काँग्रेस त्याग्दै युवाः खोटाङे युवा किन पसे नेकपा ?

निर्माण सञ्चार, काठमाडौं । पार्टी  प्रवेश गर्न पनि कुनै साइत नचाहिने रहेछ । विशेष गरी नेपालको राजनीतिक रंगमञ्चमा चुनावी लहर आएपछि पार्टी प्रवेशको पनि लहर लागेको देखिन्छ ।

तर, यो परम्परामा एउटा अपवाद बनेका छन् नेपाली काँग्रेस त्यागेर नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका एक खोटाङे युवा ।

उनी काङ्ग्रेस खोटाङका युवा नेताका रुपमा चर्चित थिए ।

उपेन्द्र घिमिरे, जो आजबाट नेकपाको वैधानिक सदस्य बनेका छन् । उनले काँग्रेसमा राजनीति गरेको पीठिका लामो छ ।

तर, यतिबेला काँग्रेसले जनता र मुलुकको एजेन्डा नै बोक्न नसक्ने भएको खोट देखाउँदै उनले काँग्रेस परित्याग गरेका हुन् ।

उनलाई भक्तपुरस्थित राधेराधे धाममा आयोजित विशेष समारोहमा खोटाङबाट प्रतिनिधि सभाका लागि निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य विशाल भट्टराईले नेकपामा भित्र्याएका हुन् ।

भित्र्याउने कामलाई प्रभावकारी र रोचक बनाउने भूमिकामा थिए, युवा संघका जल्दोबल्दो अध्यक्ष रमेश पौडेल । मिठो बोलीका धनी पौडेलले विशेष सम्बोधन गर्दै युवाहरुले रोज्ने पार्टी भनेकै नेकपा रहेका दाबी गरेका छन् ।

काँग्रेस बूढो भएकाले युवाहरुको पार्टीमा आउनेहरुलाई स्वागत गर्न आफू तम्तयार रहेको पनि उनले बताए । अध्यक्ष पौडेलले दश लाख युवालाई एकैपटक समृद्धिको अभियानमा उतार्ने समेत दाबी गरेका छन् ।

 

 

...

शनिबार, १२, माघ, ०७५

 

प्रतिक्रिया

Related