बन्ने भो २ वर्षभित्रै चोभारमा सुख्खा बन्दरगाह, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

चीन तथा भारतीय रेल स्टेसनसँग जोडिने, कम्तीमा ६ सय वटा कन्टेनर अट्ने क्षमताको बन्दरगाह बन्ने
निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाकै ठूलो सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन् ।

कीर्तिपुर नगरपालिकामा रहेको चोभारस्थित साबिकको हिमाल सिमेन्ट कारखाना परिसरमा बन्ने गरी उक्त बन्दरगाहको बिहीबार प्रम ओलीले विशेष कार्यक्रम मार्फत् उद्घाटन गरेका हुन् ।

बन्दरगाहको शिलनयासको विरोधमा स्थानीयले प्रदर्शन गरेपछि उनीहरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

काठमाडौको कीर्तिपुर नगरपालिका ६ स्थित साबिकको हिमाल सिमेन्ट कारखानमा बन्न लागेको सुक्खा बन्दरगाहको स्थानीयले विरोध गर्दै आएका छन् ।

विरोध चोभार संरक्षण समितिको अगुवाइमा भएको हो ।

आयात तथा निर्यातका समस्या समाधान हुने

हाल भइरहेको आयात तथा ढुवानी कार्यका लागि भइरहेको बन्दरगाह अभाव यसले पूर्ति गर्ने प्रम ओलीले बताए । आयात गर्न तथा नेपालमै उत्पादिन सामान निर्यात गर्न यो बन्दरगाह मिटिङ प्वाइन्ट बन्ने आँकलन छ ।

उद्घाटदेखि निर्माण कार्य आउने २ वर्ष भित्रै बनिसक्ने यसको उद्देश्य रहेको छ ।

बन्दरगाह दुई वर्षभित्रै सञ्चालनमा ल्याइसक्ने सरकारको सोच रहेको प्रम ओलीले बताए । आजका दिनसम्म कोलकाता र विशाखापट्टनम बन्दरगाह भएर सामान नेपाल आउँछ ।

सामान बोकेका कन्टेनरहरु वीरगन्ज हुँदै आउँदा महँगो पर्ने र समय बढी लाग्ने गरेको छ ।

त्यसमा पनि भन्सार अवरोधका कारण व्यावसायिक लागत बढिरहेको छ । यो बन्दरगाह बनेसँगै लागत कम र समय पनि बचत हुने प्रम ओलीको दाबी छ ।

चोभारमा बन्ने उक्त बन्दरगाह अत्याधुनिक सुविधा सम्पन्न बन्ने सरकारको योजना छ ।

चीन तथा भारतीय रेल स्टेसनसँग जोडिने

यो बन्दरगाह भविष्यमा बन्ने भनिएको चनियाँ तथा भारतीय रेलको स्टेसनसँगै जोडिने परिकल्पना गरिएको छ ।

निर्माण तयारीको बाहिरी चक्रपथसँग पनि योा जोडिने छ । चोभारमै यो बन्दरगाह बनाउनुको उद्देश्यबारे प्रम ओलीले चिनियाँ रेल केरुङबाट सिधै चोभार स्टेसनसम्म आइपुग्ने र जोडिने दाबी गरे ।

कति जग्गामा कस्तो बन्दै छ ?

हिमाल सिमेन्टले उपभोग गरेको करिब १ हजार ५४ रोपनी जग्गामध्ये २ सय २५ रोपनी जग्गामा सुक्खा बन्दरगाह र बाँकी ८ सय रोपनीमा अन्तर्राष्ट्रिय प्रदर्शनी कक्ष बनाइने प्रम ओलीले बताए ।

सरकारका अनुसार चोभारमा हाल रहेको जमिनमा १ सय ५० वटा गाडी, कम्तीमा ६ सय वटा कन्टेनर अट्ने क्षमताको बन्दरगाह बन्ने छ । जसमा वेयरहाउससहित रहने छन् ।

यसमा एउटा आकासे पुल पनि निर्माण हुनेछ ।

लगानी कसको ? कहिले बनिसक्ने ?

उक्त बन्दरगाह निर्माणका लागि विश्व बैंकले करिब २ अर्ब २५ करोड रुपियाँको सहुलियत ऋणमा यो आयोजना बन्ने भएको हो ।

सरकारले सन् २०१३ मा विश्व बैंकसँग यसबारे सहमति गरिसकेको छ । सहमतिअनुसार सन् २०१९ भित्रै यो बन्दरगाह बनाइसक्नुपर्ने छ ।

विश्व बैंकले ६ वर्ष अगाडि नै चोभारमा सुक्खा बन्दरगाह बनाउन नेपाललाई उक्त ऋण लगानी गर्ने सहमति भएको थियो ।

बन्दरगाह भविष्यमा चक्रपथमा पनि जोडिने छ भने यहाँको सडक पनि ६ लेनको (बल्खुबाट चोभारसम्म) बन्ने प्रम ओली बताउँछन् ।

जुन बल्खु रोडमा, निर्माणाधीन बाहिरी चक्रपथमा पनि जोडिनेछ ।

 

 

 

...

बिहीबार, ३ माघ, ०७५

 

प्रतिक्रिया

Related