कर्णालीका चालकमा प्रेसर’ को रोग बढ्दो: बढ्दो दुर्घटनाको जोखिम

निर्माण सञ्चार, कर्णाली । कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको निशुल्क स्वाथ्य परीक्षण गर्ने अभियान जारी छ ।

यस अभियान अन्र्तगत आइतबार जिल्ला ट्राफिक कार्यालय जुम्लामा भएको स्वास्थ्य परिक्षणमा ५० जना चालकको स्वास्थ्य चेकजाँच गरीएको छ ।

चेकजाँच गरिएका ५० जना मध्य ३५ जना बढिमा उच्च रक्तचापको समस्या देखिएको छ ।

बढ्दो अल्कोहलको प्रयोगले गर्दा, प्रेसरको समस्या बढि देखिएको छ । यसअघि जुम्ला बसपार्कमा भएको स्वास्थ्य परिक्षणमा ७७ जना सवारी चालकहरुले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । त्यो पनि प्रेसरकै समस्या बढि थियो ।

स्वास्थ्य परिक्षण गर्नेमा ट्याक्टर, बस, जीप, अटोरिक्सादेखि मालबहाक गाडीका चालकहरु लाई प्रेसरबाट जोगिन तथा मद्यमान, धुम्रपान नगर्न सुझाब दिइएको छ ।

आईतबार स्वास्थ्य परिक्षण गरीएका ५० जना चालकमध्य दुई जनालाई आाँखाको समस्या, तीन जनालाई आँखाको कलर भिजन वा ट्राफिक चिन्ह्र सजिलै चिन्न नसक्ने समस्या देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वाथ्यकर्मी कर्मेन्द्र न्यौपानेका अनुसार चालकहरुले अध्यधिक मदिरा, धुम्रपान तथा खैनी सेवन गर्ने गरेकाले उनिहरुको स्वास्थ्यमा असर परेको देखिन्छ ।

जसले गर्दा प्रेसर बढेको हो । अधिकांश चालकको कलेजो र फोक्सोमा समेत समस्या बढ्दै गएको उनले बताए ।

कर्णाली राजमार्गमा सवारी चलाउँदा चालकहरुले धुम्रपान तथा मध्यपानको अधिक सेवन गर्ने, क्षमता भन्दा दोब्बर यात्रु बोक्ने लगाएतका कारणले दुर्घटनाको जोखिम बढेको छ 

‘मदिरा सेवनकै कारण चालकहरुको हात काप्ने, आँखा पहेलो देखिने जस्ता लक्षण देखिएका छन्’ उनले भने, ‘सवारी चालकहरुले आफु स्वस्थ रहन तथा सवारी दुर्घटना घटाउन मध्यपान र धुम्रपान सेवन छोड्नु पर्छ ।’

आँखा चिकित्सक दलबहादुर महताराले भने, ‘चालकहरुको आँखामा देखिएको समस्याका कारण सवारी संचालनमा समेत असर परेर दुर्घटनासम्म निम्तीन सक्छ ।’

त्यसैले सवारी चालकहरु आफु स्वस्थ रहन र अरुलाई पनि दुर्घटनाबाट बचाउन समयमै आँखा रोगको उपचार गर्न जरुरी रहेको उनले बताए ।

कर्णाली राजमार्गमा सवारी चलाउँदा चालकहरुले धुम्रपान तथा मध्यपानको अधिक सेवन गर्ने, क्षमता भन्दा दोब्बर यात्रु बोक्ने लगाएतका कारणले दुर्घटनाको जोखिम बढेको छ ।

भने सार्वजनिक यातायातमा हुने फोहोरका कारण बातावरण तथा सवारी साधान समेत दुर्घन्धित हुँदै गएका छन् ।

जिल्ला ट्राफिक कार्यालयका निमित्त प्रमुख गंगाराम बि.क ले सवारी दुर्घटनाको जोखिम घटाउनुका साथै चालकहरुको सचेतना अभिबृद्धि गर्ने ध्ययले स्वास्थ्य शिविरको आयोजना गरीएको बताए ।

‘हरेक सार्वजनिक यातायातमा अनिवार्य फोहोर मलाई राख्न लगाएका छौ, स्वाथ्य परिक्षण पनि नियमित हुनेछ’ उनले भने, ‘सो अवसरमा आवाश्यक कागजातहरु समेत चेकजाँच हुन्छन्, सुरक्षित र स्वच्छ सहर निर्माण अभियानमा सबै लागी परौ ।’

कर्णाली राजमार्गमा हुने सवारी दुर्घटानामा यँहाका हजारौ नागरीकले ज्यान गुमाइ सकेका छन् । शिविरको अवसरमा अधिकांश सवारी चालकहरुले शुरु शुरुमा सहजै आफ्नो स्वास्थ्य परिक्षण मानेका थिएनन् ।

स्वास्थ्य परिक्षणका बिषयमा धेरै कुरा बुझाउनु परेको थियो । भने कसैलाई दबाब समेत दिनु परेको थियो । स्वास्थ्य परिक्षण गराएका सतप्रतिशत सवारी चालकहरुले नियमित धुम्रपान तथा मध्यपान सेवन गर्ने गरेको पाईन्छ ।

जसले गर्दा कर्णाली राजमार्गमा चल्ने सवारी चालहरु धुम्रपान तथा मध्यपान लगाएतको कुलतमा लिप्त छन् भन्ने संकेत प्रष्ट हुन्छ ।

जिल्ला ट्राफिक कार्यालय, यातायात व्यवस्था कार्यालय, नेत्रज्योती संघ (आँखा अस्पताल) र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा स्वास्थ्य शिविर संचालन हुँदै आएको छ ।

 

 

फोटो तथा समाचारः सागर परियार

 

 

 

...

आइतबार, २७ माघ, ०७५

 

प्रतिक्रिया

Related