खेलाडीको खर्च जुटाउन मिल संचालन

निर्माण सञ्चार, जुम्ला । कर्णालीका एथेलेटिक्स खेलाडीलाई खाजा तथा अन्य खर्च जुटाउन कुटानी पिसानी मिल संचालन गरीएको छ ।

खेलाडीलाई दैनिक प्रशिक्षण गर्दा होस वा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका म्याराथुन प्रतियोगितामा भाग लिनुपर्दा आवाश्यक पर्ने भाडा र खाजा खर्च जुटाउन धौ धौ परीरहेको अवस्थालाई अन्त्य गर्न मिल संचालन गरीएको हो ।

विभिन्न निकायको सहयोगमा कर्णाली स्पोर्टस क्लब जुम्लाले खेलाडीको बृद्धि विकासका लागि कुटानी पिसानी मिल स्थापना गरी संचालन गरिएको छ ।

खेलाडीको जनश्रमदान बाट निर्माण गरिएको मिल चन्दननाथ नगरपालिका पाँच नम्वर वडा अध्यक्ष अर्जुनसिंह कठायत गोल्डेनले मिल उद्घाटन गरेका छन् ।

यसअघिका धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका म्याराथुन प्रतियोगितामा किर्तिमान कायम गरेका जुम्ली एथेलेटिक्स खेलाडीले भोग्नु परेको आर्थिक कष्ट हटाउन मिल संचालनको अवधारणा ल्याईएको क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

उनले भने, एका तर्फ सेवा पनि अर्को तर्फ खेलाडी लाई पनि राहात हुने दाबी गरे ।

मिलबाट उठेको आम्दानी नँया खेलाडी उत्पादन तथा खेलाडीहरुको ब्यवस्थापन कार्यमा खर्च गरीने उनको भनाई छ ।

अहिले दैनिक भोक भाकै, दैनिक अभ्यास गर्छन, राष्ट्यि तथा अन्तरष्ट्यि स्तरका विभिन्न प्रतियोगितामा जुम्लाका सुनमाया बुढा, गोबिन्द खत्री लगायत धेरै खेलाडीले जिल्लाको नाम चिनाएका छन् ।

तर तिनै खेलाडीलाई खाजा खर्च छैन् ।

‘नियमित खेल प्रशिक्षणको क्रममा खाजा, जर्सी, भाडा, खेल सामाग्री नहुँदा हाम्रा खेलाडी निरुत्साहीत भएका छन् ।

उनले अध्यक्ष शाहिले थपे, ‘अब त्यस्तो तितोसत्य अन्त्यका लागि मिल संचालन गरेका छौ ।

कर्णालीको एथेलेटिक्स खेल क्षेत्रबाट नेपाललाई विश्वसामु चिनाउने दक्ष खेलाडी उत्पादन गर्ने उनको दाबी छ ।

२२ लाखमा बन्यो मिल

खेलाडीको जनश्रमदान र विभिन्न दातृ निकायको सहयोगबाट झण्डै २२ लाखको लागतमा कर्णाली स्र्पोट क्लबले मिल संचालन गरेको छ ।

सदरमुकाम खलंगाको रानिपोखरी नजिकै मिल निर्माण गरिएको हो ।

मिल संचालनका लागि एथेलेटिक्स खेल प्रशिक्षक तथा नेपालि धावक हरिवहादुर रोकायाले ३५ लाख बराबरको जग्गा निशुल्क उपलब्ध गराएका छन् ।

भने उनकै नामबाट रहेको हरिवहादुर फाउण्डेशन कोषबाट एक लाख ५० हजार सहयोग सहयोगग गरिएको छ ।

‘खाजा समेत नखाई भोकै खेलाडीलाई प्रशिक्षण गराउँदा र अरुसँग सहयोग माग्न जाँदा खेप्नुपरेको तिरस्कारको पिडा हामीलाई मात्रै थाँहा छ ।

धावक रोकायाले भने, ‘यसैको अन्त्यको लागि मैले मिल संचालनमा सहयोग गरेको हुँ ।

उक्त कुटानी पिसानी मिल संचालनका लागि ग्रिड इन्टरनेश्नल काठमाण्डौले १४ लाख, राधा पौडेल फाउण्डेशन २५ हजार र पाँच नम्बर वडाबाट एक लाख ५० हजार अनुदान सहयोग प्राप्त भएको थियो ।

भने कर्णाली स्पोर्टस क्लबका खेलाडीहरुले श्रमदान गरेका थिए ।

नागरीकलाई सहज

कुटानी पिसानी मिल संचालनले नागरीकलाई निकै सहज भएको छ ।

यसअघि सदरमुकाममा दुई वटा कुटानी पिसानी मिल संचालन भएपनि नागरीकले छिटो छरितो सेवा लिन सकेका थिएनन ।

यो मिल बत्ती नभएको बेला समेत सोलार सिस्टमबाट संचालन हुने भएकाले नागरीकले पनि यसलाई रुचाएका छन् ।

उपभोक्ताको मागका आधारमा २४ सै घण्टा मिल संचालन गर्न ब्याकपको ब्यवस्था छ । जसका लागि साढे चार किलोवाटको सोलार सिस्टम जडान गरीएको छ ।

उपभोक्ता सिता बुढाले भनिन्, ‘अन्त भनेकै समयमा महंगो प्रसा तिरेरपनि पिठो पिस्न र धान कुट्न पाँईदैन, त्यसैले अरु भन्दा यो मिल सस्तो, सुलभ भएकाले पनि हामीलाई सहज छ ।

 

...

सोमबार, ०६ फागुन, ०७५

प्रतिक्रिया

Related