उड प्रदर्शनी–०१९ सकियो !

निर्माण सञ्चार, काठमाडौं । पाँचौं ‘नेपाल अन्तर्राष्ट्रिय उड एक्स्पो’ आइतबार समापन भएको छ ।

प्लाइ तथा काठ सम्बन्धी व्यवसायमा संलग्न नेपालको निजी क्षेत्रद्वारा आयोजित प्रदर्शनीमा करिब ४० हजार बढीले अवलोकन गरेका छन् ।

आयोजक फर्निचर ट्रेड एन्ड इभेन्ट अनुसार प्रदर्शनीमा २ सय बढी ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका एक सय २० भन्दा बढी स्टल राखिएका थिए ।

तिन दिनसम्म चलेको मेलामा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब–डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादन राखेका थिए ।

 

 

...

आइतबार, ०५ फागुन, ०७५ 

प्रतिक्रिया

Related