सुकुम्बासी आयोग र मालपोत कर्मचारीको बदमासीः सुकुम्बासी बस्दै आएको सार्वजनिक जग्गा व्यक्तिका नाउँमा

निर्माण सञ्चार, बारा । भूमिहीन सुकुम्बासीका नाउँमा आवास व्यवस्था मिलाउन भनी गठित सुकुम्बासी आयोग नै सार्वजनिक जग्गा मिलेमतोमा व्यक्तिका नाउँमा पास गर्न लागिपरेको थाह पाउँदा तपाईंलाई कस्तो लाग्ला ?

त्यस्ता आयोगकै बदमासी छानबिन गर्न अर्काे आयोग गठन गर्नु पर्यो राज्यले यदि भने त्यस्तो आयोगको औचित्य कहाँ पुग्ला ?

भयो त्यस्तै ।

जिल्ला सुकुम्बासी आयोगका अधिकारी तथा नापी तथा मालपोतका अधिकारीहरु मिलेर सार्वजनिक जग्गा नै व्यक्तिको नाउँमा पास गरेपछि यतिबेला स्थानीय तथा सुकुम्बासीहरु विरोधमा उत्रिएका छन् ।

यहाँको नागरिक समाजको चासो बढ्दै गइरहेको छ भने देशका मूलधारका समाचार माध्यमहरुको पनि आँखा यतातिर केन्द्रित हुन थालेको छ ।

सुकुम्बासी आयोग र मालपोतका अधिकारीहरुले बदमासी गरेर बारा मथुरापुरका बालबालिकाहरु अध्ययन गर्ने विधालय भवन र त्यसको जग्गा सहित गाउँमा रहेको सार्वजनिक जग्गा यतिबेला पहुँचवालाको हातमा पुगेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।

यसरी स्थानीय बुद्ध प्राथमिक विद्यालय सहितको सार्वजनिक जग्गा मिचिएपछि नागरिक समाज सहितले पत्रकार सम्मेलन गरेका थिए ।

तर, सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो नाउँमा पास गरेका मालपोत तथा आयोगका स्थानीय अधिकारीहरुले भने यसको ‘डिफेन्स’ गरेका छन् ।

उनीहरुले आफ्नो लालपुर्जा नै देखाउँदै जग्गा आफूहरुकै भएको दाबी गरेका छन् ।

जबकि, वर्षाैंदेखि सार्वजनिक रहँदै आएको जग्गा एकाएक मालपोत र आयोगका स्थानीय अधिकारीहरुका नाउँमा कसरी धनीपूर्जा बन्यो भनी यतिबेला अनुसन्धान समेत भइरहेको स्थानीय नेताहरु बताउँछन् ।

‘सुकुम्बासीका नाउँमा हुकुम्बासीहरुले लुटन् मिल्छ ?’ एक स्थानीयले भने ।

कुन जग्गा कसरी ल्याए व्यक्तिका नाउँमा ?

वीरगन्जबाट संवाददाता उपेन्द्र ठाकुरका अनुसार बाराको जितपुर सिमरा उपमहानरपालिका वडा नम्बर १९ साबिक इनर्वासिरा मथुरापुर–३ ‘क’को कित्ता नम्बर १७६ को कुल १६ कठ्ठा १३ धुर क्षेत्रफलको यो जग्गा सार्वजनिक जग्गा थियो ।

यही जग्गा मध्येबाट १२ कठ्ठा जग्गा यहाँका स्थानीयले २०६३ सालमा बुद्ध प्राविलाई दिएका थिए । जहाँ अहिले पनि विद्यालय छ ।

तर अहिले यो जग्गा कित्ताकाट गरी ३५४, ४६८, ४६९ र ४७० र ४७१ नम्बर कायम गरी व्यक्तिको नाममा दर्ता भएको छ ।

यसबारे निर्माण संवाददाता राजु शाहसँग बोल्दै स्थानीय रामनाथ पटेलले जितपुर सिमरा उपमहानगरपालिका १९ बारा त्यहीँ जग्गामध्ये बाँकी रहेको ४ कठ्ठा जग्गा र गाउँको अरु सार्वजनिक जग्गामा झण्डै दुई दर्जन भूमिहीन सुकुम्बासीहरु वर्षौदेखि बसोबास गर्दैआएको बताएका छन् ।

उनी सुकुम्बासीहरु बस्दै आएको जग्गा यसरी हुकुमबासीहरुको नाममा दर्ता भएको थाहपाएपछि यिनीहरुबो बिचल्ली भएको बताउँछन् ।

जितपुर सिमरा उपमहानगरपालिका १९ बाराका स्थानीय रामदेव महराले यसबारे पुष्टि गर्दै भने, ‘यो सोरै आना ठगी हो ।

सार्वजनिक जग्गा व्यक्तिका नाउँमा कसरी गयो ?’ उनले सोही गाउँको ३ ‘क’को साबिक कित्ता नम्बर १६२ सार्वजनिक सडक रहेको पुष्टि गरेका छन् ।

जुन जग्गा हाल कित्ता नम्बर ४७४ कायम गरी व्यक्तिको नाममा दर्ता गरिएको छ ।

त्यस्तै ३–कको साबिक कित्ता नम्बर १२३ को सार्वजनिक जग्गा जसमा सर्वसाधारणले छठघाट बनाई पूजाआजा गर्दैआएका थिए, यो जग्गा पनि अहिले व्यक्तिको नाममा दर्ता भएको छ ।

करोडौको सम्पत्ति र बिगहौँ जग्गा भएको गाउँका हुनेखाने व्यक्ति महेन्द्र यादव र श्यामसुन्दर पासवानले आफ्ना नजिक पर्ने तत्कालीन गाविस सचिव शिवदयाल पासवानको सहयोगमा सुकुम्बासी आयोग र नापीका अधिकारीहरुसँग मिलेमतो गरी गाउँमा रहेको झण्डै साँढे ८ बिगहा सार्वजनिक जग्गा आफ्नो र आफ्ना नातेदारको नाममा दर्ता गराएको पीडितहरुको आरोप छ ।

जसमध्ये ३८ कठ्ठा जग्गा एउटै व्यक्ति श्यामसुन्दर पासवानको नाममा दर्ता भएको छ, जसको पहिलेदेखि नै बिगहौँ पुख्र्यौली जग्गा छँदैछ ।

यसबारे स्थानीयबासी श्यामशुन्दर पासवानले जितपुर सिमरा उपमहानगरपालिका १९ बारा अर्का व्यक्ति महेन्द्र यादव, जो गाउँका भूमिपति नै हुन्, उनले आफ्ना श्रीमती, छोरा र भतिजाको नाममा झण्डै तिन बिघा जग्गा दर्ता गराएको खुलासा गरेका हुन् ।

०५५ सालमा सुकुम्बासी आयोगले गरेको निर्णयमा नाम नै उल्लेख नभएकाहरुसँग पछि आर्थिक लाभ लिएर २०६७ सालमा सुकुम्बासी आयोगका अध्यक्ष नारायण क्षेत्री, मालपोतका हाकिम रामकृष्ण उप्रेती, नापिका हाकिम दिपक सिँह समेतले आफूले पाएको अख्तियारीको दुरुपयोग गर्दै उक्त जग्गाहरु हुनेखानेका नाममा दर्ता गरेको स्थानीय बताउँछन् ।

समाचारहरु आउन थालेपछि मिलेमतोमा सार्वजनिक जग्गा आफ्नो नाउँमा पार्नेहरुले पनि पत्रकार सम्मेलन गर्न थालेका छन् ।

आयोगकै बदमासीमा करोडौंको सार्वजनिक जग्गा ११ जनाले हत्याए, राज्य मौन !

बाराको साविक गाविस इनरुवासिरा हाल जीतपुर सिमरा उपमहानगर–१९ स्थित मथुरापुर टोलमा ११ जनाले करिब ७ विगाह ४ कठा ३ धुर जग्गा हड्पेको स्थानीयहरुले आरोप लगाएपछि नागरिक समाज जागेको छ । गत हप्ता शनिबार स्थानीयहरुले यसैबारे पत्रकार सम्मेलन नै गरेका थिए ।

यहाँका धार्मिक स्थल, छठिमाईको घाट, विद्यालय, सार्वजनिक सडक र केही गरिब तथा विपन्न परिवारले भोगचलन गर्दै आएको जग्गा पहुँचवाला ११ जनाले पास गराएको उनीहरुको आरोप छ ।

स्थानीय श्याम सुन्दर मेनन, सुकली देवी चमइन, नागेन्द्र महरा चमार, चन्द्रिका राउत दुसाद, मदन प्रसाद यादव, सावित्री अहिरिन, हिरालाल राउत, जासो देवी दुसादिन, मंसि हजरा दुसाद, तेतरी दुसादिन र छवि हजरा दुसादले सुकुम्वासी भएको दाबी गर्दै सो जग्गा नाउँमा पास गराएको स्थानीय रामनाथ पटेलले जनाए ।

पत्रकार सम्मेलनमा स्थानीय भद्रभलादमी, वृद्धवृद्धा, महिला, पुरुष लगायत करिब ८० जनाको सहभागिता थियो ।

सो पत्रकार सम्मेलनमा पत्रकार उपेन्द्र ठाकुर, लक्ष्मी साह, सिकेन्द्र पासवान, संन्जिव मिश्रा, अजय साह, अनिल तिवारी, राजु साह लगायतको उपस्थिति रहेको थियो ।

यता मिलेमतोमा जग्गा आफ्नो नाउँमा पास गराएको आरोप लागेका श्याम सुन्दर मेननले भने सो जग्गा आफ्नै भएको दाबी गरेका छन् ।

स्थानीयको प्रेस विज्ञप्ति

बाराको साविक गाविस इनरुवासिरा हाल जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ स्थित मथुरापुर टोलमा रहेको सार्वजनिक जग्गा केही पहुचवालाले पैसाको भरमा आफनो नाउँमा पास गराएको पत्रकार ज्युहरुसंग जानकारी गराउन चाहन्छु ।

सार्वजनिक जग्गामा धार्मिक स्थल, छठिमाईको घाट, विद्यालय, सार्वजनिक सडक र केही गरिब तथा विपन्न परिवारले भोगचलन गर्दै आएको जग्गा व्यक्तिको नाउँमा गएपछि हामी त्रसित भएका छौ ।

यहाँको सार्वजनिक महत्वको जग्गालाई आफुहरुले खोजविन गर्न खोज्दा उनीहरु गालीगलौज, धाकधम्की दिदै पैसाको दम्भ देखाइरहेको जानकारी गराउन चाहन्छौ ।

यस सन्दर्भ आफुहरु बसी छलफल गरी वडा कार्यपालिकामा निवेदन दिई जानकारी गराइएको, मालपोत कार्यलय बारा, जिल्ला प्रशासन कार्यलय बारा, जितपुर सिमरा उपमहानगको कार्यलय लगायतको निकायमा पहल गर्दा समेत सम्बन्धित निकाय उदासिन बन्दै आएको छ ।

यस अवस्थामा आफुहरु सार्वजनिक जग्गालाई जार्वजनिक कायम गर्न माँग गर्दा सम्बन्धित निकाय मौन बस्दा आफुको मनमा शंका उपशंका उत्पन्न भएको छ ।

यदि यो जग्गा व्यक्तिको नाउँमा गए कहाँ पुजापाठ गर्ने रु कहाँ पठनपाठन गर्ने र अति गरिब गरिब तथा विपन्न परिवार अव कहाँ बसोवास गर्ने लगायतको चिन्ता सताई रहेको छ ।

देशको चौथो अंगको रुपमा रहेको तपाई पत्रकार ज्युसंग अनुरोध छ की यस जग्गालाई पुर्ण रुपले सार्वजनिक गर्नुपर्ने पक्षमा कलम चलाई हामीलाई सहयोग गरिदिनु हुन अनुरोध गर्न चाहन्छौ ।

हामीले गरेका पहलहरु

१ मिति २०७४७–१२ मा रोक्काका लागि वडामा निवेदन दिएको

२ मिति २०७४–७–१२ मै वडाले रोक्काका लागि पत्र मालपोतमा पठाएको

३ मालपोत बाराले २०७४–७–१२ र १३ गते रोक्का पत्र दिएको

४ जिल्ला प्रशासन बारालाई २०७४–७–१२ गते रोक्का पत्र बोदार्थ पेश

५ जितपुरसिमरा उपमहानगर २०७४–७–१२ गते रोक्का पत्र बोदार्थ पेश

विपक्षीले जग्गा रोक्का भएको जानकारी पाउन साथ फुकुवाको लागि उच्च अदालत विरगंजमा निवेदन दिएको

७ उच्च अदालत विरगंजले जग्गा फुकुवा गरेको

८ उच्च अदालत विरगंज भएको जानकारी पाउन साथ आफुहरु पुर्ण

९ मिति २०७५–०२–२१ गते बुद्ध आधारभुत्त विधालयले भोगचलन रहेको सम्बन्ध पत्र

१० मिति २०७५–०२–२७ गते वडा कार्यपालिकाले श्रेष्ठा रद्ध गर्न सिफारिस गरेको

११ मिति २०७५–०३–१ गते जितपुर सिमरा उपमहानगरले जग्गा सार्वजनिकका लागि सबै प्रमाण सहित मालपोतमा २०७५–०३–५ गते मुद्धा दर्ता भएको

१२ मालपोत बाराले २०७५–०४–२२ गते विपक्षीलाई समन पठाएको

१३ त्यस पश्चात निरन्तर तारेखी मात्र अगाडी बढी रहेको र हाल सिमरा मालपोत कार्यलयमा मुद्धा चलिरहेको जानकारी गराउन चाहन्छु ७ विघा, ४ कट्ठा ३ धुर सार्वजिनक जग्गा निजि व्यक्तिहरुको नाउँमा रहेको रहस्य खुलेको छ ।

 

 

...

शनिबार, ५ माघ, ०७५

 

प्रतिक्रिया

Related