श्री दीपक नेपाल निर्वाचित भएका छन् ।

 

 

...

बुधबार, २ माघ, ०७५

 

प्रतिक्रिया

Related