सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले आज मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै तथा सरकारले उक्त मन्त्रालयलाई रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरेको बताएका हुन् ।
यस अघि नै भारतसँग नेपालले जनकपुर(जयनगर रेल सेवा अघि बढाएसकेको छ । जुन रेल आउने फागुनदेखि नियमित सञ्चालन गर्ने तयारी छ ।
त्यही उद्देश्य अनुरुप सरकारले नेपालको आफ्नै रेलगाडी किनेर सेवा सञ्चालन गर्ने गरी मन्त्रिपरिषद् वैठकले सोको स्वीकृति दिएको मन्त्री बास्कोटाको भनाइ छ ।
आउने दिनमा नेपालले भारत र चीनसँग पनि रेलमार्गबाट विस्तार गर्ने गरी रेल कनेक्टिभिटीका लागि अघि बढिरहेको अवस्थामा जनकपुर जयनगर रेल सेवाका लागि आफ्नै रेल किन्न अब भौतिक मन्त्रालयले सक्ने छ ।
पानी जहाज कार्यालय स्थापना गरिदै
यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनमै पानी जहाज कार्यालय स्थापना गर्ने भएको छ ।
भौतिक मन्त्रालय स्रोत अनुसार सरकारले पानी जहाज कार्यालय पनि स्थापना गर्ने तयारी गरिरहेको छ ।
यसैबीच निजी क्षेत्रबाट सप्तकोशीमा पानी जहाज सञ्चालनमा आइसकेको अवस्था छ भने सरकारले उक्त कार्यालयका लागि १६ कर्मचारीको दरबन्दी पनि तोकिसकेको छ ।
पानी जहाज कार्यालय स्थापना गर्नेबारे यस अघि प्रधानमन्त्री ओलीले संसद्मा पनि बताएका थिए ।
...
बिहीबार, ३ माघ, ०७५
प्रतिक्रिया