नगरभित्रका सडकको हरिबिजोग

निमाण सञ्चार, जुम्ला । चन्दननाथ नगरपालिका – ६ जिल्ला हुलाक कार्यालय, जुम्ला हुदै बसपार्क जाने सडक हिलाम्य हुदा नागरिकलाई आवतजावतमा सास्ती हुने गरेको छ ।

कर्मचारी, स्थानीय तह, प्रदेश र संघीय तहका जनप्रतिनिधिबाट सधै उपेक्षामा पर्ने गरेकोले उक्त सडकमा बाह्रै महिना हिलाम्य हुनाले नागरिकले सास्ती खेप्नु परेको हो ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, हुलाक कार्यालय हुदै कारागार राहदेउ जाने परापुर्वकाल देखिको सडक हो यो ।

यसै बाटोबाट कैदीवन्दीलाई जिल्ला प्रहरी कार्यालय र अदालतबाट कारागार राहदेउ लैजाने सयौँ बर्ष पुरानो बाटो हो ।

पञ्च्यात, प्रजातन्त्र हुदै अहिले लोकतान्त्रिक जनप्रतिनिधि आउदा सम्म यो सडक उस्तै छ ।

तत्कालिन जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, शहरी तथा भवन डिभिजन कार्यालय र अरु विकासे कार्यालयमा जागिर गर्ने स्थानीय कर्मचारीले नयाँ सडक खोलेर आफ्नो घरसम्म कालोपत्र गरे तर धेरै पुराना (मुलबाटो) सडकलाई उपेक्षा गरेका कारण बाह्रै महिना हिलाम्य हुने गरेको स्थानीय कार्मा लामाले बताए ।

यो टोल बस्तीमा जनजाती र अन्य नगर क्षेत्र भन्दा बाहिर गाउँपालिकाबाट आएर बसेका नागरिकहरुको बस्ती भएकोले पनि वेवास्था गरिएको उनको गुनासो छ ।

बाहिर गाउँपालिकाबाट आउने आम नागरिकहरु मुख्य बजार खलङ्गा जानेका लागि यही पुरानै सडक भएर जाने क्रममा शरिर भरी हिलाम्य भएस जाने गर्दछन् अर्का स्थानीय टोमा तामाङले भनिन् कतिपय स्कूल बालबालिकाहरु पानीको खाल्डोमा परे रुदै घर फकिर्ने गर्दछन् ।

यस्तो अवस्थाको हुदा पनि सरोकारवालाको ध्यान यो सडकमा पुग्न नसकेको उक्त टोलबासीको गुनासो रहेको छ ।

चन्दननाथ नगरपालिका – ६ नम्बर वडाका वडाध्यक्ष अजबहादुर रावलका अनुसार अहिले त्यो सडकमा नगरपालिकाको कुनै योजना रहेको छैन ।

सडक स्तरउन्नतीका लागि अन्य भवन डिभिजन र जिल्ला प्राविधिक कार्यालयमा बजेटको लागि पहल भईरहेको छ उनले भने पहिले बजेटको व्यवस्थापन गर्ने सकिने अवस्था थियो जग्गावालाले केही जग्गा छोड्न मानेन् यसले गर्दा पनि समस्या भएको हो ।

त्यो सडकलाई ६ मिटर चौडाई बनाउने योजना अनुसार जग्गावाला पनि जग्गा छोड्न सहमति भएका छन् अब अर्काे बर्षसम्म स्तरउन्नती हुने उनको भनाई रहेको छ ।

 

...

सागर परियारको रिपोर्ट

आइतबार, २० माघ, ०७५

 

प्रतिक्रिया

Related