भाग्य बदल्ने कृषि कर्म: तरकारी बेचेरै छोरीको डिग्री

निर्माण सञ्चार, कर्णाली प्रदेश । कृषि कर्म, भाग्य बदल्छ, दैनिकी बदल्छ, अनि समग्र देशको अर्थतन्त्र लाई धान्न भन्ने सुनेका मात्र थिए । तिला गाउँपालिका ३ का नर बहादुर रावतले ।

आफुले कहिले भोगेका थिएनन । कृषिले पनि दुखका दिन फेरिन्छन, कमाउला छोराछोरी लाई पढाउला भन्नेमा पाँच वर्ष पहिले उनमा कुनै विश्वास थिएन । तर गरे के सम्भव हुदैन रैछ, भन्ने विश्वसा र आट अहिले पलाएको छ, नर बहादुरको जीवनमा ।

संकट कालको अबस्था, ठुलो परिवार, जग्गाजीमि केहि छैन् । विहान खाए साँझ छैन् साँझमा खाए, विहान छैन् । सधै कालापहाडको कमाईको भरमा घर चलाउनु पर्ने कठिन बाध्यता नर बहादुर २०५० साल देखि २०६८ सम्मको हो ।

१० जनाको परिवार खर्च चलाउननै धौधौ, १२ पास गरेर पनि रोजागरी पाईएन, व्यवसाय गरौ, कुनै वाताबरण थिएन, जग्गा थिएन ।

झण्डै दुई दशक कालापहाडको भारी बोकेर गयो । घर खर्च चलाउन ठिक्कै थियो छोरा छोरी पढाउने त कल्पना नै थिएन नर रावतको ।

तर नसोचेकै भयो, कर्मले डोराएपछि । २०६९ सालमा भारतबाट आएपछि विकास परियोजनाले कृषिका लागि आबश्यक सयोग गर्ने थाहा पाएको बताए ।

आफ्नो जग्गा हुनु पर्ने, आबश्यक सबै सामाग्री तथा ज्ञान परियोजना दिने त थाहा पाए । तर उनी संग तरकारी तथा नर्सरी गर्ने खेतनै थिएन ।

अबसर आएको बेला नगरौ, कालापहाडको भारी बोक्दै, कपाल खुईलि सकेको छ । गरौ, आफ्नो जग्गा छैन् । निकै संकटमा परेको सुनाए ।

बरु लिजमै भएपनि लिने र स्वदेशमै केहि गर्ने आट गरेर झण्डै ४ रोपनी जग्गा लिजमा लिएर नर्सरी तथा तरकारी खेती शुरु गरेपछि ७ वषमै आफु मालामाल भएको सुनाए ।

जीवनको सबै भन्दा प्रगती जेठी छोरीलाई काठमान्डौमा बसालेर डिग्री पास गराएको छु ।

उनले भने, म जस्तो घर खर्च चलाउनै धौधौ हुने मान्छे लाई । आफ्नै प्रगती देखेर पनि अचम्म लाग्ने सुनाए । तरकारी बेचेरै काठमान्डौमा छोरीलाई डिग्री पढाउला, घरखर्च चलाउला आज कालापहाड त्याग्नु पर्ला, भन्ने मैले कल्पना गरेको थिएन ।

तर, विकास परियोजना एक भगवान सग्र बनेपछि मेरो जीवनले कोल्टा फेरेको बताए ।

छोरीको पढाईका लागि झण्डै २५ लाख रुपैया खर्च भएको छ । सबै तरकारी बेचेको पैसा र नर्सरी व्यवसायको आम्दानीबाटनै व्यवहोरेका हुन् ।

अरुका लागि सानो भएपनि मस्तो सामान्य मान्छे कल्पनानै नगरेको मान्छेले तरकारी बेचेकै पैसाले छोरी लाई काठमान्डौमा बसालेर डिग्री पास गराउने क्षामता विकास परियोजनाले दिएको बताए ।

अहिले आफु बार्षिक १० लाख बराबरको कारोबार गर्छन् । अहिले एक छोरालाई आफु संगै तरकारी व्यवसायमा लगाएका छन् ।

४ छोरा २ छोरी छन् । अरु सबै पढ्छन् । सबै खर्च त्यसैबाट चलेको छ ।

साथै, विकास परियोजनाकै लगानीबाट आफ्नो जीवनमा सफल्ता पाएका कालिकोटका मनोज कुमार शाहि र रेशमा कुमारी शाहि पनि निकै खुसी छ ।

घरमा के लाउ के खाउ भन्न् अबस्था बाट परियोजनाले सिकाएको उद्यमशिलताबाट आज सफल भएको उनीहरुले सुनाए । मनोज कुमार शाही एग्रोभेट संचालक तथा कृषक हुन् भने, रेश्मा शाही एक उद्यमी हुन ।

कालिकोट तिला गुफा नगरपालिका ३ का बरिष्ठ उद्यमी हुन । गरिबीकै कारण घरमा कलह हुने अबस्था कृषि कर्मले छुटाएको उनीहरुले बताए ।

गरिब तथा सामान्य अबस्था भएका हरुको उन्नती तथा प्रगतीका लागि विकास परियोजना परिवर्तनको सम्बाहक भएर आएको किसानहरुले बताएका छन् ।

३ वर्षे परियोजना समापनका अबसरमा किसानले आफ्ना जीवनका आएका सफल्ता तथा परिवर्तन यसरी बताएका थिए ।

३ बर्से परियोजना सकियो

युरोपियन युनियनको आर्थिक सहयोगमा संचालित विकास परियोजनाले जुम्लाको कृषि, वन पैदावार, नागरिक समाज तथा विभिन्न क्षेत्रमा उल्लेखिय काम गर्दै समापन भएको छ ।

तीन वर्षको समय अबधिमा स्थानीय सरकार तथा सरोकारवाला संग समन्वय गरी यहाँका स्थानीयको जीवनस्तरमा सुधार ल्याउन सफल भएको छ ।

कालिकोट, जुम्ला र मुगुमा संचालन परियोजनाले देखिने गरी लाखौको लिफ्ट सिचाई तथा रेवपे निर्माण तथा कृषिमा किसानको आर्कषण बढाएको छ ।

विकास परियोजनाका सयोजक दशरथ उपाध्यायले भने, तीन वर्षको अबधिमा १ करोड बजेट कालिकोट र जुम्लामा खर्च भएको छ ।

जसमा उत्थानशील, पुर्वाधार निर्माण, ग्रामिण कृषि, गरिबमुखी बजारीकरणको सबलीकरण गर्ने,उद्यमशिलताको क्षामता अभिबृद्धि,सुशासनमा बृद्धि भएको जुम्लाका सरोकारवालाले बताएका छन् ।

सामान्य स्थानीय लाई पनि लखपति बनाउने तथा बन्ने जागर दिएको भन्दै किसानहरु खुुसी छन् । तीन वर्षमा परियोजना बाट कालिकोट र जुम्लाबाट ७ हजार घरधुरी लाभाीन्वीत भएका छन् ।

सबै कृषिमा आत्मनिर्भर समेत भएका छन् ।

परियोजालने जुम्ला र कालिकोटमामा देखिने मिल्ने गरी सिचाई सुविधामा पहुँच,बजार सेवामा पहुँच,प्रसोधन तथा भण्डारणका पुर्वाधार पूर्बद्धन,व्यवासायी कृषकहरुको संख्यामा बृद्धि,आर्थिक पुर्वाधारहरुबाट कामको बोझमा कमी,उत्पादन तथा बजारीकरण बृद्धि,बाली र पशुबिमाको पहुँचमा बृद्धि, गराएको छ ।

पशु बिमा बाली बिमाका क्षेत्रमा समेत उल्लेखिय काम गरेका उपाध्याको भनाई छ । परियोजानले धेरैका जीवनस्तरमा सुधार ल्याएको छ ।

त्यसमध्य नर बहादुर रावतको सफल्ता ठुलो उपलब्धी भएको दाबी गरे ।

परियोजना समापनका अबसरमा, कालिकोटको तिला गुफा नपा र जुम्लाका तिला, तातोपानी र सिंजा गाउँपालिका लाई परियोजना हस्तान्तरण समेत गरिएको छ ।

परियोजना मार्फत संचालित क्रियाकलपाको दिगोपनाको लागि पहल गर्न विकास परियोजना अनुरोध गरेको छ ।

कृषिमा लगानी बढाए जाँदैन खेर

कृषिमा लगानी बढाउन जुम्लाका किसानले स्थानीय सरकार लाइ ध्यानकर्षण गराएका छन् । किसान कर्ण हमालले भने, राष्टले किसानको नत सम्मान गरेको छ नत प्रयाप्त लगानी खाली राष्ट समृद्धीको आधार कृषि भन्दै नारा लगाएर नहुने भन्दै उनले जुम्लाका आठै स्थानीय तहलाई कृषिमा लगानी बढाउन सुझाब दिएका छन् ।

विभिन्न गैरसरकारी सस्थाले निश्चित समयको लागि भएपनि कृषि क्षेत्रमा उपलब्धी मुलक काम गरेको र स्थानीय सरकार मौन रहेको बताए ।

कृषिमा लगानी र कृर्षक लाई सम्मान स्थानीय सरकारले गर्नु पर्ने कालिकोटका किसान, टेक बहादुर शाहिले बताए । सरकारले योजना बनाएर जनतालाई भरमा पार्ने मात्रै काम नगर्ने गरेको समेत आरोप लगाए ।

स्थानीय सरकारलाई कृषिले विशेष प्रथामिकता दिएको तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्यायले भनिन, कृषिमा लगानी बिना समृद्धी सम्भव छैन् ।

व्यवसायी मैत्री वाताबरण बनाउन हामी प्रतिबद्ध छौ ।

भने, स्वदेशमै ईलम गर्ने किसान लाई सम्मान गर्ने तथा रोजागारी सृजना गर्ने तर्फ स्थानीय सरकारको विशेष ध्यान केन्द्रित भएको बताईन ।

विकास परियोजनाका दिर्गकालिन योजनाको कार्यान्वयन गर्ने समेत प्रतिबद्धता गरिन । तिला गुफा नगरपालिका कालिकोटका काब प्रमुख तिलक न्यौपानेले कृषि क्षेत्रमा नगरपालिकाले विशेष प्रथामिकता दिने छ ।

गरिब सर्वहारका लागि विकास परियोजना आशाको विन्दु बनेको उल्लेख गरे ।

भने, आगामी दिनमा किसान मुखी, मागमा आधारित काम गर्ने जोड दिए ।

 

 

___

फोटो तथा फिचर सागर परियार, जुम्ला

क्यापसन: कृषिबाटै सन्तानलाई उच्च शिक्षा दिलाउने नरबहादुरको तरकारी बारी

 

 

...

शनिबार, ५ माघ, ०७५

 

प्रतिक्रिया

Related